Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गरीब लाई गणतन्त्र : बोकाको मुखमा कुभिण्डो

Kumar Shrestha by Kumar Shrestha
May 28, 2020
in विचार
0
गरीब लाई गणतन्त्र : बोकाको मुखमा कुभिण्डो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बझाङ जिल्लाको विकट गाउँमा आमा छोरी बस्थे । आमाको उमेर अनुमान गर्दा ५५–६० र छोरीको ३५–४० वर्षको हुदो हो । तर यनीहरु स्वयम् आफूलाई आफ्नो जन्ममिति र उमेर थाहा थिएन किनकी उनीहरुले पढेका थिएनन् र पात्रो तथा घडी एवं अन्य व्यक्तिहरुसँग उनीहरुको भेट कमै हुन्थ्यो । जंगलको पल्लो कुनामा एक सानो झुपडी थियो उनीहरुको घरको मूलि श्रीमान् स्वर्गेवास भएको पनि छोरी सानै (वामे सार्ने वेलामा) हो रे । घरमा आमाछोरी मात्र त्यसमा पनि छोरी अपाङ्ग, वोल्न सक्तैन थिइन न त राम्रोसँग हिड्डुल नै गर्न सक्दथिन् । अपाङ्ग भएकोले विहे पनि भएको रहेनछ । आमालाई पनि दमको रोग ।

अलि सारो काम ग¥यो कि दम बढेर हुरुक्कै हुने, छोरीले काम त के आफ्नै सरसफाई समेत गर्न नक्ने अवस्था भएकोले त्यस घरमा जति फोहोर सायद अरु ठाउँमा पाइनथ्यो ।आमा भारी काम गर्न नसक्ने१ हलका मेलो पाखोवारी, मुस्किलले कोदो, कागुनो जस्ता अन्न २÷४ पाथी फल्थ्यो । साहु माहजन कहाँ गएर बनिबुतो गरी जीवन धान्दथे । साहु महाजनले पनि काम गरे वापत ज्यालाको रुपमा पैसा दिदैनथे । केहि पिठो, कोदो, कागुनो, मकै दिएर पठाउथे ।

सुदुरपश्चिमको अति नै दुर्गम जिल्ला जसमा पनि अत्यन्तै गरिब यसमा झन् तथाकथित तल्लो जातकालाई माया, दया रसद्भाव राख्नेहरु कमै थिए । तल्लो जातलाई देखियो भने र छोइयो भने त्यस दिनको साइत नै विग्रन्छ ।

जे पाउथे उनी खुसीले ल्याउथिन् । आफ्नो र अपाङ्गता भएकी छोरीको मुखमा माड लगाउथिन् । सायद दशैको दिन कुनै कुनै वर्ष चामलको भात खनएको होला नत्र उनीहरुले मकैको खोलेमा गेडा नुन हालेर फत्काएको खोले नै उनीहरुको रेगुलर डिस थियो । कर्कला र निगोरोको साग बाहेक मुस्किलले अन्य तरकारी त्यो घरको अगेनोमा विट भाचिएको सिलावरको डेम्चीमा पाक्थ्यो ।

सायद गाउँका ठूला वडाले दया माया लागेर फालिदिएको जडौरी धोती र टालेको  चोलीले उनीहरुले १ शताब्दी पार गरिसकेको हुन्थ्यो । सुदुरपश्चिमको अति नै दुर्गम जिल्ला जसमा पनि अत्यन्तै गरिब यसमा झन् तथाकथित तल्लो जातकालाई माया, दया रसद्भाव राख्नेहरु कमै थिए । तल्लो जातलाई देखियो भने र छोइयो भने त्यस दिनको साइत नै विग्रन्छ ।

भन्ने त्यस समाजका अन्य माथिल्लो जात भनाउदाहरुको संमुचित मानसिकताले गर्दा उनीहरु प्राय मानिसहरुको नजिक जादैनथे । कसै कसैका गाई भैसी, बाख्रा विरामी हुँदा चाहि उनको नजिक मानिसहरु आउथे किनकि गाउँका ठुलावडाले उनलाई बोक्सीको उपमा गुथाएका थिए र समय समयमा ति बुढी आमा फुलेर झर्दै गरेका बाँकी कपालले समेत दुःख पाउथ्यो ।

