Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता नेपालीलाई जिल्लाबासीले गरे भव्य स्वागत

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता नेपालीलाई जिल्लाबासीले गरे भव्य स्वागत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, बैशाख २३ गते । कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल बिजेता रामकुमार नेपालीलाई आफ्नो जिल्ला रामेछापमा भव्य स्वागत गरेको छ । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार पञ्चेबाजा सहित बजार परिक्रमा गरी विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा विजयी र्‍याली तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मन्थली नगरपालिका कार्यालय, रामेछाप कला साहित्य प्रतिष्ठान, परियार एकता समाज रामेछाप, मन्थली मावि मन्थली , सुनचाँदी कला ब्यवसायि संघ, पञ्चेबाजा संरक्षण समाज र नेपाल कपडा तथा सिलाई ब्यबसायि संघले छुट्टा छुट्टै प्रशंसा पत्र ुसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए।

मन्थलीको देबकोटाचोकबाट सुरु भएको ¥यालीले मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिमा पुगेर एक सम्मान औपचारिक कार्यक्रमको रुपमा परिणत भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बिजेता रामकुमार नेपालीले जिल्लाबासी तथा सबै नेपालीहरूकोे सहयोगका कारण आफूले सफता हासिल गरेकोले आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा रहेको बताए। सम्मान कार्यक्रममा आफूले कोल्गेट इमेज लोक कलाकार सिजन–टु को फिनालीमा गाएको गीत समेत गाएर सुनाएका थिए । उनले कोल्गेट इमेज लोक कलाकार सिजन–२ का टाइटल उपाधी संगै डेढ लाख रुपैयाँ जितेका छन् । यस्तै पब्लिक च्वाई तर्फको अवार्ड भने शितल गुरुङले जितेका छन् ।

देशका विभिन्न स्थानमा गरिएको अडिसन राउण्डमा एक हजार बढी कलाकार सहभागी भएकोमा विभिन्न चरण पार गर्दै पछिल्लो आठ महिनाको अवधिमा फाइनल राउण्ड पार गरी टप टेन हुदै पाँच जना प्रतियोगीबाट विजेता छनौट गरिएको हो ।

विभिन्न प्रतियोगिताहरुमा अब्बल सावित गर्दै आएका कलाकार आरके नेपाली रामेछापको मन्थली नगरपालिका कुडाहारबासी हुन् । विगत दश वर्षदेखि संगितको क्षेत्रमा सक्रिय आरके नेपाली रामेछाप लोकतारा २०६६ हुदै राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, मेगाबैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता २०७५ का विजेता समेत हुन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फिजी पुगेर अर्थमन्त्रीले गरे थप लगानीको आह्वान

Next Post

फेरि सच्याइयो मर्यादाक्रम

Next Post
फेरि सच्याइयो मर्यादाक्रम

फेरि सच्याइयो मर्यादाक्रम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...