संसारभर आफ्नो उपस्थिति देखाइ सकेको कोरोना माहमारीको कारण विश्व जगत् आक्रन्त छ । संसारलाई चौतर्फी रुपमा एकै पटक हमला गर्न सफल यो माहमारीले यो लेख तयार पर्दा सम्म ६२ लाख ७४ हजार १ सय ३६ जना मानिसलाइ संक्रमित बनाएको छ भने यो माहमारीसँग २६ लाख ९३ हजार ९ सय ९५ जना मानिसले यसमाथि विजय प्राप्त गरिसकेका छन् । यसैको कारण ३ लाख ७५ हजार ७ सय ११ जना मानिसहरुले मृत्युवरण गर्नु परेको छ । नेपालमा यसका संक्रमित संख्या १ हजार ८ सय ११ जना पुगेका छन् । त्यस्तै निको हुनेको संख्या पनि २ स ११ पुगिसकेको छ । नेपालमा यस माहमारीको कारण मृत्यु हुनेको संख्या समेत ८ जना पुगिसकेको छ ।
नेपालका धेरै जिल्लामा फैलिसकेको यो माहमारीले त्रसित नागरिकहरु न्यूनतम रुपमा आवश्यक पर्ने स्वास्थ सामग्रीको अभावले झनै आक्रन्त छन् । बिना हतियार संसारलाई हराएर आफ्नो एकछत्र राज गर्न सफल यो महामारीले विकसित भनिएका मुलुकको अर्थतन्त्रलाई समेत धरासायी बनाएको छ । हाम्रो जस्तो मुलुकलाई त दशकौँ पछाडि धकेलि दिएको छ । मुलुकको सबल अर्थतन्त्र बिना व्यवस्थित स्वास्थ्य सेवा सम्भव छैन । यो माहमारीको कारण विश्व जगतले आफ्नो ध्यान स्वास्थ्य सेवामा केन्द्रित गरिरहँदा यसैको अर्को पाटोलाई समयोचित रुपमा अगाडि बढाउन नसक्दा परिस्थिति झनै बिग्रदै गएको यतार्थ हाम्रो सामु छर्लङ्ग छ ।
ज्ञान् र विज्ञानले चरम विकास भएको आजको युगमा समेत सातौँ महिना बितिसक्दा समेत माहमारी नियन्त्रणको उपाय सामाजिक दूरी कायम गर्दै घरभित्रै बस्ने भन्दा बाहेक केही हुन सकेन । यस्ता खाले उपायले मानिस रोगबाट बाँचिहाले पनि भोकबट मर्ने संभावना प्रबल बन्दै गहिरहेको छ । साँच्चै भन्ने हो भने नागरिक तातो तावा र तातो भुङ्ग्रो मध्य कुनमा बस्ने भन्ने विकल्प रोज्न बाध्य छन् । विकल्प जे रोजे पनि आखिर पोल्ने त शरिरै हो ।
यस लेखमा उठान गर्न लागिएको विषय भनेको आव. २०७७–०७८ को बजेटले मुलुकको विकासमा अग्रिणी भूमिका खेल्ने साना तथा मझौला खालका होटल व्यवसायीहरुमा के कस्तो प्रभाव पार्न सफल भयो भन्ने हो । यो बजेटले मुलुक सहज परिस्थितिमा हुँदा दीर्घकालीन रुपमा हुने प्रभाव राम्रो छ । मुलुकमा पर्यटन विश्वविद्यालय खोल्ने कुरा होस् कि माध्यामिक तहदेखि माथि पर्यटन विषयको पठनपाठन को कुरा होस् आफैँमा राम्रा छन् । हिमाल पहाड तराई जुनसुकै ठाउँमा संभावित पूर्वधारको विकास गरि मुलुकलाई होटल तथा पर्यटन मैत्री बनाउने योजना सकरात्मक कदम हुन् । अझ आन्तरिक पर्यटन प्रवर्धनको लागि संगठित र निजी क्षेत्रका कर्मचारीहरुलाई देश दर्शन गराउने कार्यक्रम मुलुक विकासको पर्याय जस्तै छ । आन्तरिक खिचातानीबाट अलग्गिएर कार्यान्वयन भएको खण्डमा उल्लेखित कुरा स्वागतयोग्य छन् ।
स्वभावैले साना तथा मझौला व्यवसायीले लिने कर्जा भनेको सदस्यीता जमानिमा सहकारी, समूह जमानीमा लघुवित्त र व्यक्तिगत जमानीमा व्यक्तिबाट लिने हो ।
