Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘बोरो प्लेयर’ ले गरेको निराशाको ‘ह्याट्रिक !’

Kumar Shrestha by Kumar Shrestha
May 29, 2020
in विचार
0
‘बोरो प्लेयर’ ले गरेको निराशाको ‘ह्याट्रिक !’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रस्तुत आलेख एकजना युवा पत्रकारको भनाइबाट शुरू गर्छु –‘अर्थमन्त्री त बरू पार्टीकै ‘राजनीतिक भट्टी’ मा खारिएर नेता बनेका इस्पाति व्यक्तिलाई बनाउनु पर्ने रहेछ । यसरी बाहिरबाट ‘हाइअर’ (बोलाएर) गरेर ल्याएकाहरूले कर्मकाण्डी सोच बाहेक ‘डास्टिक चेन्ज’ ल्याउने ह्याउ नराख्दा रहेछन् । यस अघिका दुईवटा बजेटहरू सामान्य समयमा आएका भए पनि यो २०७७÷०७८ को बजेट भने कोरोना महामारीबीच आएकाले जमिनी यथार्थमा टेकेर आउनु पर्दथ्यो । तर त्यो भने भएको देखिएन ।’


बास्तवमा ती युवा पत्रकारले धेरै कुरा उठाउन खोजेका थिए । जसलाई यो सानो लेखमा निम्न बुँदामा रही बुँदागत रूपमा उठाइनेछ ः
– नेपालमा पञ्चायत कालको कुरा छोडिदिउँ । २०४६ सालमा बहुदल आएपछि भने यताका सरकारहरूले परिवर्तित सोचमा रही बजेटको तर्जुमा गर्दा क्रमशः भरतमोहन अधिकारी नयाँ र यथार्थ कार्यक्रमका लागि, महेश आचार्य कर्मचारीलाई सुविधा दिनका लागि र डा.बाबुराम भट्टराई राज्यमा नयाँनयाँ कर उठाउने सन्दर्भका लागि व्यवहारिक अर्थमन्त्री भनेर कर्पोरेट व्यक्तिदेखि गाउँठाउँका लाटागाँडा जनताले समेत चिन्छन् ।
– जमिनी यथार्थलाई अनुभूत गरेर बजेट ल्याइएको भए अहिले स्वास्थ्य, शिक्षा, कृषि, सार्वजनिक यातायात र पर्यटन यी ५ क्षेत्रलाई फोकस गरेर आहत भएका ठाउँमा राहतमुखी बजेट ल्याउनु पर्दथ्यो । त्यसमा अर्थमन्त्री मार्फत् सरकार नराम्ररी चुकेको अवस्था छ ।

अर्थविद् डा.डिल्लीराज खनालले बजेटका सवालमा सरकार चिप्लिएको प्रतिक्रिया दिए । पूर्व अर्थ सचिव तथा अर्थशास्त्री रामेश्वर खनालचाहिँ मध्यमार्गी बजेट भन्न रुचाउँछन् । महेश आचार्य अहिलेसम्म मौन छन् ।


– नेकपामा धेरै चतुर र व्यवहारिक अर्थशास्त्रीहरू हुँदाहुँदै पनि पिएम् ओलीका विश्वासपात्र भनेर ल्याइएका अर्थशास्त्रका बोरो खेलाडीले जसरी अघिल्ला दुई पुरातन बजेटकै लाइनमा यो कोभिड महामारीका बीच सामान्य राहत र सुधारका नाममा जुन बजेट ल्याए त्यसले अर्थशास्त्रका सामान्य विधि र विशेषताहरू बुझ्नेहरूलाई पनि चित्त नबुझेको स्थिति देखियो ।
– अर्थविद् डा.डिल्लीराज खनालले बजेटका सवालमा सरकार चिप्लिएको प्रतिक्रिया दिए । पूर्व अर्थ सचिव तथा अर्थशास्त्री रामेश्वर खनालचाहिँ मध्यमार्गी बजेट भन्न रुचाउँछन् । महेश आचार्य अहिलेसम्म मौन छन् । भरतमोहन अधिकारी बितेर गैसके भने डा.बाबुराम भट्टराईले चाहिँ बजेटलाई ‘क्यान्सरको उपचार गर्न झारफुक’ भन्ने व्यङ्ग्य शैलीको उपमा दिए ।
– उता राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले चाहिँ –‘असामान्य अवस्थामा अएको सामान्य बजेट’ उनले अघि भने ‘कृषि र रोजगारी जस्ता क्षेत्रहरुमा भने सरकारको महत्वाकांक्षा अलि पुगेन । यति हुँदाहुँदै पनि पालिका स्तरमा अस्पताल बनाउने कुराचाहिँ सकारात्मक छ तर त्यो चाँडो सम्पन्न हुनु प¥यो ।’ उनले समालोचनात्मक शैलीमा भनेका छन् ।

