जेठ १५,
सोलुखुम्बु । सोलुखुम्बुमा एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिदोजुल्दो लक्षण बोकेर जिल्ला अस्पताल आएका सोलुदुधकुण्ड नगरपालिका एक २७ वर्षीय युवामा गरिएको कोरोनाको पीसीआर परीक्षण पोजेटिभ आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।
ती युवासँगै स्वाब पठाइएका सोलुदुधकुण्ड नगरपालिका ५ रोशीका दुई व्यक्तिको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । फाप्लुस्थित आइसोलेसनमा रहेका उनलाई विराटनगर लगिँदैछ । पहिलो पटकको ती युवाको पीसीआर परीक्षण रिपोर्ट अन्यौलपुर्ण आएपछि दोस्रो पटक पिसिआर गरिएको थियो ।
सोलुखुम्बुमा कोरोना संक्रमित पुष्टि भएपछि बिहिबार बैठक बसी थप रणनीति तय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । file Photo





