चैत्र २८, ✍️निर्मल घिमिरे
जापान । कोरोना भाइरसले सङ्क्रमण गरी बिश्व भरी त्रासको वाताबरण सृजना भइरहेको अवस्थामा यहाँ भने एक नेपालीले गर्बिलो काम गरे बापत जापानकै एक प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन । नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन। डा. खड्कालाई प्रतिष्ठित अनुसन्धान संस्थान नेशनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै ‘पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट’ को उपाधी दिएको हो ।
उदयपुर जिल्ला चौदण्डगढी नगरपालिका स्थायी ठेगाना भएका डा. खड्काले त्रीभुवन बिश्वविद्यालय भौतिकशास्त्र बिभागबाट स्नाकोत्तर गरी दक्षिण कोरियाको इन्चन नेशनल युनिभर्सिटीबाट सन २०१६ मा बिद्यावारिधी गरेका थिए भने उनि हाल जापानको साइन्स सिटीले चिनिने चुकुवा स्थित एक प्रतिस्ठित युनिभर्सिटीमा कार्यरत थिए । एक नविनतम तथा बहुउपयोगी पदार्थ ‘हेलाइड पेरोभस्काइट प्रयोग गरि सौर्य उर्जाबाट विधुत उर्जा निकाल्दा आउने चुनौतिको बारेमा गरेको गहन अनुसन्धानलाई’ उत्कृष्ट ठहर गर्दै डा. खड्काले सो अवार्ड पाएका हुन ।
जापानको शिक्षा, सस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान सस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक उत्कृष्ट अनुसन्धानकर्ता हरुलाई सो प्रदान गर्ने गरिन्छ ।