रिता आले मगर,साउन, ०९
नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा.लि. ले आफ्नै अफिसियल युटुब च्यानलबाट तिज गित माइतिको आगनी भाग २ “हँसिया नाम्लैमा” सार्वजनिक गरेको छ ।
गितमा गायिका सुनिता सेन र गायक गणेश अधिकारीको आवाज रहेको छ भने लय सिर्जना पनि अधिकारीको नै रहेको छ । खेमराज कोइरालाको शब्द सङकलन रहेको सो तिज गितमा सुरेश श्रेष्ठको छायाँकन , दिपक बिष्टको सम्पादन अनि स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशनमा रहेको छ । उक्त गितको भिडियोमा सुजन कोइराला, करिश्मा ढकाल, दिपक शर्मा पौडेल र मिना पोखरेलको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो