Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु : ६० लाख ४० हजार ३३८ जना निको भए

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार, स्वास्थ्य
0
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १८,

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । त्यस्तै संक्रमणबाट  विश्वभर १ करोड ८ लाख १९ हजार ७ सय ६२ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाली समयअनुसार बिहिबार अपरान्ह्सम्ममा प्राप्त समाचारअनुसार भाइरसका कारण ६० लाख ४० हजार ३ सय ३८ जना उपचारपछि निको भएका छन् । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्तराज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९५३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार ७ सय ९८ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार २७० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ६४ हजार ४२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार २८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख २१ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४४३ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार ६४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । –एएफपी file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१

Next Post

१५ हजार नाघ्याे कोरोना संक्रमितको संख्या,२४ घण्टामा ७४० थपिए, मृतक ३२,

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

१५ हजार नाघ्याे कोरोना संक्रमितको संख्या,२४ घण्टामा ७४० थपिए, मृतक ३२,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.