- गजल , रामकृष्ण आचार्य
- आउन त तिमी फूल भमरा सामू आए झैॅ यार आयौ,
महिनवारी भा’को बेला रहर बोकी यहाॅ बेकार आयौ।। - घाम अस्ताएर जून उदाउने बेलामा पनि केही नहुॅदा,
लाग्छ, पाठक सामू पढ्नै नमिल्ने गरी अखबार आयौ। - भन्थे सोचेको पुग्न कि त तक्दिर कि त खप्पर हुनुपर्छ,
मलाई लाग्छ मेरो भाग्यको पनि तिमी ड्राइभर हुनुपर्छ।।
जब तिम्रो त्रीशुलीमा सधै गाडी खसेको खबर सुन्दा,
तब लाग्छ तिमी भित्रै तिम्रो जवानीको नहर हुनुपर्छ।।
मुक्तक
चाहन्छौ के अझ तिमी चोखो प्यार दिदा पनि
पहिचानको शिर काटी सिङ्गो आधार दिदा पनि
व्यर्थ किन गर्छौ यात्रा कोठा देखि कोठीसम्म
यौवनको रस चुस्न लगातार दिदा पनि
- हो, यो सन्देश हो, प्यार बिर्सने हरुमा।
दश सेकेन्डको लागि संसार बिर्सने हरुमा। - बिछ्यौना सजिव भए के हुन्थ्यो होला?
हरेक रात – रात परोपकार बिर्सने हरुमा।।





