चैत,२७
गोकुलगंगा गाउँपालिकाले आफ्नो अनुगमन तिब्र पारेको छ । बिहिबार गाउँपालिका प्रमुख तथा उपप्रमुखको टोली स्वास्थ्य चौकीहरूको अनुगमनमा खटिएको पालिकाकी उप-प्रमुख राधिका श्रेष्ठ नेवारले जनता भ्वाइसलाइ जानकारी दिनु भयो ।
उहाँका अनुसार पालिकामा रहेको स्वास्थ्य चौकी, हेल्थ डेस्कहरूमा बिरामी कति छन् र उनिहरूको अवस्था कस्तो छ, भनेर बुझ्नका लागि आज अनुगमन कार्यक्रम राखिएको हो ।
पालिकाले दिएको जानकारी अनुसार गोकुलगंगा हस्पिटलमा ११ बेडको , जट्टेश्वरी माविमा ५ बेडको र हरेक वडामा ३ बेडको क्वारेन्टाईन बनाईएको छ भने ५ बेडको आइसोलेसन कक्ष तयार पारिएको छ ।
पालिकाले विदेशबाट आउनेको डाटा संकलन तथा सतर्कताका लागि खिम्ती छेउको छतिवनमा २ जना प्रहरी तथा २ जना स्वयम् सेवक समेत खटाएको छ । पालिकामा हाल सम्म विदेशबाट आउनेको संख्या ३७ पुगेको छ ।
उनिहरू सबै होम क्वारेन्टाईनमा बसेका छन् । साथै पालिकाले १० लाखको कोरोना कोष समेत स्थापना गरिसकेको छ ।