Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उज्ज्वल उजागर गौतमका रुचाईएका ५ गजल

जनता भ्वाइस by जनता भ्वाइस
May 22, 2020
in साहित्य
0
उज्ज्वल उजागर गौतमका रुचाईएका ५ गजल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
  • गजल १
  • बधाई दिंदै एक पटक ओलि त्ंलाई
    गजल बाटै चुनौती दिन्छु मोदी त्ंलाई
  • खुकुरी को धार ले रेट्नु भन्दा पहिला
    अन्तिम चेतावनी छ एक चोटी त्ंलाई
  • लिपुलेक कालापानी सुरुवात मात्र हो
    अब पच्दैन माहाकाली कोशी तलाई
  • रुमाल फैलाएर भिक्षा दान माग बरु
    के चाहिन्छ दिउंला नि ए लोभी त्ंलाई
  • दम्भ नगर आज धेरै त्ं रावण बनेर्
    थुक्ने छ ईतिहास ले भोली त्ंलाई
  • गजल २
  • यि आँखा मा तिम्रा याद अब कम बनाउछु
    म आँसु घोलेर शराब नरम बनाउछु
  • मध्यरात मा पोल्दा छाती तिम्रो सम्झनामा
    म बिटुलो प्याला लाई नै मल्हम बनाउछु
  • तिमी रोप्छु मात्र भन न प्रेम को बालि
    म आफ्नै आँखा मा असार झम झम बनाउछु
  • तीम्रा नाभी कुन्ड को त्यो मसी चोपेर प्रिया
    म एक दिन मेरो गजल लेख्ने कलम बनाउछु
  • यो गजलकारलाई देउ तिम्रो श्रीङार को जिम्मा
    म गजलको गाजलले ति नयन निलम बनाउछु
  • गजल ३
  • कसैले यो दिल लाई चिरा चिरा बनाईदिए
    अनी ओखती भनि कसैले फेरी मदिरा बनाईदिए
  • खरानी बन्नु भन्दा अगाडी नै निभ्ने चाहना भो मेरो
    जब मान्छे ले त्यो कोइला बाट हिरा बनाई दिए
  • पुतली को साथी बनी म यो आकाश मा उडिदिन्थे
    यो भगवानले मलाई यहाँ झुसिल किरा बनाईदिए
  • जसले त्यो टिम्मुर र मरिच लाई एउटै देखे नि
    हरे शिव यो धनीया लाई पनि जिरा बनाईदिए
  • कैयौ रत्नाकर लाई म बाल्मिकी बनाई सक्थे
    यो उज्ज्वल लाई यो धर्ती मा धमिरा बनाइदिए
  • गजल ४
  • फिर्ता त्यही बट्टा मा मुटु दिन सक्छु
    तिम्रो गुलाफको सट्टा मा मुटु दिन सक्छु
  • माया कती गर्छौ भनि नजिस्क्याउ मलाई
    कुनै दिन ठट्टै ठट्टा मा मुटु दिन सक्छु
  • तिम्रा हात का स्पर्श गराई रहन्छौ भने
    खेल्न तिम्लाई गट्टा मा मुटु दिन सक्छु
  • जुन दिन मेरो दिल बाट अवकाश लिन्छौ
    तिम्लाई पेन्सन पट्टा मा मुटु दिन सक्छु
  • ताजमहल बन्छ भने हाम्रो प्रेमनिशानीको
    म त्यो ईट्टा भट्टा मा मुटु दिन सक्छु
  • नुहांउदा तिम्रो पिना मा नै बसाउने गरि
    त्यो तोरी पेल्ने घट्टा मा मुटु दिन सक्छु
  • गजल ५
  • धन छ त आफ्नो पन छ यस्तै छ जिन्दगी
    पैसा भए मात्र जिवन छ यस्तै छ जिन्दगी
  • जन्मदिनमा छोरालाई मोबाईल दिएकोछु
    ब्यालेन्स सकिदा सम्झन्छ यस्तै छ जिन्दगी
  • आगोले चुल्हो बाल्छ जिवन चलाउछ यहाँ
    आगोमै चिता दन दन छ यस्तै छ जिन्दगी
  • कैयौ ति पत्थरलाई कुटेर मुर्ती बनायो
    अझै अछुत मेरो घन छ यस्तै छ जिन्दगी
  • डुबेरै पहिचान मेटाउछु भन्दा पनि यहाँ
    लाश पानीमा उत्रन्छ यस्तै छ जिन्दगी
  • उज्ज्वल उजागर गौतम

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनालाई जितेर २१ जना डिस्चार्ज : ७० पुग्यो संख्या

Next Post

विद्यालय खोल्न हतार नगरौँ

Next Post
विद्यालय खोल्न हतार नगरौँ

विद्यालय खोल्न हतार नगरौँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.