Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीको गालञ्जोर गाउँपालिकाका ३ स्वयंसेविका सम्मानित

Kumar Shrestha by Kumar Shrestha
December 6, 2023
in जनता स्पेसल, ब्यानर समाचार, स्वास्थ्य
0
सिन्धुलीको गालञ्जोर गाउँपालिकाका ३ स्वयंसेविका सम्मानित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गोलञ्जोर गाउँपालिकाले उत्कृष्ट स्वयंसेविका सम्मानित गरेको छ । गाउँपालिकाले उत्कृष्ट तिन जना स्वयंसेविकाहरू लाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएको थियो साथै उपहारमा करुवा समेत प्रदान गरेको थियो ।
स्वस्थ पालिका निर्माणमा स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहने गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शंकर राज बरालले बताए । सबै भन्दा पहिले नागरिक स्वस्थ रहन जरुरी रहेको र नागरिकलाई स्वस्थ राख्न स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको अध्यक्ष बरालले बताए । स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गाउँपालिकाबाट गरिदिने योजना ल्याएको समेत अध्यक्ष बरालले बताए । गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्था सम्म पु¥याए बापत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात बापतको रु ४ सय उपलब्ध गराउने समेत अध्यक्ष बरालले घोषणा गरे ।
स्वास्थ्यकर्मी र स्वस्थ स्वयंसेविकाकाकारण गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताए । उपाध्यक्ष बरालले स्वास्थ्य कर्मीहरूको प्रशंसा समेत गरे ।
२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराले जानकारी दिए । “हामीले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेका थियौँ । सो अवसरमा वडा नम्बर ४ का स्वयंसेविकाहरू प्रथम भएका छन् । त्यस्तैगरी वडा नम्बर ३ दोस्रो र वडा नम्बर २ तेस्रो भएको छ । उनीहरूलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद द्वारा सम्मान समेत गरेको छ ।“ कार्यक्रमको अध्यक्षता गरेका प्रमुख प्रशासकीय अधिकृत पैकराले भने ।
पालिकाको सातै वडाबाट सहभागी स्वास्थ्य स्वयंसेविका लगायत कार्यक्रममा सहभागीहरू विभिन्न सन्देशमूलक ब्यानर बोकेर ग्वालटार बजार समेत परिक्रमा गरेका थिए ।
कार्यक्रममा जिल्ला रेडक्रसका सभापति गौरभ कार्की, सिड्स नेपालका प्रतिनिधिहरू, पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, गाउँपालिकाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विद्यालय, स्वास्थ्य केन्द्र र अध्ययन केन्द्रमा वडाको इन्टरनेट

Next Post

सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु

Next Post
सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु

सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.