- बेक्कार शंका गर्छन पति ,बिदेशमा बसेर।
बुझ्दैनन सम्झाउछु कति ,बिदेशमा बसेर। - जे छ खाउला सँगसगै रमाउला भन्दा नि
उतै खर्च गर्छन भए जती ,बिदेशमा बसेर। - मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी
सम्झिन्छन जवान श्रीमती ,बिदेशमा बसेर। - छोरा छोरिले बाबा खोजेर हैरान पारी सके
आउनु बदलिन्न हाम्रो गती बिदेशमा बसेर। - अर्काको देशमा मरिहाले भेट हुन्न यता फेरि
सुखकोआश छैन एक रति बिदेशमा बसेर। - मैयाँ लामिछाने सिन्धुली