Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार द्वारा श्रेष्ठ सम्मानित

नारायण थापा by नारायण थापा
December 18, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार द्वारा श्रेष्ठ सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७८ बाट पत्रकार युबराज श्रेष्ठ सम्मानित भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २२ औं स्थापना दिवसको अवसरमा युबराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिज रामेछापले प्रत्यक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार वितरण गर्दै आएको छ ।
श्रेष्ठलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन ।


श्रेष्ठ विगत १५ वर्ष देखी पत्रकारीतामा क्रियाशील रहदै आएका छन् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष समेत रहेका श्रेष्ठ पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष समेत हुन । श्रेष्ठ न्युज २४ टेलिभिजनका जिल्ला सम्बाददाता, झंकार एफ एम ९७.५ मेगाहर्ज र मेरोप्रदेश डट.कमका प्रबन्ध निर्देशक समेत हुन् ।
समाज रुपान्तरणमा महत्वपुर्ण भुभिका निर्वाह गरेको संस्थाको आन्तरिक मुल्याङ्कनको आधारमा २२ औं स्थापना दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए । प्रदेश उपाध्यक्ष समेत रहेका श्रेष्ठले जिल्ला शाखामा रहेर समेत महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष श्रेष्ठको भनाई छ ।


कार्यक्रममा खाडाँदेवी गाउँपालिका अध्यक्ष तामाङले फोनिजले पत्रकारहरुको अन्य संगठनहरुले भन्दा नयाँ र फरक काम गरेर देखाउनुपर्ने बताए । अब पत्रकारहरुले लेख्ने सामाचार खोजमूलक हुनुपर्ने भन्दै फोनिजमा आवद्ध पत्रकारहरुले खोजमूलक पत्रकारिता गरेर फरक पहिचान बनाउनुपर्छ अध्यक्ष तामाङले भने ।
गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले पत्रकारहरुले सही कुरालाई विश्लेषण गरेर समाचार मार्फत नागरिकलाई सुसूचित गराउनु पर्ने बताए । उपाध्यक्ष श्रेष्ठले खोजमूलक पत्रकारितामा जोड दिन फोनिजमा आवद्ध पत्रकारलाई आग्रह समेत गरे । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले फोनिजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारले पत्रकारहरुलाई थप क्रियासिल बनाएको बताए । नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस सेन्टर रामेछापका संयोजक निरोज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७८ वितरण तथा चियापान कार्यक्रम फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । (फोनिज) रामेछापले पत्रकार सुमित श्रेष्ठको सहयोगमा स्थापना गरेको अक्षयकोष मार्फत हरेक वर्ष एक जना आदिवासी जनजाति पत्रकारलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

प्रहरी जवान पदको नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ

Next Post

रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

Next Post
रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...