कविता ।
म यो एकान्तमा
निस्केको मसिनो भाइरस हुँ
कसैले मेेरो नाम किरोना राखिएको छ
मलाई सुनसान पनि मन पर्छ कोलाहल पनि
म एकबाट सजिलै अनेक हुन सक्छु
मलाई तर्साउने क्रियाकलाप पटक्कै नगर
म सँग मायाँ पलाउने मुटुहरु छैन ।
हजारौं लासहरु माथी
करोडौंको संख्यामा वृद्धि भैसकेको छ
हावाको एकै झोक्काले संसार डुल्न सक्छु
मलाई सानोतिनो सुइहरुले घोच्ने चेष्टा नगर
किनकी मलाई मान्छेको मृत्युहरु मन पर्छ ।
अो..! वैज्ञानिक युगका विद्वान मान्छे
खैत तिम्रो रोबर्ट बनाउने चेतनाको मेसिन.?
कहाँ लुक्यो तिम्रो विश्व थर्काउने बहादुर.?
कहाँ लग्यो सयौ माइलको दुरिमा
निसाना लगाउने भयानक क्षेप्यास्त्रहरु.?
मैले विश्व यात्रा गरीसक्दा पनि
भेट्टाउन सकेन यस युगको असली मानव
मलाई कमजोर वस्तु सँग तुलना नगर
म सानो भन्दा सानो भाइरस हुँ
विश्वलाई च्यालेन्ज दिने योद्धा हुँ
वास्तवमा, यस युगको बादशाह हुँ ।
कवि स्वास्थ्य क्षेत्रमा कार्यरत मरिण गाउँपालिका-३ बरुण बागमती प्रदेश सिन्धुलीका स्थायी बासिन्दा हुन् ।