जेठ ३२,
रामेछाप । आइतबार नेपालमा थप ४ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । जसमा ३७५ पुरुष र ५० जना महिला छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।
आज कोरोना पुष्टि भएकामा २ जना पुरुष रामेछापका रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा कोरोना पुष्टि भएको छ।
यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।
यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
आज सम्ममा नेपालको ७३ जिल्लामा कोरोना फैलिएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु : १९ पुग्यो संख्या
त्यस्तै कोरोना बाट मृत्यु हुने संख्या १९ पुगेको छ । आज एक जना भारतबाट आइ क्वारेन्टिमा बसेका थिए । उनको कोरोनाबाट हिजो राती मृत्यु भएको मन्त्रालयले आज पुष्टि गरेको हो । File Photo





