Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मेरो शिक्षा सेवा समीक्षाको वकालत गर्ने जिम्मेवारी यही समाजको इजलासमा सुम्पिएको छु

Kumar Shrestha by Kumar Shrestha
June 4, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
मेरो शिक्षा सेवा समीक्षाको वकालत गर्ने जिम्मेवारी यही समाजको इजलासमा सुम्पिएको छु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पवनराज पौडेल
सेवा निवृत्त शिक्षक

मेरो शिक्षण सुरुआतिको क्रमलाई २०३९ सालको अवस्थालाई सम्झन्छु । त्यो बेला अवस्था निकै नाजुक थियो जस्तो आज आउँदा मलाई लागिरहेको छ ।
त्यो समयमा पहिलो कुरा त शिक्षक नै पर्याप्त थिएनन् भन्दा फरक पर्दैन । झन विद्यार्थी त कम हुने नै भए । समाजमा शिक्षण र सिकाईका कुराहरु अत्यन्तै गौण थिए । पढाईको महत्व र किन पढ्नु पर्छ भन्ने कुरा त्यो बेलाको जनमानसमा थिएन भन्दा पनि फरक नपर्ला । यद्यपि, त्यो बेला पनि केही मान्छेहरुमा शैक्षिक जागरण नभएको होइन । तर त्यो जागरण अत्न्तै न्यून थियो । यसैले मैले शैक्षिक जागरण नभएको भनेको हूँ ।


बीचको समयमा आइपुग्दा बल्ल केहीकेही व्यक्तिहरुबाट शिक्षाको जागरणका लागि क्रियाशीलता हुन थाल्यो । त्यो, त्यो समयको माग पनि थियो । झन छोरीलाई त विद्यालय पढाउन पठाउनु पर्छ भन्ने चेतना पनि अत्यन्तै न्यून थियो । बिस्तारै पछिल्लो समयमा शिक्षाको जागरण वृद्धि हुन थाल्यो । जीवनका लागि पढाई आवश्यक छ भन्ने बोध हुन थाल्यो ।
मैले मेरो जीवनको लामो कालखण्ड शिक्षा र त्यसको सेवाको लागि खर्चिएको छु । त्यसले मलाई आज यो समयको संघारमा आएर सम्झँदा सारै आनन्द लाग्छ ।


समयको क्रमसँगै राज्यले शिक्षालाई प्रयोगशालामा बन्दी बनायो । विभिन्न समयमा शिक्षाका लागि भएका गतिविधिहरुलाई हेर्दा २०३६ सालमा भएको राजनैतिक आन्दोलनले पनि शिक्षको एउटा खाले खाका बनायो । पछि २०४६ साल पछिको मोडल फेरि अर्कोखाले आयो । यस्तै यस्तै गरी २०५२ तथा २०६२–०६३ सम्म आइपुग्दा यो राज्यले सँधै शिक्षालाई प्रयोगशालामा नै रह्यो । यसरी हेर्दा लाग्छ, यो देशका धेरै जेनेरेशनलाई राज्यको कारणले प्रयोगशालामा शैक्षिक प्रयोग बन्न बाध्य बनायो ।


आज निजी विद्यालयको तुलनामा अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर राम्रो छैन । त्यसका लागि अनेक तत्व कारकका रुपमा देखा पर्दछन् । मेरो विचारमा पहिलो पक्ष भनेको शिक्षक नै हो । जो प्रत्यक्ष शिक्षण सिकाईको गतिमा जिम्मेवार हुन्छ र हुनुपर्छ । शिक्षकले आफ्ना विषयवस्तुमा जिम्मेवार हुने, नियमित अपडेट हुने र सो कुरालाई विद्यार्थीमा हुबहु लागु गर्ने प्रयास मात्रै गर्ने हो भने पनि धेरै सुधार हुन सक्ने देख्छु म । त्यस्तै अर्को पाटो भनेको अभिभावक हो ।जो आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाइदिएकोमा आफ्नो कर्तव्य पूरा भएको सम्झिन्छन् । आफ्ना बालबालिकाहरुको दैनिक पढाई र सो बारेमा थोरै मात्रै चासो राख्दिए पनि शैक्षिक उपलब्धी हासिल हुन निकै फाइदा पुग्छ ।


त्यस्तै अर्को पाटो र महत्वपूर्ण बाटो भनेको नियमनकारी निकायको पनि हुन आउँछ । त्यो भनेको स्थानीय प्रशासन अर्थात् राज्य हो । राज्यले नियमित रुपमा आफ्नो मातहतका विद्यालयहरुका ‘प्राइज्’ र ‘पनिष्ट’ को विधि अपनाएर ‘मोनिटरिङ्ग’ गर्नुपर्ने आवश्यकता छ ।
लगानी गरिदिएर मात्रै आफ्नो दायित्व पुरा भएको भन्नु नै राज्यपक्षको कमजोरी हो । लगानी गरेपछि त्यसको प्रतिफल प्राप्त नहोउन्जेल निरन्तर मूल्याङ्कन नगर्नु अहिले राज्यको कमजोरी हो ।
शिक्षकहरुले आफ्नो हकहितका लागि गरेको राजनीतिको प्रभाव पनि एक हद्सम्म विद्यालयको सिकाई उपलब्धीमा परेको छ । कतिपय विद्यालयमा राजनीतिका लागि आफ्ना सबै अन्य दायित्वलाई भुल्ने शिक्षकहरु भएको कारणले पनि सिकाई उपलब्धीमा बाधा पुग्ने गरेको सत्यतालाई मैले स्वीकार्नु पर्छ । तर सबै राजनीतिका कारणले मात्रै बिग्रियो भन्नु पनि सान्दर्भिक हुँदैन ।


म पनि मेरो शैक्षिक सेवा अवधिमा नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष सम्म हुने अवसर पाएँ । त्यो बेला मैले राजनीतिका लागि विद्यालय तथा समग्र शैक्षिक व्यवस्थापनका लागि कस्तो कर्तव्य वहन गरेँ, त्यसलाई दुरुपयोग गरें या सदुपयोग गरें भन्ने कुराको जवाफ मेरो समाजले दिनेछ । मेरो शिक्षा सेवा समीक्षाको वकालत गर्ने जिम्मेवारी यही समाजको इजलासमा सुम्पिएको छु ।

बाँकी भिडियोमा…

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

होटेललाई आवश्यक पर्ने दक्ष्य कामदार व्यवस्थापनको सवालमा यो बजेट मौन छ

Next Post

थप २०१ जनामा कोरोना पुष्टि,कुल २३०० पुग्यो संख्या

Next Post
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

थप २०१ जनामा कोरोना पुष्टि,कुल २३०० पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.