Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१५ हजार नाघ्याे कोरोना संक्रमितको संख्या,२४ घण्टामा ७४० थपिए, मृतक ३२,

जनता भ्वाइस by जनता भ्वाइस
July 4, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १९,

रामेछाप । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हाे ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा कोरोना सङ्क्रमण जितेर घर फिर्नेकाे सङ्ख्या ६ हजार १ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नाै सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । ​काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गत बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा आज उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।file Photo

  • थप ४७३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४,५९१
  • कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु : ६० लाख ४० हजार ३३८ जना निको भए

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाइरसबाट विश्वमा ५ लाख १९ हजारभन्दा बढीको मृत्यु : ६० लाख ४० हजार ३३८ जना निको भए

Next Post

नेपालमा सलहकीराको प्रभाव कस्तो रहला ? के भन्छन् कृषि विज्ञ ? (भिडियो सहित्)

Next Post
नेपालमा सलहकीराको प्रभाव कस्तो रहला ? के भन्छन् कृषि विज्ञ ? (भिडियो सहित्)

नेपालमा सलहकीराको प्रभाव कस्तो रहला ? के भन्छन् कृषि विज्ञ ? (भिडियो सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.