यी र यस्तै दुःख सँग पैठोजोरी खेल्दा–खेल्दै ती आमा छोरीले काललाई पर्खिरहेका थिए । उनीहरुले कहिले काही विरक्तिएर भगवानलाई सराप्थे र भाव विह्वल हुदै भक्कानिन्थे । र भन्दथे “हे प्रभु किन हामीलाई आफ्नो शरणमा लादैनौ, अझ कति यस्तै दुःखमा तड्पाई तड्पाई माछौं ।” तर उनीहरुको भावना तथा विलौना न अरुले सुन्थे न त भगवान ले नै । अपाङ्ग छोरीको दिशा, पिसाव समेत ओछ्यान मै हुनाले त्यस घरमा १०० मिटर भन्दा टाढा बाट दुर्गन्ध आइरहेको हुन्थ्यो ।

बस् एकोहोरो टोलाएर बस्ने र राजा तथा विष्ट (स्थानीय भाषामा ठूला वडालाई सम्बोधन गरिने पद) हरुले दिएको पिठो, ठिठ्ठा, भ्याकुर खाएर आफूले आफैलाई सराप्ने सिवाय उनीहरुको दिनचर्या अरु हुन्नथ्यो ।

देशमा के भइरहेको छ । गाउँमा के भइरहेको र के जस्ता परिवर्तन हुदै छन् ती घटना क्रम बारेमा उनीहरुलाई थाहा हुने त परको कुरा राम्रो सँग नेपाली भाषा समेत बोल्न जान्दैनथे । बस् एकोहोरो टोलाएर बस्ने र राजा तथा विष्ट (स्थानीय भाषामा ठूला वडालाई सम्बोधन गरिने पद) हरुले दिएको पिठो, ठिठ्ठा, भ्याकुर खाएर आफूले आफैलाई सराप्ने सिवाय उनीहरुको दिनचर्या अरु हुन्नथ्यो ।

एकदिन १ जना दलित अधिकार कर्मी उनको घर गएर उनलाई तल चौतारोमा वोलाए किन कि सो अधिकार कर्मीलाई त्यस घरमा बसेर कुराकानी गर्न गनाउथ्यो । र त तल चौतारोमा बोलाए उनी छोरीको अपाङ्गता परिचय पत्र तथा दुवैको नागरिकता बनाउन सल्लाह दिइयो । अनि नागरिकता बनाउने ठाउँ, जान लाग्ने समय, भेट्ने मान्छे सबै बतायो । उनीहरुले अपाङ्गता परिचय पत्र बनेपछि मासिक रु ५०० भत्ता पाइने समेत जानकारी दिई अधिकार कर्मी आफ्नो बाटो लागे ।ती बुढी आमाले रु ५०० रकम त्यस उमेर समम देख्न समेत पाएकी थिइन । घरमा आएर खुशी हुँदै घरानी पानीले छोरी र आफ्नो कपडा भाँडामा बफ्याएर धोइन् । सात दिन पछि घरबाट हिडिन् साहु महाजन कहाँ गएर ढिडो, गुन्द्रुक र थोरै कुभिण्डोको चाना अनि केही खुर्सानी मागी एक साता पछि छोरीलाई लिइएर २ दिनको उकाली ओराली गर्दै अपाङ्ग छोरी त्यसमा आफुलाई दमको रोग बढो मुस्किलले चार हातपाउँ टेक्दै उनी बझाङ सदरमुकाम चैनपुर पुगिन ।

सदरमुकाम पुगे पछि उनलाई अनौठो लाग्यो । किनकि त्यहाँ विजुली बत्ती झलमल्ल थियो । अनि मानिसहरु धेरै देखिन्थ्यो । प्रहरी, सेना थिए । विद्यालय कजेलका पोसाक लगाएर मानिसहरु यताउती हिड्डुल गरिरहेका देखिन्थे । उनले त्यहाँ नागरिकता बनाउने ठाउँ र गा. वि. स को सचिव बस्ने ठाउँ सोधेर पत्ता लगाइन तर दुर्भाग्य अपाङ्गता परिचय पत्र बनाउने कार्यालय र गा. वि. सको सम्र्पक कार्यालय बन्द थियो । उनीहरुले मनभरी बनाएको सपनाको घर सबै डडेलोले पलभरमै खरानी भए, भताभुङग भयो ।

