Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

एजेन्सी by एजेन्सी
August 7, 2022
in समाचार
0
इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ । त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ । मन्सुर जिहादका दोश्रो तहका नेता हुन् ।

इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले अहिले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।

Author

  • एजेन्सी
    एजेन्सी

    View all posts
Previous Post

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग 

Next Post

कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

Next Post
कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.