Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

“काठमाडौंमा १४ जनाको मृत्यु भएको हल्ला के हो ?”

जनता भ्वाइस by जनता भ्वाइस
April 22, 2020
in फिचर, स्वास्थ्य
0
“काठमाडौंमा १४ जनाको मृत्यु भएको हल्ला के हो ?”
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र १२

एकाबिहानै आएको एउटा फोन कलले मथिङ्गल हल्लिएको छ । यस्तो समाचार कसले फैलायो होला भनेर मनमा सामान्य पराकम्प पनि आएकै छ ।

बिहानै गाउँबाट फोन आयो । कल्पना नै नगरेको प्रश्नले निन्द्रा नै खलबलाउने गरी झट्का हान्यो । “काठमाडौंमा कोरोनाको सङ्क्रमणले १४ जनाको मृत्यु भएको कुरा के हो रु” उनले सोधे । उनको प्रश्न सिद्धिने बित्तिकै मैले प्रतिप्रश्न गरें कहाँ ? कहिले ? कसरी ?

हतास भएर सुस्केरा हाल्दै मैले उनैलाई प्रतिप्रश्न गरेपछि उनले फोन काटे, सायद अर्कै व्यक्तिलाई सोध्न उनलाई हतार भएर पनि हुनसक्छ । केहि समय पश्चात उनलाई फोन गर्दा निकैबेर उनको फोन ब्यस्त थियो । मैले जानकारी हुनसक्ने सबैतिर फोन घुमाएँ कसैले यसको उत्तर भने दिन सकेनन ।

करिव १ घण्टा केहि व्यक्तिहरूलाई फोनमा सोध्दै बित्यो । सबैले जानकारी नभएको बताएपनि मलाई उनले सोधेको प्रश्नको झट्काले हान्न भने छाडेको थिएन । एकैछिन पनि मन सान्त हुन नसकेपछि मैले हल्ला कहाँबाट फैलियो भन्ने कुरा खोज्न गाउँबाट फोन गर्ने व्यक्तिलाई नै फोन गरें । यो पटक भने फोन लाग्यो, उनले फोन उठाए निकै बेर उनीसंग कुरा गर्दा हल्लाको कुनै स्रोत भने भेटिएन । तर, काठमाडौं उपत्यका बाहिर यो हल्ला निकै फैलिएको उनले बुझियो ।

गाउँभरी हल्ला फ़ैलिएपछि छुट्टै सन्त्रास फैलिएको उनले बताए । एकातिर विदेशमा छोराछोरी हुनेहरूको गाउँमा चिन्ताले बेहाल छ । अर्कातिर नेपालकै सहरमा आफन्त हुनेहरू यस्तो हल्लाले आक्रान्त बनेको उनले सुनाए ।

उनि गाउँको चल्ताफुर्ता भएकाले उनलाई सबैले यस्तो भयो रे भन्दै सुनाएको उनले बताए । गाउँमा सबैले यो हल्ला सुनेपछि आफ्ना आफन्त र सन्तानलाई काठमाडौंमा १४ जनाको मृत्यु भएको भन्दै गाउँ फर्कन आग्रह गरिरहेको पनि उनले बताए ।

उनि निकै हतास थिए, मैले यो हल्ला मिथ्या भएको भनेर उनलाई निकै सम्झाउने प्रयास पनि गरें । अन्य देशहरूमा जस्तो हाम्रो देशमा सुचना नलुक्ने हुँदा यो सबैलाई अत्याउन फैलाइएको हल्ला भएको उनलाई बताएँ । त्यतिमात्र होइन शहरका मान्छेलाई गाउँमा आउन नदिन पनि यस्तो हल्ला फैलाएको हुनसक्ने उनलाई बताएँ ।

उनीसंग निकैबेर फोनमा भलाकुसारी गरेपछि मलाई भने यस्तो हल्ला फैलाउनेप्रति मनमा निकै घृणा पलायो ।

गाउँमा युवाहरू छैनन्, बुढा आमाबुवाहरूलाई यस्तो हल्ला फैलाएर आतंकित बनाउने त्यो व्यक्तिको नियत के होला रु कि सरकारले केहि सुचना लुकाएकै होला ?

साभार : himalpost

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नवरात्रको पहिलो दिन : घरमै मनाऔं चैते दशैं

Next Post

कोरोनाको महामारी नरोकीदै रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

Next Post
कोरोनाको महामारी नरोकीदै रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

कोरोनाको महामारी नरोकीदै रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.