Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी

जनता भ्वाइस by जनता भ्वाइस
August 8, 2020
in सूचना प्रविधि
0
टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ ।

अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने बाटो खुलेको हो । तथापि ट्रम्पले टिकटकको मातृ कम्पनी बाइटडान्स र माइक्रोसफ्टबीच हुने उक्त सम्झौताका क्रममा अमेरिका सरकारलाई पनि विशेष हिस्सा  प्रदान गरिनुपर्ने बताएका छन् ।

यसअघि गत हप्तामात्रै ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । ट्रम्पको चेतावनीका बाबजुत पनि माइक्रोसफ्टले भने टिकटक खरिदको सम्झौताका विषयमा कुराकानी जारी राखेको बताएको थियो ।

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले आइतबार अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । सोही कुराकानी पश्चात् राष्ट्रपति ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने कदमबाट पछाडि हटेका हुन् । राष्ट्रपति ट्रम्पको सुरक्षा सम्बन्धी चासोलाई महत्व दिने कदमप्रति पूर्ण रुपमा सहयोग गर्ने माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार उसले टिकटक खरिद गरेसँगै उक्त एपको सुरक्षाका विषयमा पूरै समीक्षा गर्नेछ । माइक्रोसफ्टले एक ब्लगमा भनेको छ, ‘टिकटक खरिदको सम्झौताबाट अमेरिकालाई हुने आर्थिक लाभका विषयमा पनि अमेरिकी सरकारलाई सविस्तार बताइनेछ ।’

आगामी सेप्टेम्बर सम्ममा टिकटक खरिदका विषयमा उसको मातृ कम्पनी बाइट डान्ससँग सम्झौता पूरा हुने विश्वास माइक्रोसफ्टको छ । यद्यपि टिकटक खरिदको कुराकानी अहिले प्रारम्भिक अवस्थामा रहेको हुनाले खरिद बिक्री सम्झौता भैहाल्छ भनेर शतप्रतिशत भन्न सकिने अवस्थाचाहिँ छैन ।

अमेरिकासँगै क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको बजारमा टिकटकको अधिकार खरिद गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ ।

टिकटकमा लगानीका लागि माइक्रोसफ्टले अन्य अमेरिकी लगानी कर्ताहरुसँग पनि आह्वान गर्ने बताइएको छ ।

सबै अमेरिकी टिकटक प्रयोगकर्ताहरुका डाटा अन्य मुलुकबाट अमेरिकामा स्थानान्तरण गरिसकिएको र अब ती डाटा अमेरिकामै रहने पनि माइक्रोसफ्टले जनाएको छ ।

अमेरिका बाहिर संग्रहित रहेका डाटाहरु अमेरिकाको डाटा सेन्टरमा स्थानान्तरण भएसँगै ती मुलुकमा रहेका अमेरिकी प्रयोगकर्ताका डाटाहरु हटाइने उसको भनाइ छ ।

माइक्रोसफ्टले भनेको छ, ‘देशलाई मबजुत सुरक्षा प्रदान गर्नका लागि राष्ट्रपति ट्रम्पको निजी पहलको सह्राना गर्दछौँ ।’

के हो अमेरिकी चिन्ता ?

वाल स्ट्रिट जर्नलका अनुसार टिकटक खरिदका विषयमा माइक्रोसफ्टले चालिरहेको कदम यसअघि टिकटक बन्द गर्ने भन्ने ट्रम्पको चेतावनीका अनिश्चित बनेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पेम्पियोले समेत आगामी दिनमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित सफ्टवेयरका कारण पैदा भएका राष्ट्रिय सुरक्षा जोखिमविरुद्ध सरकारले कदम उठाउने बताएका थिए । अमेरिकाले भनेको, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित सफ्टवेयर’मध्ये टिकटक पनि एउटा थियो।

स्मरण रहोस् सन् २०१७ मा बाइटडान्स कम्पनीले टिकटक सुरु गरेको थियो । त्यसपछि उसले म्युजिकली नामको एक भिडियो सेवा खरिद गर्‍यो जुन अमेरिका र युरोपका युवाहरुबीच निकै लोकप्रिय थियो ।

अहिले विश्वमा टिकटकका प्रयोगकर्ता ५० करोड छन् भने अमेरिकामा मात्रै ८ करोड छन् । टिकटकका प्रयोगकर्तामध्ये अधिकांश २० वर्ष वा सोभन्दा कम उमेरका छन् ।

अमेरिकी अधिकारीहरुले टिकटकमा रहेका अमेरिकी प्रयोगकर्ताका डाटाहरु बाइटडान्सले चिनियाँ सरकारसमक्ष पुर्‍याउने गरेको आरोप लगाउने गरेका थिए । ह्वाइटहाउसका प्रवक्ताले आफ्नो एक वक्तव्यमा टिकटकलाई लिएर सुरक्षा सम्बन्धी गम्भीर चिन्ता खडा भएको भन्दै सरकारले भविष्यमा अख्तियार गर्ने नीतिको मूल्यांकलाई जारी राख्ने बताएका थिए ।

उता बाइटडान्सले भने ह्वाइटहाउससमक्ष महत्वपूर्ण प्रस्ताव अगाडि सारेको थियो । त्यसमा ३ वर्षभित्र हजारौँ अमेरिकीलाई रोजगारी दिने प्रस्ताव पनि थियो ।

अब अमेरिकी बजारमा टिकटकलाई खरिद गरेसँगै सोसल मिडियाको क्षेत्रमा माइक्रोसफ्टको मजबुत पडक स्थापित हुनेछ । सोसल मिडिया साइट लिक्डइन पनि माइक्रोसफ्टकै हो ।

अमेरिकामा हाल टिकटकको व्यापार १५ अर्ब देखि ३० अर्ब डलर सम्म रहेको छ ।

टिकटकलाई माइक्रोसफ्टले खरिद गर्ने समाचारका विषयमा टिकटकले कुनै प्रतिक्रिया जनाएको छैन । टिकटकका प्रवक्ताले अफवाह र अड्कलबाजीका विषयमा आफूले कुनै टिप्पणी नगर्ने भन्दै टिकटक लामो समयसम्म सफल बन्ने कुरामा आफूलाई विश्वास रहेको बताएका छन् ।

बीबीसी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

नेकपा माओवादी पुनर्गठन भएको घोषणा

Next Post

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Next Post
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.