Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वन्यजन्तुको लागि खानेपानीको पोखरी

Kumar Shrestha by Kumar Shrestha
June 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
वन्यजन्तुको लागि खानेपानीको पोखरी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ २४, जनता भ्वाइस संवाददाता, रामेछाप

भनिन्छ मान्छे स्वार्थी प्राणी हो । काम, क्रोध, लोभ, मोह र माद्सर्य हरेक मान्छेमा हुन्छ । कतिपय मान्छेले आफ्नो बारेमा भन्दा अरुको बारेमा कहिल्यै सोच्दैन । यो प्रवृत्ति पशुवत् हुन्छ । तर त्यो भन्दा फरक, मान्छे आफ्ना लागि मात्रै सोच्दैन, मानछेभन्दा बाहेक पशुप्राणीहरुका लागि पनि सोच्ने गर्दछ ।
यो प्रसंग रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ को मन्थली मावि भन्दा केही माथि सानीमदौ सामुदायिक वनको जग्गामा बन्दै गरेको पोखरीको प्रसंग हो । यहाँहरुले देखिरहनु भएको यो निर्माणाधिन पोखरी जीव जन्तु तथा चरा चुरुङ्गीका लागि बनाउन लागिएको हो ।
मन्थली आफैंमा सुख्खा ग्रस्त क्षेत्र हो । काखैमा तामाकोसी बेरोजगार बगिरहेको भएता पनि उचित सोचका कारणले यो तामाकोसीले रोजगारी पाएको छैन । स्रोत अर्थात् लगानीको अभाव छैन, बस्, यो कुरा उचित व्यक्तिको दिमागमा उचित समयमा सोचको रुपमा आउने हो भने तामाकोसी नदीले पनि रोजगारी पाउँछ ।


बागमती प्रदेश वन निर्देशनालय हेटौंडाको ६ लाखको आर्थिक सहयोगमा यो पोखरी निर्माण हुँदैछ । मुख्य सडकबाट करिब १ किलोमिटर भित्र बन्न लागेको यो पोखरीमा ५५ हजार लिटर पानी संचय हुने साहयक भू संरक्षण अधिकृत फत्तबहादुर तामाङ्ले जानकारी दिएका छन् ।
वन निर्देशनालय हेटौंडाको आर्थिक वर्ष २०७६–०७७ को स्वीकृत वार्षिक कार्यक्रम मार्फत ६ लाखको सहयोगमा बन्न लागेको यो पोखरी रामेछाप जिल्लामा नै पहिलो हो । यस्तै प्रकृतिको पोखरी रामेछाप नगरपालिकाको रामपुरमा पनि बन्दै गरेको हुनाले यिनै पोखरीहरु नै जिल्लाको पहिला पोखरीहरुका रुपमा देखिन्छन् ।
सामान्य बुट्यान जंगल भएपनि सानीमदौ सामुदायिक वनमा चितुवा, मृग, स्याल, बाँदर, मलसाँप्रा, खरायो लगायतका बन्यजन्तुहरु रहेका छन् भने काग, मयुर, तित्रा, कालिज, ढकुर लगायतका पंक्षीहरु यो जंगलमा बसोबास गर्ने गर्दछन् । यिनै जीवजन्तुहरुलाई पानी पिलाउनको लागि यो पोखरीको निर्माण भएको हो ।


हिउँदको समयमा पानी पिउनको लागि वन्यजन्तुहरु खोला किनारमा झर्नुपर्ने र त्यस्तो अवस्थामा वन्यजन्तुहरु सिकारीको फन्दामा परी मारिने भएका कारण पनि यो पोखरी बनाउनु परेको सानीमदौ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तथा पोखरी निर्माण पक्षका अगुवा युवराज सुवेदी बताउँछन् ।
सुवेदीको भनाइ अनुसार यो पोखरी निर्माणाधिन भएको अवस्था रहेको ले यसको छिटो भन्दा छिटो निर्माण सम्पन्न गराई ७ दिन भित्र उनीहरुलाई पानी खुवाइसक्ने लक्ष्य रहेको बताउँछन् ।
पहिलेको समाजका मान्छेहरु सार्वजनिक हितका लागि विभिन्न आवश्यक ठाउँमा धारा, कुवा, इनार, पाटी, पौवा जस्ता संरचनाहरुको निर्माण गर्दथे । त्यो समयमा सामाजिक भावको राम्रो सोचको विकास भएको थियो । तर पछिल्लो समयमा मानिसमा स्वार्थ र उग्र महत्वकाँक्षाको कारणले पनि यस्ता कुनै पनि संरचनाहरुको विकास हुन नसकिरहेको अवस्था छ । झन पशुपक्षीहरुका लागि यतिसम्म सोच्नु त आजका मान्छेको कल्पना भन्दा पनि बाहिरको कुरा हो । तर त्यसको ठिक उल्टो युवराज सुवेदी र सानिमदौ सामुदायिक वनले पशुपंक्षीका लागि गरेको यो कार्यको जति प्रसंशा गरे पनि कम हुने देखिन्छ ।

वन्यजन्तुका लागि बनाइएको पोखरीको सन्दर्भमा मन्थलीका शिक्षा सेवी गुन्जबहादुर श्रेष्ठको धारणा सकारात्मक हरेको छ ।
युवराज सुवेदीले ७ दिन भित्र वन्यजन्तुलाई पिउने पानीको व्यवस्था गरिसक्ने बताए पनि वन निर्देशनालय हेटौंडाका साहयक भू संरक्षण अधिकृत फत्तबहादुर तामाङ आफूहरुले थालेको यो काम असार १० गतेभित्र निर्माण सम्पन्न गरी असारको १५–१६ भित्र यसको फरफारक समेत टुङ्ग्याउने बताउँछन् ।
हाल निर्माणको चरणमा रहेको यस पोखरी मानव वस्तीबाट टाढा रहेको छ । पोखरी भन्दा करिब १ किलोमिटर टाढा बाट मूल सडक गएको छ, त्यसैले पनि यो ठाउँ वन्यजन्तुहरुका लागि पानी पिउन उचित समेत रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विद्यालय संचालन गर्न कठजोर स्कुलको नयाँ रणनीति (भिडियो सहित)

Next Post

यो मालिक गणतन्त्र

Next Post
यो मालिक गणतन्त्र

यो मालिक गणतन्त्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.