Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आलम प्रकरणमा तत्कालिन गृहमन्त्रीलाई समेत अनुसन्धानमा ल्याउनुपर्ने जिकिर

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
आलम प्रकरणमा तत्कालिन गृहमन्त्रीलाई समेत अनुसन्धानमा ल्याउनुपर्ने जिकिर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२२ कात्तिक, काठमाडौं । रौतहटको राजपुरमा १२ वर्षअघि सामूहिक हत्याकाण्डको निश्कर्षमा पुग्न तत्कालिन गृहमन्त्रीसहित उच्च अधिकारीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर पीडित पक्षका वकिलले गरेका छन् ।

कांग्रेस सांसद मोहम्मद अफताव आलमसहितका विपक्षीलाई आजीवन कारवासको सजाय माग गर्दै प्रहरीले दायर गरेको मुद्दामा पीडितका पक्षबाट बहस गर्ने क्रममा कानुन व्यवसायीहरुले यस्तो जिकिर गरेका हुन् । जिल्ला अदालत रौतहटमा शुक्रबार पीडितको पक्षबाट साक्षीको बयान सकिएको छ ।

थुनछेकको बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले १२ वर्षअघिको सो घटना दबाउन तत्कालिन गृह प्रशासनको पनि भूमिका देखिएकाले त्यसबेलाका गृहमन्त्री र आइजिपीमाथि समेत अनुसन्धान हुनुपर्ने जिकिर गरे । त्यसबेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए भने प्रहरी प्रमुख ओमविक्रम राणा थिए ।

पीडितको पक्षबाटै बहस गर्दै अर्का अधिवक्ता पुष्पराज पौडेलले घटना भएलगत्तै घटनास्थलमा जाँदै गर्दा प्रहरी निरीक्षकलाई फिर्ता बोलाउने तत्कालिन मध्यक्षेत्रीय प्रहरी प्रमुख किरण गौतम, तत्कालिन प्रहरी र जिल्ला प्रशासन प्रमुखलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।

बम विस्फोटका घाइतेलाई ट्याक्टरमा राखेर जिउँदै जलाउनुअघि आलमलाई तत्कालिन प्रहरी प्रशासनले साथ दिएको पाइएकाले सम्बद्ध अधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर पीडित पक्षका कानुन व्यवसायीहरुको छ ।

पीडितको पक्षबाट शुक्रवार वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, डा. कुमार शर्मा आचार्य, गोविन्द बन्दी, अधिवक्ता पुष्पराज पौडेल, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, आशिकराम कार्कीलगायतले बहस गरेका थिए ।

यसअघि सहन्यायाधिवक्ता सूर्यराज आचार्य, जिल्ला सरकारी वकिल फणिन्द्र कटुवाललगायतले आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका थिए । आलमलाई छाड्दा यसअघि पनि एकजना जाहेरवालाको हत्या भइसकेकाले अरु पीडित तथा साक्षीहरु समेत असुरक्षित हुने भएकाले थुनामा राख्नुपर्ने उनीहरुको जिकिर छ ।

पीडितको पक्षमा बहस गर्न रौतहट पुगेका पूर्व महान्यायाधिवक्ता डा. संग्रौलाले जीवनमा पहिलो पटक प्रहरीको सुरक्षामा बसेर बहस गर्नुपर्ने अवस्था आएको भन्दै रौतहटमा आलम आतंक रहेको बताएका छन् । उनले पीडित तथा साक्षीहरुलाई बयान फेर्न बाध्य पार्ने क्रम शुरु भइसकेको समेत बताए ।

आलमको पक्षबाट आइतवार थुनछेक बहस हुनेछ । आलम पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सुनील पोखरेल, योगेन्द्र अधिकारीलगायतका कानुन व्यवसायीले नाम लेखाएका छन् ।

साभार@Onlinekhabar

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

Next Post

सीमा विवादः भारतसँग तत्काल वार्ता प्रक्रिया अगाडि बढाएर नेपालको भूमि फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली

Next Post
सीमा विवादः भारतसँग तत्काल वार्ता प्रक्रिया अगाडि बढाएर नेपालको भूमि फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली

सीमा विवादः भारतसँग तत्काल वार्ता प्रक्रिया अगाडि बढाएर नेपालको भूमि फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.