Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वसन्त ओली वसन्तीका ४ गजल

Kumar Shrestha by Kumar Shrestha
May 21, 2020
in साहित्य
0
वसन्त ओली वसन्तीका ४ गजल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
  • गजल १
  • कसैको पछि मुस्कान मेरो पछि भय लागेर हो ।
    कोही मेरो बनेन माया अभिनय लागेर हो ।
  • गजलका सन्तान सेरहरु बिदामा केही भेटिन्छ्न्
    अरुदिन भेटिदैनन् सायद विद्यालय लागेर हो ।
  • वर्षौ देखी थला पर्दा पनि आजसम्म जिउँदैछु
    मेरो दुर्गम वस्तीमा काल आउन समय लागेर हो ।
  • खुशीको मूल शब्द थेँ चोटको व्युत्पन्न शब्द बनेँ
    मेरो खुशीमा पीडै पीडाको मात्रै प्रत्यय लागेर हो ।
  • छोराले सोध्यो – बा त्यसपछि किन पढ्नु भएन ?
    जवाफमा भनेँ -गरिबी भन्ने बिषय लागेर हो ।

  • गजल २
  • यता कसै-कसैको असाध्यै सम्झना भयो
    सम्झना बाडुल्की बन्यो र उता सूचना भयो
  • विकास तीब्र गतिमा दौड्दैछ भन्नुहुन्छ
    हाम्रोमा आएन त कहाँ दुर्घटना भयो ?
  • उनको माया म कहाँ आउँदै गर्दा सकिन्छ
    कसरी आमा र उनको मायामा तुलना भयो?
  • पछाडिबाट भएपनि प्रथम त भएँ सोच्दैछ
    जो चार जनाको प्रतिस्पर्धामा सान्त्वना भयो
  • प्रगती गर्नुछ भने अफ्ठ्यारोमा याद गर्नू
    पहाडबाट हाम फाल्दा खोलो झरना भयो
  • अस्ति वसन्तसँग थियौ आज शरदसँग छ्यौ
    ऋतु १ तिम्रो बानी बेहोरा मलाई चेतना भयो

  • गजल ३
  • हामीलाई चिन्ताले जिउँदै चिताले मरेपछि जलाउँछ
    पालो चिन्ताको काल अघि चिताको कालपछि आउँछ
  • यति अनुभव प्राप्त भएछ हरेक काम कुरामा छोरो
    त्यस्तो हैन यस्तो हो भनेर आफ्नै बाबुलाई सिकाउँछ
  • हामी कामलाई ओछ्याउँछौ कामकै माथि निदाउँछौ
    बरु फाली काम गर्दै जान्छ हलो जुवाभित्र निदाउँछ
  • धिप -धिप गरेर बल्दैछ मेरी आमाको दिलको दीयो
    नसोच्नुहोला पीडाको सानो हुरीले पनि निभाउँछ
  • बन्चरोले बिँड बनाउन रुखसँग रुखको औँला माग्यो
    भोलि बन्चरोसँग मिलेर औँलाले रुखको शीर छिनाउँछ

  • गजल ४
  • चर्को भएछ बाबु कारबाही गर्नुपर्छ, अब नुन माथि
    पुग्दैन भनेर यसरी आमाले पानी थपिन्, तिहुन माथि
  • तिम्रो प्रेम आएर मेरो दिलको छेउमा ,टाँस्सेर बस्यो
    मलाई त्यो बेला लाग्यो घाम आएर बस्यो, बिस्कुन माथि
  • गल्ती गर्ने एउटा सजाय पाउने अर्को, भनेको यही हो
    मेरो खुट्टा तान्ने गरिन्छ हात हाल्ने गर्छु ,जुन-जुन माथि
  • बाले घरमा सानी आमा ल्याएर राखे ,आमाले सहिनन्
    तीखो काँडा राखे जस्तै भयो हावा भरेको, बेलुन माथि
  • बर्षौ सम्म मेहनत गर्दा गर्दै पनि, हजार बन्न सकिन
    तिमीले पनि प्रेम लगानी गर्न सकिनौ, चानचुन माथि

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनकोशी नदिमा बेपत्ता एकको शव भटियो

Next Post

आज कोरोनालाइ जितेर ४ जना डिस्चार्ज

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

आज कोरोनालाइ जितेर ४ जना डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.