अहिले स्थिति प्रतिकूल भएपछि देश आउन पाउने उनीहरूको नागरिक हकलाई रोक्नु हुँदैन । यो सरकार ढिलोढिलो गरेर सके उनीहरूलाई उतै छेक्ने नसके बिस्तारै ल्याउने नीति अख्तियार गर्दैछ । तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरूलाई त सरकारले प्लेन भाडा र क्वारेन्टिन खर्च पनि आफैँले व्यहोर्नु पर्ने कुरा बताइसकेको छ ।

– साझा पार्टीका संयोजक रवीन्द्र मिश्र बजेट बारे संक्षिप्त प्रतिक्रिया दिँदै भन्छन् –‘स्वास्थ्यमा कूल बजेटको ५ प्रतिशतलाई बढाएर ८ प्रतिशत पु¥याउँदैमा केही हुनेवाला छैन । ‘वित्तीय अपराध’का रुपमा रहेको सांसद विकास कोषलाई घटाएर पनि राखिराख्नुले चुनावी क्षेत्रमा कनिका छर्ने सरकारको नियत प्रष्ट देखिएको छ ।’
– अहिले जनसामान्यका चस्माले हेर्दा नेपालको स्वास्थ्य अवस्था डामाडोल छ । विदेशबाट आउने नेपाली दाजुभाइलाई देश नफिर भन्न मिल्दैन । तिनीहरूले हिजो सजिलो समयमा देशका लागि रेमिट्यान्स पठाएर सहयोग गरे । अहिले स्थिति प्रतिकूल भएपछि देश आउन पाउने उनीहरूको नागरिक हकलाई रोक्नु हुँदैन । यो सरकार ढिलोढिलो गरेर सके उनीहरूलाई उतै छेक्ने नसके बिस्तारै ल्याउने नीति अख्तियार गर्दैछ । तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरूलाई त सरकारले प्लेन भाडा र क्वारेन्टिन खर्च पनि आफैँले व्यहोर्नु पर्ने कुरा बताइसकेको छ ।

– भारतबाट अहिले दैनिक १० देखि २० हजारको संख्यामा नेपालीहरू देश भित्रिदैछन् । बर्खा लागेपछि त्यो संख्या अझ बढ्न सक्ने देखिन्छ । तिनीहरू यहाँ आएपछि बेरोजगार बन्छन् । खाद्यचक्रमा तिनीहरूको उपस्थितिले नकारात्मक प्रभाव पार्छ । देशले अधिकांशलाई काम दिने भनेकै कृषि, उद्योग र पर्यटनमा नै हो । २० औं लाख नेपालीलाई काम उब्जाएर दिन सक्ने सोच यो बजेटले गर्न सकेन ।

शिक्षाका सन्दर्भमा बालकोटा र विद्यालय कर्मचारीको तलब बढाउनु पर्छ भनेर शिक्षकका संघसंस्थाहरूले शिक्षक महासंघलाई दबाव दिएका थिए तर शिक्षक महासंघले सरकारलाई चर्को दबाव दिन नसकेकाले तिनीहरूको समस्या सम्बोधन भएन ।


