चैत,२३,
विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार बिनानै मृत्युवरण गर्नु परिरहेको छ । घरबाट निस्कियो कि ज्यान दाउमा छ जो कोहीको ।यो भयावह अवस्थाका कारण नेपाल पुरै लकडाउनको अवस्थामा छ ।
यो बेला राजनीतिक दलको भागबण्डा लगाउने भन्दा पनि नेपाली नागरिकलाई विपतबाट बचाउनध्यान जानु आजको आवश्यकता हो ।
दुई ठुला शक्तिशाली राष्ट्रहरुको बिचमा रहेको नेपाल पनि त्यो परिस्थितिबाट टाढिएको छैन् आज सम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि नै भैसक्यो । अझै यो परिस्थिति कस्तो बन्छ? त्यो भोग्न बाँकी छ । यो अवस्थाबाट बाच्न र बचाउनको लागि नेपाल सरकारको यो तयारीले कति दिन सम्म कोरोना संक्रमणलाई थेग्न सक्ला ? विभिन्न निर्देशन र निर्णयहरु दैनिक जसो आउने गरेका छन् । यसै परिस्थितिमा नेपालका प्रमखु राजनीतिक दल पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, प्रतिपक्षी दलका नेताहरु के-के गर्दै छन् ।
सामजिक संजालबाट जस्ताको तस्तै,
नेपाली नागरिकले यो बेला सम्पुर्ण राजनीतिक दलहरू मिलेर यो महामारीबाट छुटकारा दिलाउन् भन्ने चाहन्छन् । देशमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने किट धेरै छैन भनेर संचार माध्यममा आई रहेको छ । यसको लागि सबैले पहल गरौँ । देश विदेशमा रहेका गैर आवासिय नेपाली संघसँग समन्वय गरौँ । सम्पुर्ण सहयोगी राष्ट्र सँग सरसल्लाह लिउँ । यो बेला राजनीतिक दलको भागबण्डा लगाउने भन्दा पनि नेपाली नागरिकलाई विपतबाट बचाउनध्यान जानु आजको आवश्यकता हो ।