जेठ २४, जनता भ्वाइस संवाददाता, रामेछाप
निलकण्ठेश्वर मावि कठजोरले चालु शैक्षिक सत्रमा रोकिएको विद्यालयको पठनपाठन नयाँ रणनीतिका साथ संचालन गर्ने भएको छ । करिब साँढे २ महिना लामो समयदेखि कोराना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा रहेको अवस्थामा ठप्प रहेको विद्यालयलाई पुर्नसंचालन गर्नका लागि मन्थली नगरपालिका भित्र नै निलकण्ठेश्वर माविले नयाँ रणनीति सार्वजनिक गरेको हो ।
आगामी असार १ गतेबाट कार्यगत रुपमा नै लागु हुनेगरी संचालन गरिने र सो रणनीतिलाई जेठ २५ गतेदेखि नै लागु गरिने रणनीतिले सो विद्यालयको नियमित पठनपाठन हुने सक्ने सम्भावना देखिएको छ ।
विद्यालयले बनाएको रणीतिका बारेमा प्रष्ट पार्दै विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले भने, ‘प्रथमतः हामीले विद्यालयको तल्लो कक्षादेखि माथिल्लो कक्षासम्मका बालबालिकाहरुका लागि आवश्यक पाठ्यपुस्तकको व्यवस्था गर्नेछौं । त्यो सँगसँगै अभिभावकहरु सँग फोनमार्फत समन्वय गर्ने सोच बनाएका छौं ।’
निलकण्ठेश्वर माविले चालु शैक्षिकसत्रका लागि बनाएको रणनीतिमा अभिभावक शिक्षाको पनि विषयलाई प्रमुख रुपमा उठाएको छ ।
बाँकी भिडियोमा…