अपडेटः एक जनाको मृत्यु

चैत्र, १८,

रामेछाप । रामेछापमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते हुनुभएका संगीता पहरीको मृत्यु भएको हो । उनको दुर्घटनास्थलबाट उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी २४ बर्षिय संगीता पहरीको मृत्यु भएको नेकपा रामेछापका नेता टंकलाल घिसिङले जानकारी दिनुभयो । अन्य घाइेतहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

सम्बन्धीत समाचार