यति हुँदाहुँदै पनि यो बजेट मुलुक जटिल परिस्थितिमा रहेको बखत साना तथा मझौला खालका होटेल तथा पर्यटन व्यवसायीको लागि फलदायी हुन सकेन । आशातीत् नजरमा बजेट वक्तव्य सुन्न बसेका व्यवसायीको मुहारमा खुशी ल्याउन सकेन । अर्काको घर जग्गा भाडामा लिएर व्यवसाय संचालन गर्दै आएका साना तथा मझौला व्यवसायीहरुको लागि आकासको फल सावित भएको छ । व्यवसायी लक्षित गरेर ल्याएको सहुलियतपूर्ण कर्जाको दायरामा पर्न धितो जमानिको मापदण्ड पूरा गर्न नसक्ने साना व्यवसायीलाई बैकिङ्कर्जा र पुनः कर्जाको के उपलब्धि । स्वभावैले साना तथा मझौला व्यवसायीले लिने कर्जा भनेको सदस्यीता जमानिमा सहकारी, समूह जमानीमा लघुवित्त र व्यक्तिगत जमानीमा व्यक्तिबाट लिने हो ।
यसरी व्यवसाय धान्नेका लागि यो बजेट सारथि हुन सकेन । साना तथा मझौला खालका व्यवसायीका लागि व्यवसाय धित्तो राखेर पाँच वर्षको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकेको भए केही हदसम्म राहत हुने थियो । घरभाडाको बारेमा बोलेको सरकारको कार्यन्यनको पाटो फितलो हुँदा निर्णय मजाक बनेको छ । प्रतिकूल परिस्थितिमा आएको यो आ.व.को बजेटले यसतर्फ ध्यान दिन सकेन । साना तथा मझौला खालका होटेललाई आवश्यक पर्ने दक्ष्य कामदार व्यवस्थापनको सवालमा यो बजेट मौन छ ।
दैनिक आय आर्जनबाट जिविकोपार्जन गर्ने व्यवसायीले खाली हात घर जग्गा धनीलाई ताला चावी जिम्मा दिएर बाहिरिनु पर्ने अवस्थाले मुलुकको हित हुन सक्दैन । बेलैमा सचेत बनाँै । याद् रहोस् व्यवसाय रहे मात्र व्यवसायी रहन्छन, व्यवसायी रहे मात्र समुन्नत मुलुक रहन्छ ।
मुलुकको ढुकुटी निर्माणमा सहयोगीसिद्ध यस्ता खाले व्यवसायले आफूलाई बेरोजगार हुनबाट मात्र बचाएका छैनन् । मुलुककै बेरोजगारी समस्या केही हद्सम्म हल गर्न सहयोगी सिद्ध भएका छन् । समुन्नत राष्ट्र निर्माणमा आफूलाई आफ्नो क्षेत्रबाट समाहित गरेका होटल तथा पर्यटन व्यवसायीले केही हद्सम्म भएपनि देशलाई युवा बिहिन हुनबाट जोगाएका छन् । मुलुकको व्यस्त सहरदेखि दूरदराजका गाउँ बस्तीसम्म उत्पादक र उपभोक्तालाई जोड्न मद्धत गर्ने यस्ता खालका व्यवसायीहरु आज आफ्नो अस्तित्व र कृषि हुने नहुने धामा छन । सगैका साथीले ब्यवसाय बाट अलग्यिको हेर्न बाध्य भएका केही व्यवसायीहरु व्यवसायबाट पलायन हुने तयारीमा छन् । यो मुलुककै लागि दुर्भाग्यपूर्ण छ । दैनिक आय आर्जनबाट जिविकोपार्जन गर्ने व्यवसायीले खाली हात घर जग्गा धनीलाई ताला चावी जिम्मा दिएर बाहिरिनु पर्ने अवस्थाले मुलुकको हित हुन सक्दैन । बेलैमा सचेत बनाँै । याद् रहोस् व्यवसाय रहे मात्र व्यवसायी रहन्छन, व्यवसायी रहे मात्र समुन्नत मुलुक रहन्छ ।
(लेखक, होटल तथा पर्यटन व्यवसायी महासंघ, महोत्तरीका सचिव तथा गौरीशंकर होटल एण्ड लज, बर्दिबासका सञ्चालक समेत हुन् । प्रधान सम्पादक)





