सम्पादकीय
८ जेठ,
अन्तत नेपाल आमाको छाती दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाल सरकारको केन्द्रीय मन्त्रीपरिष्द्ले हालै नेपालको नक्सामा समावेश गराएको छ ।
विगत लामो समयदेखि छिमेकी मित्रराष्ट्र भारतको बलमिच्याइँ र हेपाहा प्रवृत्तिको कारणले हरण भएको भूभागप्रति नेपालको चासो जानुले सबै देशभक्त नेपालीहरुलाई इतिहासकै बलियो सरकार कम्युष्टिहरुप्रतिको दिनप्रतिदिन गिर्दै गएको विश्वासलाई जगाइदिने काम गरेको छ । लकडाउनको सन्नाटामा पनि विभिन्न खाले विवादित र षड्यन्त्रकारी विध्येक ल्याएर बदनामीमा आफूमाथि लागेको दाग केही हद्सम्म भएपनि यो सरकारले मेटाउने कार्य गरेको छ ।
इतिहासकै समयदेखि नेपाली भूभाग भारतको गिद्धे नजरभित्र पार्नु सामन्य कुरा हो । भारत सरकारको दादागिरी र मुहबोलो ‘रोटीबेटी सम्बन्ध’ को आडमा गर्ने गरेको अत्याचारप्रतिको नेपालको अहिले सम्मकै कडा जवाफ हो भन्ने आँकलन गर्न थालिएको छ ।
यस्तो अवस्थामा नेपाली मिडियाहरु चुप् छन् । नेपालका धेरै विशिष्ट व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसको व्यापाक चर्चा गरिरहेका छन् ।
नेपालका राष्ट्र निर्माता भनेर चिनिने पृथ्वीनारायण शाहको केही पुस्ताले ठूलो मेहनत र केही हठ अनि मूर्खाताबाट नै भलै जितेको राज्य किन नहोस्, विशाल नेपालको परिकल्पना साकार भएको अवस्था इतिहासले बताउँछ । विभिन्न सन्धी र घातक सम्झौताको कारण आफूले विजय गरेको भूभागहरु गुमाउनु भन्दा बरु युद्ध लडेर नै मर्नु बुद्धिमानी ठान्दै सन १८१४ देखि १८१६ सम्म हाल भारतीयहरुको मालिक इष्ट इण्डिया कम्पनी नामक ब्रिटिस शासकहरुसँग धेरै पटक युद्धहरु भएका हुन् ।
यस्ता युद्धहरुमा नेपालीहरुको वीरतासँग डराएर सो कम्पनीले सन १८१५ डिसेम्बर २ तारिखका दिन शान्ति सम्झौता गर्ने भन्दै १५ दिने अल्टिमेटम सहित् सम्झौताको खाका पठाएको अवस्था थियो । त्यो खाकालाई वीरताको सघन भट्टीमा खारिएका नेपाली वीरहरुले नमान्दा विभिन्न चक्र प्रपञ्च सहित् बाध्यतापूर्वक सन् १८१६ मार्च ४ तारिखका दिन गरेको सुगैली सन्धीका कारणले हालसम्मको यो वितण्डाको सिर्जना भएको अवस्था हो ।
‘भारतीय मिडियामा भएको यो रवैयालाई प्रधानमन्त्री र मन्त्रीस्तरबाट पहलकदमी दिने अवस्था हुँदैन । समकक्षीताको मर्यादाको ख्याल गर्दै भारतीय मिडियाको रवैयालाई नेपाली मिडियास्तरबाटै जवाफ दिन सक्नु पर्छ भन्ने धारणा राख्छन् नियात्राकार प्रतीक ढकाल ।’
हाल नेपालले गरेको आफ्नो गुमेको भूमि फिर्ता ल्याउनको लागि आधिकारिक रुपमा नै आफ्नो मुलुकको नक्सामा गुमेको भूमि समावेश गर्ने कामको भारतीय मिडियामा लाजमर्दो र निकै नै भ्रामक समाचारहरु प्रकाशन प्रशारण भइरहेका छन् । यस्तो अवस्थामा नेपाली मिडियाहरु चुप् छन् । नेपालका धेरै विशिष्ट व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसको व्यापाक चर्चा गरिरहेका छन् ।
यस्ता धेरै व्यक्तिहरु छन् जसले नेपाली पत्रकारितालाई दुत्कारी रहेको तथ्यलाई नकार्न सकिँदैन । यतिबेला भारतका मिडियाहरुले नेपालको नक्साजारी भएको आजको अवस्थाको ठाडो खिल्ली उडाईरहेका छन् । हुन त यसैपनि बद्ख्वाँइ गर्ने सिलसिलामा भारतीय मिडियाहरु विश्वमा नै अब्बल छन् । कसैको हुर्मत लिन यिनीहरुको संगत गर्दा निकै कुशलतासाथ सिक्न सकिन्छ ।
‘भारतीय मिडियामा भएको यो रवैयालाई प्रधानमन्त्री र मन्त्रीस्तरबाट पहलकदमी दिने अवस्था हुँदैन । समकक्षीताको मर्यादाको ख्याल गर्दै भारतीय मिडियाको रवैयालाई नेपाली मिडियास्तरबाटै जवाफ दिन सक्नु पर्छ भन्ने धारणा राख्छन् नियात्राकार प्रतीक ढकाल ।’
आफूलाई मिडिया किङ्ग भनेर ढोङ् फुक्ने राष्ट्र राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप भएको अवस्थामा चुपचाप रहनुले नेपाली मिडियाहरुको झुकाव आमापट्टी कि जामापट्टी भन्ने गहिरो प्रश्न चिन्ह खडा भएको छ ।
आफूलाई मिडिया किङ्ग भनेर ढोङ् फुक्ने राष्ट्र राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप भएको अवस्थामा चुपचाप रहनुले नेपाली मिडियाहरुको झुकाव आमापट्टी कि जामापट्टी भन्ने गहिरो प्रश्न चिन्ह खडा भएको छ ।
देश यतिबेला संघीन मोडमा छ । नेपालका जानेमाने विश्लेषक सौरभले भने अनुसार त नेपाल–भारत युद्ध नभए सम्म यो सीमा विवद अन्त्य हुँदैन । २÷४ हजार नेपाली नागरिक देशका लागि सहिद् हुन समेत पछि पर्नु हुँदैन । भन्ने खालको भनाईले त झन अबको परिस्थिति चोटिलो बन्न सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । आप्mनो देशको पवित्रतामाथि परायाको गिद्धेदृष्टि पर्न लागको अवस्थामा सूचनाको संवाहक मानिने पत्रकार र संचारगृहहरुको मुख यतिबेला नखुल्ने हो भने कस्तो अवस्थामा योगदान गर्ने त ? प्रश्न गम्भिर छ ।