कविता १. प्रश्न
सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलोमोलिलो
र तागतिलो सरकारले नै खानु
सरकार भन्छ ‘फेस टु फेस भएर पढाउने स्थिति नै छैन’
‘जुम वा गुगल मिटबाट कक्षा सञ्चालन गनर्’ु
कठैबरा सरकार !
जनताका हातमा सोर सयको मोबाइल समेत छैन
कहाँबाट नेट कक्षामा सामेल हुनु
सरकार भन्छ —
‘अब कोरोना समुदायमा फैलियो
सरकारी अस्पताल र भेन्टिलेटर भरिए
आफ्नो सुरक्षा आफैँ गर्नु’
जनताको सुरक्षा त भगवान्ले गर्छन्
बरू नेताज्यूहरू —
हजुरहरको सुरक्षा चाहिँ आफैँ गर्नु
उखानै छ —‘बाहिर बानिएको गाईलाई चितुवाले पनि खाँदैन’
‘खोरभित्रका जोर खसी छानीछानी बाघले लैजान्छ’,
सरकार भन्छ –‘समयमै कर तिर्नु’
जनता भन्छन् –‘अब त हामीलाई निचोरे गुहू र काटे रगत आउँछ’
भए पो तिर्नु नभए कताबाट छिर्नु ?
अहिले सबै कुराको लकडाउन भए पनि
यी र यस्ता प्रश्नहरूको लकडाउन भएकै छैन
कोसँग सोधौं यी प्रश्नहरू
महिनौंदेखि म उत्तर खोजिरहेछु ।
??
कविता २. अभिसप्त
नाकाम
नालयक
नासमझ
र नादान यो समय
जसले हिजो पउल आस देखायो
जसले हिजो धेरै विश्वास देखायो
आज फनक्क तीनसय चौँसठ्ठी डिग्री फर्किएर
आफ्नो विरानो नचिन्ने भएको छ
यो समय आफूखुसी हिँड्ने साइँदुवा भएको छ
हिजो रगत माग्यो
हिजो विचारलाई भुटेर
मानिसलाई उसको पछिपछि हिँड्ने पिछलग्गु पनि बनायो
आज अचाडु भएको छ
आज आफ्नु मात्र हेर्ने स्वार्थी भएको छ,
कहिलेदेखि सिक्यो हँ !
समयले पनि छेपारालेझैँ रङहरू फेर्न ?
??