उनीहरुको मनमा हिजो सम्म कति हर्ष थियो, कति उमंग थियो तर जब कार्यालय अनिश्चित बन्द भएको थाहा पाएपछि त अब तुरुन्त आउन पनि सम्भव थिएन र अवसर पनि सायदै कम थियो ।

होटलमा बस्न र रात काट्न उनीहरुसँग साथमा पैसा थिएन त्यसैले उनीहरुले ल्याएको आँटो र बाटा वरपर कान्लातिर गएर खोजी लुँडे, बेथे तथा कर्कलाको सागलाई उही घरबाट ल्याएको विट भाँच्चिएको र डडेको सिलावरको भाँडामा बनाए र १ घरको पेटीमा सुते । उनीहरुको मनमा हिजो सम्म कति हर्ष थियो, कति उमंग थियो तर जब कार्यालय अनिश्चित बन्द भएको थाहा पाएपछि त अब तुरुन्त आउन पनि सम्भव थिएन र अवसर पनि सायदै कम थियो ।

किनकी २ दिनको रिठ्ठे भिर अनि हिड्न मुस्किल हुने अपाङ्ग छोरी त्यसमा दमको बिरामी, दम बढेर स्वाँ…स्वाँ…हुने हुनाले उनीहरुको मन साह्रै कुँडिएको थियो । मनमा खिन्नता अनि आँखा भरी आँसू लिएर उनिहरु के पल्टिएका मात्र थिए, एक हुले मानिसहरु हातमा राँको बालेर कराउँदै आए । उनीहरुले के के भनेर माइकमा फलाक्दै थिए, त्यो त ति बुढी आमाले बुझिनन् । त्यस भिडमा विभिन्न खाले झण्डा फरफराएका थिए । माइकमा एक जनाले कराउँथ्यो अरुको पनि एकै स्वरमा चिच्याउँथे । ति आमा छोरी बडो अचम्म मानेर उठेर सडकको डिलमा गएर यि सबै  हेरिरहेका थिए ।

उनीहरुले के के बर्बराउँथे, त्यो सबै त उनीहरुले बुझेनन् तर कहिले काही “यो जीत कसको, जनताको”, भनेर कराउँथे ती बुुढी आमाले के हो बाबु साहेप भनेर एक जनालाई सोधिन् । उनको आज राजाले देशमा गद्दी छोडेको र लोकतन्त्र आएको दिनको खुसीयालीमा सदरमुकाममा राँको जुलुस निकालेको र खुसीयाली मनाएको हो र जुलुस पश्चात एक आपसमा खुसी साटासाट गर्दै कोणसभा गरिरहेको बताए । उनले त्यस मानिसले  भनेको पूरै नबुझे पनि  यो जित कसको, जनताको, लोकतन्त्रको, जिन्दावाद भनेको चाँहि बुझिन् ।र हेरिरहिन् त्यो कोण सभाको रमिता ।

अब देश विदेशी  प्रतिक्रियावादीको दिन गयो, अब मूलुकमा संविधानसभाको चुनाव हुनेछ आदि इत्यादि फलाक्थे र बीचमा परर्र ताली बज्थ्यो ।  उनले सोचिन साह्रै ठूलो पर्व नै हो । 

कोण सभामा बोल्ने चर्चा चर्का स्वरमा अब देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको छ । अब सबैले आफ्नो अधिकार पाउनेछन् । अब देश विदेशी  प्रतिक्रियावादीको दिन गयो, अब मूलुकमा संविधानसभाको चुनाव हुनेछ आदि इत्यादि फलाक्थे र बीचमा परर्र ताली बज्थ्यो ।  उनले सोचिन साह्रै ठूलो पर्व नै हो । 

कोणसभा सकिन लाग्दा एक जनाले हातमा बोकेको राँको फालिदियो । त्यो राँको उनीहरुले सामान, लत्ताकपडा, भाँडाकुडा पोको पारेर राखेको गुण्टोमा परेछ र त्यो एकैछिन मा डढेर नष्ट भयो । कोणसभा सकियो, मानिसहरु आ–आफ्ना घरतिर गए । मूलुकले लोकतन्त्रात्मक शासन व्यवस्था पाएको दिन सारा देश उल्लासमय थियो तर आमाछोरी भने भक्कानीरहेका थिए ।  

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रधानमन्त्रीको सन्देश-मूर्च्छित सपनाहरू ब्युँतन थाले(पूर्णपाठसहित)

Next Post

दोलखाका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि

Next Post
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

दोलखाका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.