– निम्न वर्गका जनतालाई काम दिने भनेको छ । निम्न मध्यम र मध्यम वर्गका जनतालाई केही सम्बोधन भएको छैन । सहरका घरभाडा लगाएर खाने वर्गका मानिसहरू सरकारसँग यसअघि नै चिढिएका छन् । डेरावालहरू जो गाउँ गए ती फिरेका छैनन् । फिर्ने निश्चित पनि छैन । अनि जो सहरमै अडिएका छन् तिनीहरूले भाडा तिरेकै छैनन् । यस्तै अवस्था रहिरह्यो भने सहरी विद्रोहको थालनी नहोला भन्न सकिन्नँ ।
– शिक्षाका सन्दर्भमा बालकोटा र विद्यालय कर्मचारीको तलब बढाउनु पर्छ भनेर शिक्षकका संघसंस्थाहरूले शिक्षक महासंघलाई दबाव दिएका थिए तर शिक्षक महासंघले सरकारलाई चर्को दबाव दिन नसकेकाले तिनीहरूको समस्या सम्बोधन भएन । ६ हजारमा बालकोटाका शिक्षक र ८ हजारमा विद्यालय कर्मचारी काम गरिरहेका छन् ।

– सबै प्रकारका फजुल खर्च कटौती भनेको छ सरकारले । कोभिड महमारीका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नर्स÷डाक्टरहरू बाहेकका अन्य कर्मचारीका महँगी र पोसाक भत्ता बाहेक सबै भत्ताहरू काटिएका छन् ।
– यस्तो स्थितिमा चारैतिर विरोध भैरहे पनि ‘वित्तीय अपराध’ मानिएको सांसद विकास कोषलाई ६ करोडबाट घटाएर ४ करोड बनाई घुमाउरो बाटोबाट बजेट दिइएको छ । सो कार्यक्रमका लागि विपक्षी दल काँग्रेसले विरोधमा आवाज उठाए पनि सत्तारुढ दलकै कार्यकर्ताको प्रति विरोधमा सो कार्यक्रम यसपटक बजेट घटोत्तरी भई यथावत रहेको छ । जुनलाई जनताले मन पराएका छैनन् ।

हामी भारतको विरोध गर्दर्छौं तर उसले दुईदुईपटक राहतका प्याकेज ल्याइसकेको छ । लकडाउनमा जीवन धान्न र चुल्हो बाल्न मासिक ५ हजार रुपैयाँ दिने निर्णयले तल्लो वर्ग र निम्न मध्यम वर्गका जनता केही खुसी भएका छन् । यद्यपि त्यहाँका धेरै बेथितिहरू पनि सञ्चारमा आएका छन् ।


– बजेटले शिक्षाको गुणस्तर सुधार र अपेक्षा गरेजस्तो सामुदायिक विद्यालयमा सुधार हुने लक्षण देखिँदैन । एकारित इसिडी र विद्यालय कर्मचारीजस्ता निरीह शैक्षिक जनशक्तिको मनोबल उठाउन सकिएन भने अर्कातिर आफ्ना कार्यकर्ताहरू पोस्नका लागि स्वयम्सेवक शिक्षक राख्ने भनेर बजेट छुट्याइएको छ । जुन सर्वथा गलत मात्र नभई आफ्नो राजनीतिलाई बढाउने दुराशयपूर्ण कार्य समेत हो ।
– अहिलेको समयमा नेपालले राहतका प्याकेजहरू घोषणा गर्न सक्नु पर्दथ्यो । ज्याला मजदुरी गरेर खानेलाई काम दिने । त्यो भन्दा माथिकालाई कम्तिमा पनि महिनाको ५ देखि १० हजार रुपैयाँसम्म राहत दिन सकेको भए केही सहयोग हुन्थ्यो । हामी भारतको विरोध गर्दर्छौं तर उसले दुईदुईपटक राहतका प्याकेज ल्याइसकेको छ । लकडाउनमा जीवन धान्न र चुल्हो बाल्न मासिक ५ हजार रुपैयाँ दिने निर्णयले तल्लो वर्ग र निम्न मध्यम वर्गका जनता केही खुसी भएका छन् । यद्यपि त्यहाँका धेरै बेथितिहरू पनि सञ्चारमा आएका छन् ।
– खर्चमा मितव्ययिता अपनाउने उद्देश्यसहित सरकारले निजामति कर्मचारीको त्रँ कटौती गरेको छ । यसबाट वार्षिक करिब ६ अर्ब रुपैयाा जोगिने आकलन अर्थ मन्त्रालय स्रोतको रहेको छ । कर्मचारीको केही सुविधा भने थप गरिएको छ।केही कर्मचारीले शतप्रतिशतसम्म भत्ता पाउँदै आएका थिए ।

