गीत – १
सुरिलो रुख मान्छेको दुख कल्ले नि बुझेन
सिमसिमे पानी आँखाको नानी किन रुझेन
मनको बह कल्ले पो सुन्छ देउताले बोल्दैन
सुसेली हाली बोलाको मैले तैपनि बोल्दैन
दिलको ढोका खोलेर राखे आँउछ कि भनेर
पर्खीमा बसे दोबाटो कुरी उसैलाई सम्झेर
सुरिलो रुख………………
रातैमा फुल्ने पारिजात फूल दिनमा फुलेन
जीवन जिउने रङ्गिन सपना कहिले भुलेन
सजाई राखे मनको मन्दिर आउँछ कि भनेर
पर्खीमा बसे चौतारी कुरी उसैलाई सम्झेर
सुरिलो रुख……………….
गीत- २
फूल होईन रहेछ फुलाएछु काँडा
अमर माया भत्केर भएछ डाँडा
कहालीलाग्दो यो जवानी रैछ
न प्रेम गर्यौ न माया भर्यौ
निराशी संसार चढाएर गयौ
आखिर जिउनु त एक्लै छदैछ
माया बढाएर बनायौ गाढा
फूल होईन ……………
निशाना तिम्रो मन मन्दिर रैछ
न पूजा गर्यौ न दियो बाल्यौ
उजाड बगर बनाएर गयौ
आखिर एक्लै जिउनु त छदैछ
सपना उडाएर बनायौ छाडा
फूल होईन ………….
चितामा जल्ने यो जुनी रैछ
न जल्न सक्यो न जलाउन सक्यौ
जिवानको पर्दा हटाएर गयौ
आखिर मर्नु त एक्लै छदैछ
सलामी उठाएर बनायौ टाढा
फूल होईन ……………
धन योन्जन
दोरम्बा रामेछाप