अनिता थापा मगर-बालकथा
म कक्षा ७ मा पढ्थे त्यतिबेला । म मात्रै १३ बर्षको थिए । त्यो दिन मलाई अझै पनि थाहा छ शुक्रबारको दिन थियो । म स्कुलबाट टिफिनमा नै घर आए बहिनी भाइ दुबैजना आइसकेका थिएर र आमाले बनाइदिनुभएको खाजा मकै भटमास खादै थिए । भाइ बाख्रा चराउन गयो खाजा खाएर । बैनि पानी लिन गइ अनि दिदि त्यतिबेला मामाघर जानुभएको थियो । आमा भने खेत खन्नको लागी जानुभएको थियो । म भर्खर स्कुलबाट आएकोले भाइबैनी सबै गएपछि खाजा खाए । खाजा खादाखादै आमाले दलिनमा झुन्ड्यिाउनुभएको झोला देखे । हेर्न मन लाग्यो अनि हेरे । त्यहा पसलको चावी भेटे । म खुसी भए पसलको सामान चोरेर खान पाउने भए भनेर ।
पसलको चावी खोले । एक कार्टुन चाउँचाउँ निकाले अनि बिष्कुट ,चक्लेट पनि निकालेर भकारीमा लुकाए । मैले जति सक्दो त खाए । बाकी त्यहि राखेँ ।त्यसपछि डोको बोकेर घासँ काट्न गएँ । डोकोमा पनि लिएर गए । जति साथीहरुलाई भेटेँ, सबैलाई बाडेँ ।
म दोधारमा परे । अलिअलि डर पनि लागेको थियो । सामान चोरेर खाए भने आमाले गाली गर्नुहुन्छ भन्ने , तर यो मन त हो। त्यो बेला मलाई लामो हात गर्न मन लाग्यो अथवा पसलको चावी खोलेर पसलको सामान चोरेर खान मन लाग्यौ । पसलको चावी खोले । एक कार्टुन चाउँचाउँ निकाले अनि बिष्कुट ,चक्लेट पनि निकालेर भकारीमा लुकाए । मैले जति सक्दो त खाए । बाकी त्यहि राखेँ ।त्यसपछि डोको बोकेर घासँ काट्न गएँ । डोकोमा पनि लिएर गए । जति साथीहरुलाई भेटेँ, सबैलाई बाडेँ ।
बेलुका घर फर्कदा आमा आइसक्नुभएको रहेछ । आमा एकदमै आखा रातोरातो अनि ठुलठुलो पारेर कराइरहनुभएको रहेछ । मलाइ एकदमै डर लाग्यौ ।
मैले सोधे आमा के भयो किन कराउनुभएको ?
आमा रिसले आज चावी यहि राखेको कुनचाँहिले चाउँचाउँ एक काटुन नै निकाले छ । अरु सामान पनि निकालेछ ? त्यसो भन्दा भन्दै भाइ बहिनी पनि आए ।
त्यहा हल्ली खल्ली भयो । मेरो मन एकदमै डराएको थियो । मैले पहिले पनि पसलको सामान चोरेको थिँए । तिमिले चोरेको हो भनेर सोध्नु भयो आमाले । मैले मौन बसेर मुन्टो मात्र हल्लाए । आमाले मुस्कुराउदै भन्नु भयो-” यसरी लामो हात गर्नु हुन्न । चोरी गर्नु नराम्रो काम हो । तिमीलाई खान मन भएको भए मलाई भनेर खान सक्थ्यौनी । यसरी चोर्ने बानीले असल मान्छे लाई पनि खराब मान्छे बनाउँछ । गाउँ घरका मान्छेले चोर हो भन्छ । थाहा छ ? यसरी चोरी गर्दा प्रहरीले समातेर लैजान्छ । धेरै पिट्छ। जेलमा पनि राख्छ ।”
तिमिले जतिनै पढाइमा जान्ने अनि जतिनै बोल्न सक्ने भए पनि यस्तो लामो हात गर्ने बानीले सफल बन्न सक्दैनौँ।त्यसैले यस्तो बानीलाई सँधैका लागि टाढा राख्नु पर्छ । आमाको यो कुराले मेरो मनमा अनेक कुरा खेल्न थाल्यौ ।
म आमाको कुरा सुनेर चुपचाप बसेँ । म बेलुका एक्लै रोए । खाना खान मन लागेन । त्यो दिन आमा संग माफी माग्ने आट नै आएन । भोलिपल्ट बिहानै उठेर हिम्मत गरेर आमा सँग माफी माँगे । आमाले मुस्कुराउदै भन्नु भयो – ” तिमिले जतिनै पढाइमा जान्ने अनि जतिनै बोल्न सक्ने भए पनि यस्तो लामो हात गर्ने बानीले सफल बन्न सक्दैनौँ। त्यसैले यस्तो बानीलाई सँधैका लागि टाढा राख्नु पर्छ । आमाको यो कुराले मेरो मनमा अनेक कुरा खेल्न थाल्यौ । मैले हस् आमा म सुध्रिनेछु अब यस्तो काम कदापी गर्दिन बाचा गरे भने ,आमा निक्कै खुसी हुनुभयो । अरु जे भए पनि आमाले दिनुभएको सन्देश कदापी गलत हुदैन । आमा सधै प्रेरणाकी स्रोत हुन्छिन । आमाको हरेक कुराले हाम्रो जिबन परिवर्तन हुन्छ ।त्यस दिन देखि मैले चोरी गरिन । आमाको मन कहिल्यै दुखाईन ।