Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, साहित्य
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मानव बेचबिखन बिरुद्ध श्रष्टाको आवाज

युबराज श्रेष्ठ रामेछाप ।

रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले साहित्यकारको कलमले झिर बनेर रोप्नु पर्ने बताए । साहित्यकार रचनाकारहरुले नयाँ कुराको खोजी गरिरहने भएकाले राज्यबाट भएको बेथिति, विकृति र विसंगतिहरुमा आँखा पुग्ने हुँदा साहित्यकारको कलमले सुइरो बनेर रोप्नु पर्ने बताए । रामेछाप कला साहित्यिक प्रतिष्ठान रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजारस्थित गौरीशंकर बहुमुखी क्याप्पसमा आयोजना गरेको मानव बेचविखन विरुद्धको अभियानमा श्रष्टाको आवाज कार्यक्रमलाई संवोधन गर्दैैै मन्थली नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् । समाज विकासको लागि राजनीति मात्रै बदलिएर नहुने रहेछ, संस्कार, सस्कृति र आर्थिक क्षेत्र बदलिनु पर्ने रहेछ उनले भने । राजनीतिक परिवर्तन भए पनि साँस्कृति परिवर्तन हुन नसकेको उनले बताए । सरकार र जनप्रतिनिधिहरुलाई साहित्यकारहरुले रचनाको माध्यमबाट घोचिरहनु पनि अरोध गरे । सरकार बेठिक ढंगले चलेमा भावि पुस्ता समेत समाप्त हुने उनको भनाई छ । अहिलेको सरकार सही ढंगले काम गर्न नसके पन्चे, कांँगे्रस र कम्युनिष्ट एउटै ड्याङको मूला भन्नुपर्ने अवस्था आउने उनले बताए । पूर्खाले नालापानी किल्लामा पानी समेत खान नपाएर जोगाएको यो देशको विकास गर्ने जिम्म नयाँ पुस्ताको भएको युवा साहित्यकारहरु कम विकृति र विसंगतिको विरुद्धमा केन्द्रीत हुनुपर्ने बताए । अहिले विकासको नाममा राम्रा पहाडहरु भत्काइरको भन्दै स्थानीय सरकारहरुले संविधानले परिकल्पना गरे अनुरुपको काम गर्न नसकिएको बताए । सामुदायिक विद्यालय, स्वास्थ्यको सुधार र पर्यावरण जोगाउनु आजको अपरिहार्य आवश्यकता भएको बस्नेतको भनाई । गरिबका छोराछोरी खाडीको तातो घाममा काम गरिहेका छन्, हामीले नेपालको जल, जमिन बन र पर्यावरण जोगाउन सकेनौ भने हाम्रा भावि पुस्ताले कहा गएर बस्ला भन्दै उनले चिन्ता समेत ब्यक्त गरे । समृद्ध नेपाल बनाउन हाम्रो देशको केही त बेच्नु प¥यो नि, अरबमा गएका दाजुभाई र विदेशमा बसेका नेपालीबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र कतिदिन चलाउने उनले भने । अब जल, जमिन, खोलानाला, बन र पर्यावरण बचाउने जिम्मा युवाहरुको काँधमा आएको बस्नेतले बताए । आपूm आलोचनासँग नडराउने बताउँदै आलोचना गर्दा यथार्थमा गरिदिन पनि उनले आग्रह गरे । आलोचना गर्न सजिलो छ तर काम गर्न गह्रो छ, त्यसकारण आलोचना रचनात्मक हुनुपर्छ । सकारात्मक सोच राख्यो भने औंशीको जुनको घेरामा पनि चाँदी भेटिन्छ उनले भने । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रेष्ठले साहित्यलाई प्रगतिशील बनाउनु पर्ने बताए । नेपालमा राजनीतिक परिवर्तन भए पनि साँस्कृति पक्षको सुधार गर्न नसक्दा गम्भीर भूमरिमा परेको उनको भनाई छ । हामी नयाँ चिज चाहन्छौं नयाँ ठाउँमा पुग्न चाहन्छौं तर हामीलाई रुपान्तरणको लागि पुरानै संस्कृतिले गाँजिरहेको कारण अगाडि बढ्न सकेका छैनौ श्रेष्ठले भने । हामीले साँस्कृतिक पक्षलाई रुपान्तरण गर्न चाहेनौं, सांस्कृतिक रुपान्तरणको लागि साहित्यलाई प्रगतिशील बनाउनुपर्छ उनले भने । रामेछाप कला साहित्यिक प्रतिष्ठान रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजारस्थित गौरीशंकर माध्यमिक विद्यालयमा आयोजना गरेको मानव बेचविखन विरुद्धको अभियानमा श्रष्टाको आवाज कार्यक्रमलाई संवोधन गर्दैैै उनले यस्तो बताएका हुन् । समाज रुपान्तरणको लागि सांस्कृतिक रुपान्तरण आश्यक रहेको भन्दै साहित्य, संस्कृतिलाई रुपान्तरण गर्न नसकिएको उनले बताए । उनले भने माया प्रेम पनि चाहिन्छ तर साहित्यकारले कु–संस्कार कु–संस्कृतिको विरुद्धमा चोटीलो प्रहार गर्न सक्नुपर्छ श्रेष्ठले भने । समाज रुपान्तरणको लागि जनचेतना मूलक तथा सचेतना फैलाउने सांस्कृतिक साहित्यिक कार्यक्रम निरन्तर चल्नु पर्ने पनि उनले बताए । मायाप्रेम मात्र हैन साहित्यको माध्यमबाट राजनीतिक, सत्ता र घूस प्रेमीहरुलाई पनि निरन्तर घोचिरहनु पर्ने उनको भनाई छ । अहिले फेसबुके अनुरागीहरु बढि रहेको भन्दै यो अवस्थालाई मोडेर अगाडि पढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाएको गर्व गर्नभन्दा राज्यले वैदेशिक रोगर कार्यालय बन्द गरेर स्वदेशी रोजगार कार्यालय खोल्न सक्नुपर्छ उनले भने । साहित्यिक जागरणबाट समाज परिवर्नत गर्न सकिने भन्दै साहित्यकारहरुलाई उच्च मानोबलका साथ अघि बढ्न पनि उनले अनुरोध गरे । मानव बेचविखन विरुद्धको दिवसको पूर्व सन्ध्यामा आयाजना गरिएको कार्यक्रममा सिन्धुली, दोलखा र कालीकोट जिल्लाका श्रष्टाहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तुत गरिएका रचनाहरु राज्यद्धारा भइरहेको अनियमितता्, हत्या, हिंसा, बलात्कार, विकृति र विसंगतिका विरुद्ध ब्याङ्गे गरिएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

Next Post

रामेछापको,रामेछाप नगरपालिका भालुखोपको भ्यूटावर आस्पासको फोटो फिचर

Next Post
रामेछापको,रामेछाप नगरपालिका भालुखोपको भ्यूटावर आस्पासको फोटो फिचर

रामेछापको,रामेछाप नगरपालिका भालुखोपको भ्यूटावर आस्पासको फोटो फिचर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...