Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाले दुना टपरी बनाउन सिकाउँदै

Kumar Shrestha by Kumar Shrestha
March 2, 2024
in समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । अहिले लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने दुना–टपरी गाँस्ने प्रशिक्षणमा नगरका १० महिला सहभागी छन् । बढ्दो प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न पनि पातबाट बनाइने दुना–टपरी तालिम प्रदान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।
हातले दुना टपरी गाँसेर काम चलाउने भन्दा पनि नगरका महिलालाई व्यावसायिक बनाउने सोचका साथ नगरपालिका अगाडि बढेको छ । नगरपालिकाले मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रवारबाट सुरु गरेको छ । रामेछाप बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना, नगरपालिकाको समन्वयमा ७ दिन सम्म दुना टपरी बनाउन सिकाइनेछ ।
वन जंगल, पाखा पखेरामा सालको पात सजिलै पाइन्छ । खेर गइरहेका सालको पातलाई प्रयोग गरेर आम्दानीको स्रोत बढाउन सकिन्छ । हाम्रो उद्देश्य नै महिलालाई स्वरोजगार बनाउने हो – नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले भनिन् ।
आजभोलि जहाँ पनि प्लास्टिकका सामान प्रयोग गर्न थलिएको छ । ती प्लास्टिकले आज समस्या नदेखिए पनि भविष्यमा ठुलो असर गर्नेछ । हामी नगरलाई प्लास्टिकमुक्त बनाउने कोसिसमा छौँ – नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले भने । दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ । रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आवश्यकता थियो। हामीले त्यही आवश्यकतालाई सहजिकरण गर्ने प्रयास गरेका हौँ । तालिम सिकेर उद्यमी बन्न चाहनेलाई नगरले सहयोग समेत गर्नेछ – घिमिरेले थपे ।
दुना टपरी बिक्रीका लागी बजारको समस्या नरहेको र उद्योग संचालन गर्न चाहनेलाई उद्योग तथा वाणिज्य कार्यालयले सहयोग गर्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार साह कर्मयोगीले बताए ।
सालको पातका दुना टपरी प्रयोगले मानिसको स्वास्थ्य र वातावरण पनि स्वच्छ हुने नगरपालिकाको ८ नं. वडाका वडाध्यक्ष सन्तोष तामाङले बताए ।
नगरले यसभन्दा अघि दुना टपरी बनाउने तालिम दिए पनि त्यसबाट कुनै उपलब्धि देखिएको थिएन। यस पटक तालिममा सहभागी भएका महिलाहरूलाई अनिवार्य व्यवसायमा लगाउने नगरपालिकाका राजश्व तथा उद्योग शाखा प्रमुख हरिभगत श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुत्केरी हुन नसकेपछि दोरम्बाकी सपनाको सेनाको हेलिकप्टरबाट उद्धार

Next Post

दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

Next Post
दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.