Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फिजी पुगेर अर्थमन्त्रीले गरे थप लगानीको आह्वान

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in अर्थतन्त्र
0
फिजी पुगेर अर्थमन्त्रीले गरे थप लगानीको आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताएका छन् । 

एसियाली विकास बैंकको ५२ औं बोर्ड अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजी पुगेका अर्थमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गर्दै यस्तो उल्लेख गरेका हुन् ।

उनले दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने सम्भावना भएपनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको बताए ।

मन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न सफल भएको उल्लेख गरे । उनले लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको बताउँदै आगामी दिनमा उच्च आर्थिक वृद्धि र बाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने जानकारी दिए ।

एसियाली विकास वैंक, युरोपियन लगानी वैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीसँग भएको बेग्लाबेग्लै द्विपक्षीय बैठकहरुमा अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको बारेमा जानकारी गराए । 

नेपालमा उच्च आर्थिक वृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधानप्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्पपछिको पुर्ननिर्माण खास गरी आवास र विद्यालय भवनहरुको पूर्ननिर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारलाई नेपालमा थप सहायता प्रदान गर्न आह्वान गरे । साथै, उनले नेपालमा लोकतान्त्रिक, स्थिर र पारदर्शी सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए ।


Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

यति नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स

Next Post

कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता नेपालीलाई जिल्लाबासीले गरे भव्य स्वागत

Next Post
कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता नेपालीलाई जिल्लाबासीले गरे भव्य स्वागत

कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता नेपालीलाई जिल्लाबासीले गरे भव्य स्वागत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.