अतः केही आसा जगाए पनि धेरै निराशा जगाउने खालको यो पुरातन शैलीको बजेटले कोभिड –१९ मा फँसेका गरिब, निमुखा, मजदुर, कामविहीन निम्न मध्यम वर्ग र काम खोसिएका मध्यम वर्ग पनि निराशाको भूमरीमा फँस्न पुगेका छन् ।


– निजामति मात्र नभई सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीको प्रोत्साहन, जोखिम, बैठक भत्ता तथा खाजा दाना खर्च आगमीआर्थिक वर्षदेखि कटौती हुनेछ । कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कर्मचारीले भने भत्ता पाउने छन् । कर्मचारीले पाउँदै आएको महँगी भत्ता, दसैँ भत्ता,पोसाक भत्ता र स्थानइि भत्ता भने कायमै रहने अर्थ मन्त्रालयका प्रवत्ता उत्तर खत्रीले बताएका छन् ।
अतः केही आसा जगाए पनि धेरै निराशा जगाउने खालको यो पुरातन शैलीको बजेटले कोभिड –१९ मा फँसेका गरिब, निमुखा, मजदुर, कामविहीन निम्न मध्यम वर्ग र काम खोसिएका मध्यम वर्ग पनि निराशाको भूमरीमा फँस्न पुगेका छन् ।


सरकारबाट घुमाइफिराइ सांसद विकास कोष, पानीजहाज, रेल, राष्ट्रिय गौरवका आयोजना र कहिल्यै पूरा नहुने मेचाम्ची खानेपानी आयोजना जस्ता ‘सेता हात्ती’ पाल्न नै बजेटको कनिका छरिएको छ । यस मानेमा बाहिरबाट ‘बोरो प्लेयर’ का रूपमा ल्याइएका अर्थशास्त्रका भेटरान् खेलाडी यो समेत गरी तीनपटक निराशाउन्मुख पारम्परिक बजेट ल्याउन ‘ह्याट्रिक’ गर्दै सफल भएका छन् । जनताको औंलो ठड्याई यहीँनेर हो ।

यसले भारत र तेस्रो मुलुकबाट सहलका हूल झैँ नेपाल फर्केर आउने २० औं लाख नेपालीलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार दिन नसक्ने हो भने तिनीहरुले गर्ने विविध प्रकारका द्रोह÷विद्रोह र सामाजिक क्रान्तिले देशलाई कुन दिशातिर मोड्ला त्यो अहिले नै भन्नु छिटो हुनेछ ।


अहिले जनतालाई कोभिड –१९ बाट बँचाउने र राहत दिने खालको नीति, कार्यक्रम र बजेट ल्याउनका लागि ‘राजनीतिक हुती’ भएकै त्यस्तो खम्भीर नेता चाहिन्थ्यो जसले ‘एडीबी, वल्र्डबैँङ्क र आइएम्एफ्’ को देखिने÷नदेखिने प्रतिनिधिका रुपमा हाम्रोजस्तो तन्नम देशमा मास्क लगाएर काम गरोस् अनि जनताको निरन्तर ढाड भाँचोस् । यस्तो चाहनाका लागि नेपाली जनताले गणतन्त्र पक्कै ल्याएका थिएनन् ।
यसले भारत र तेस्रो मुलुकबाट सहलका हूल झैँ नेपाल फर्केर आउने २० औं लाख नेपालीलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार दिन नसक्ने हो भने तिनीहरुले गर्ने विविध प्रकारका द्रोह÷विद्रोह र सामाजिक क्रान्तिले देशलाई कुन दिशातिर मोड्ला त्यो अहिले नै भन्नु छिटो हुनेछ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बुधबारदेखि निजी विद्यालयमा भर्ना

Next Post

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

Next Post
भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.