Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आसन्न संकट प्रतिको चासो

Kumar Shrestha by Kumar Shrestha
May 20, 2020
in सम्पादकीय
0
आसन्न संकट प्रतिको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्पादकीय

रामेछापको सम्पर्क सिधा तराईसँग जोडिएकाले रामेछाप जिल्ला सम्भावित कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो ।
रामेछापको सदरमुकाम मन्थली दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको प्रवेशद्वार भएकाले तराई हुँदै भारतबाट आउने खाद्य तथा निर्माण सामग्री बोकेका ढुवानीका साधानहरु मन्थली प्रवेश भएर मात्रै जाने हुँदा भारतसँग पनि रामेछापको सिधा सम्पर्क छ ।

नेपालको तराईका जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र गतिमा फैलिरहेको बेला रामेछाप जिल्लाले पनि उच्च सतर्कता अपनाउनु आवश्यक छ । रामेछापले सतर्कता अपनाएकै छैन भन्ने होइन तर अहिले जति सतर्कता अपनाइएको छ, अधिकांश निर्णयमा मात्रै सीमित छ ।
जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुले गरेको निर्णयहरु सतर्कताका लागि पर्याप्त छन् तर कार्यान्वयन पक्ष एकदमै फितलो छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलिन नदिनका लागि गरेका निर्णयहरुको पूर्ण पालना गर्नु आवश्यक छ । तर प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।

विशेषगरी केही तरकारी तथा फलपूmल पसलहरुले जिल्ला प्रशासन कार्यालयले कारोना भाइरस रोकथामको लागि गरेको निर्णयहरुको खिल्ली उडाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा वैशाख २५ गते बसेको बैठकले तराइका जिल्ला लगायत अन्य जिल्लाहरुबाट समेत रामेछाप भित्रिने, हरियो तरकारी, फलपूmल, माछामासु, कुखुरा, अण्डा (चल्ला) समेत ढुवानीमा जेठ १ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो निर्णय मन्थलीमा सम्बन्धित व्यवसायका धेरैजसो व्यवसायीमा लागु भयो तर मन्थलीमा नै रहेको न्यू जनरल सफल स्टोर्सलाई त्यो निर्णय लागु भएन । उनले बाहिरी जिल्लाहरुबाट हरियो तरकारी, फलपूmल लगायतका वस्तुहरु नियमित आयात गरिरहे । बिना रोकतोक उनले ती बस्तुहरु ल्याएर विक्री वितरण गरिरहेका छन् ।

अझ अनौठो कुरा के छ भने अन्य व्यापारीहरुले काठमाडौंबाट ल्याएको तरकारी मन्थलीको देवकोटा चोकमा आइपुगेपछि पनि प्रशासनले फर्ता पठाएको छ तर न्यू जनरल सफल स्टोर्स मन्थलीले ल्याएको सोही प्रकृतिका वस्तुमा कुनै रोकतोक छैन ।
त्यतिमात्रै होइन अन्य व्यापारीहरुलाई हरियो तरकारी ल्याउँदा प्रहरी कार्यालयमा बोलाएर नसिहत दिइएको छ तर न्यू जनरल सफल स्टोर्र्सले बाहिरी जिल्लाबाट खुलेआम हरियो तरकारी र फलपूmल आयात गरेर विक्री वितरण गरिरहँदा उनलाई एक पटक पनि सोधनी भएको समेत रेकर्ड छैन ।

अत्यावश्यक खाद्यन्न किनबेचको लागि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म पसल सञ्चालन गर्ने प्रशासनले निर्णय गरेको छ । अरु पसलहरु प्रशासनले जारी गरेको निर्देशन अनुसार खुल्ने र बन्द हुने गरेको भए पनि न्यू जनरल सफल स्टोर्स भने दिनभरी नै सञ्चालन भइरहेको स्थानीयहरुको भनाई छ ।

अन्य तकरकारी तथा फलपूmल पसलले भन्दा न्यू जनरल सफल स्टोर्सले मूल्य समेत बढी लिने गरेको उपभोक्ताको गुनासो छ । अन्य व्यवसायीले ल्याएको सामग्रीमा कोरोना आउने र न्यू जनरल सफल स्टोर्र्सले ल्याएको सामग्रीमा कोरोना नआउने हो भने प्रशासनले स्पष्ट रुपमा भनिदिनु पर्ने स्थानीयको माग छ । नत्र बाहिरी जिल्लाबाट ढुवानी गर्न प्रतिबन्ध लगाउने भनिएका वस्तुहरु ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्नु स्थानीयको भनाई छ ।

यदि मन्थलीमा व्यवसायीहरुबाट कोरोना भित्रिन्छ भने न्यू जनरल सफल स्टोर्सबाट नै भित्रिन्छ भन्ने आम मानिसको बुझाई छ । अन्य व्यवसायीहरुले ल्याएको तरकारी फिर्ता पठाइनु र न्यू जनरल सफल स्टोर्र्सले बिना रोकतोक सोही प्रकृतिका तरकारी तथा फलपूmल ल्याउनुमा प्रशासनको समेत मिलेमतो हुनसक्ने अन्य व्यापारीहरुले आङ्का व्यक्त गरेका छन् ।
न्यू जनरल सफल स्टोर्सले पछिल्लो पटक यही जेठ ५ गते जिल्ला बाहिरबाट हरियो तरकारी तथा फलपूmलहरु एक गाडी ल्याए ।

उनले बाहिरबाट हरियो तरकारी तथा फलपूmल ल्याएको विषयमा स्थानीयले विरोध समेत गरे । जिल्ला प्रशासन कार्यालयमा जानकारी समेत गराए तर कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनले निर्धक्कका साथ, हरियो तरकारी, केरा, आँप, स्याउ, अनारजस्ता फलफुल बाहिरै सजाएर विक्री वितरण गरे ।


यस विषयमा न्यू जनरल सफल स्टोर्सका सञ्चालक रमेश भनिने मंगलबहादुर तामाङसँग बुझ्दा आपूmले फलपूmल तराईबाट नभई काठमाडौंबाट ल्याएको बताए । जिल्ला प्रशासन कार्यालयले जेठ १ गतेसम्मको लागि मात्र प्रतिबन्ध लगाएकाले आपूmले जेठ ५ गते सामान ल्याएको भन्दै ल्याउन पाउने दावी गरे ।

यस विषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि जेठ १ गतेसम्म प्रतिबन्ध लगाइएको र त्यसपछि प्रतिबन्ध खुलाएको र नखुलाएको दुवै जानकारी नगराइएको भनि दोहोरो अर्थ लाग्ने प्रतिक्रिया दिइन् । प्रजिअ शर्माले बाहिरी जिल्लाबाट हरियो तरकारी र फलपूmल आएको गुनासो आपूmसम्म पनि आइपुगेको बताइन् ।

जिल्ला प्रशासन कार्यालय आपैmँले गरेको निर्णय कार्यान्वयनमा आफै धर्मराउनुलाई यहाँका स्थानीयले शङ्काको दृष्टिले हेरेका छन् । पुनः बाहिरी जिल्लाबाट आउने हरियो, तरकारी तथा फलपूmल ढुवानीमा जेठ १२ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यद्यपि यो निर्णय कार्यान्वयन हुनेमा भने स्थानीयले शङ्का गरेका छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी

Next Post

नेपालको नक्सा सार्वजनिक

Next Post
नेपालको नक्सा सार्वजनिक

नेपालको नक्सा सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.