जेठ ३२,
रामेछाप । रामेछाप जिल्लाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नेपालमा थप ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा रामेछापका २ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आज ३७५ पुरुष र ५० जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । रामेछापमा यस अघि एकै पटक १७ जनामा र एक जना रामेछापका स्थानिय हाल लुम्लामा कार्यरत एक जनामा र काठमाडौंमा रहेका एक जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यो संगै रामेछापमा कुल कोरोना संक्रमितको संख्या २२ पुगेको छ । file Photo





