असार १७,रामेछाप । गायिका कल्पना सुनुवार र तारादेबी सुनुवारकाे तिज गित सार्वजनिक भएकाे छ ।
नेपाली महिलाहरूकाे मुख्य पर्वकाे रूपमा मानिने हरितालिका तिजलाई लक्ष्यित गर्दै गायिका द्वय सुनुवारले ‘राताे सारी’ बाेलकाे गित साेमबार बजारमा ल्याएका हुन् ।
दिनप्रतिदिन समाजमा बढिरहेकाे भड्किलो परम्परालाई चिर्दै एकआपसमामेलमिलाप र एकताको सूत्रमा बाँध्ने सन्देश दिएकाे गायिका द्वय बताउछन् । गीतमा शब्द रचना र स्वर तारादेवी सुनुवारकै रहेको छ भने उनलाई स्वरमा कल्पना सुनुवारले साथ दिनुभएकाे छ ।
गीतमा संगीत तथा एरेञ्ज योगेश काजी शाहको छ भने गितकाे निर्देशन गायिका कल्पना सुनुवारकाे रहेकाे छ । त्यस्तै नृत्यमा ममता मगरकाे भुमिका रहेकाे छ ।
गीत तारादेवी सुनुवारकै युट्युब च्यानल ‘Tara Sunuwar Official YouTube’ मा हेर्न र सुन्न सकिने छ ।