Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज जौको सातु खाने दिन,पूर्ण रूपमा पौष्टिकता प्राप्त हुने

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in जनता स्पेसल, स्वास्थ्य
0
आज जौको सातु खाने दिन,पूर्ण रूपमा पौष्टिकता प्राप्त हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १४,

काठमाडौं :  वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया आज। भुटेको जौको पीठो (सातु) सक्खर पानीको सर्वत पिएर र छाता जुत्ता दान दिएर अक्षय तृतीया पर्व मनाइँदैछ। तर कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित हुने भएको छ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार सातुले पूर्ण रूपमा पौष्टिकता प्रदान गर्ने र गर्मीमा सर्वतले शीतलता प्रदान गर्दै शरीरमा ऊर्जा दिन्छ। यो पटक अधिकांश सर्वसाधारणलाई सातु पाउन सजिलो हुनेछैन। गर्मीयामभरि नै सातु सर्वत खानु राम्रो हुन्छ तर मधुमेहका रोगीले भने यो खान नहुने वैद्यको सुझाव छ ।

सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीकाअनुसार योग, ध्यान, न्यास गर्ने सात्विकले सातु सर्वत खाँदा निकै राम्रो हुन्छ। सनातन प्रचलनअनुसार माघमा घिउ चाकु, साउनमा कर्कलो, सक्खरखण्ड पिँडालु, असारमा खीर, दही च्यूरा जस्ता पर्व मनाई खाइने यी पदार्थले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नाले यस्ता भोजन खाने पर्व मनाइएको अधिकारीले बताउनुभयो ।

यो दिन महादेव र पार्वतीको विवाह भएको पावन दिनका रूपमा लिइन्छ। साधुसन्त, ब्राह्मण, दीनदुःखीलाई गरिएको दान र शुभकार्य क्षय हुन्न भनिन्छ।

कोरोना प्रभावको बन्दाबन्दीले गर्दा दाताले यो दिन सातु सर्वत भोजन गराउन राखिएका गुठीबाट सातु सर्वत वितरण नहुने भएको छ। पशुपति गुठी गोश्वारा कार्यालयले पशुपति परिसरमा र गुठी संस्थानले राजगुठी अन्तर्गतका मुलुकका सबै देवस्थलमा सातु सर्वत वितरण गर्दै आएको थियो। पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले मानिसको जमघट गराउन नहुने भएकाले सातु सर्वत वितरण हुन नसक्ने बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा घनश्याम खतिवडाले यो दिन कोषको स्थापना दिवस परेको भए पनि वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अझै तीन दिन मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

Next Post

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

Next Post
र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.