Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कन्यादान राहत

Kumar Shrestha by Kumar Shrestha
April 12, 2020
in फिचर, साहित्य
0
कन्यादान राहत
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter


मुटु काम्ने अचाक्ली जाडो अनि ठिहिर्याउने सिरेटो । आठ साल  मुनिका ३ जना लालाबाला, कान कम सुन्ने चार-बिस काटिसकेकी बृद्द आमा अनि आखा कम देख्ने साढे-चार-बिस नाघेका बुवा सहित सात जनाको त्यो संयुक्त परिवार । 

दिन भरी पर्म तिरो तिरेर ‘टिम्मुरबोटे भुर्तेल काइला’ को खेतबाट फर्केर बृद्द बाउ आमा अनि चल्ला-चल्लीको मुखमा माड आउन चम्के ओदानमा तोरीको साग ओइरेर भुङ्रो अलि ओर्तिर तानेर ढिडो नपाकुन्जेल केटाकेटी अल्मलाउन उनले ३ गेडो आलु पोल्न हालेकी छिन अनि सानी छोरीको पेटमा थोरै नौनी घ्यु ले सेक्दै थिइन खिनौरी भने मानबिरे चाही ‘बिट भाच्चिएको कालो कराही’ मा दाबिलोले मकैको ढिडो ओढाल्दै थिए ।

एकै छिन है ! डाठले दुख दिएर भैसी छटपटिइ रहेको रहेछ, म घुर बालेर आउछु अनि भात-सात खाइ सकेर पानी छम्किदिम्ला”

घरका सबै लालाबालाहरु भित्र अगेनीमा आमाले भात पकाइ रहेको चुल्हो निर आगो ताप्दै थिए । बाजे-बज्यै चाही चिम्टाले आलु छोपेको भुङ्रो चलाउदै  “हैन कस्तो चिसो बढेको त्यसका बाजे, यो माघले खान्छ कि क्या हो हामिलाई” चिन्ता जाहेर गरे । “मर्दैनौ-मर्दैनौ ड्याम्म मण्डी ओडेर बस न, टेन्सेन नगर के  तिमारु ।” मानबिरेले मस्काउदै गरेको दाबिलोले पाक्नै लागेको ढिडो फ्यात-फ्यात हान्दै आमा बाउ दुबैलाई हौसला दियो ।  

“गोट्टी कत्ती मुख बाउछ ! हैन ए शुक्रेका बाउ ! जाउ त झट्टै भैसी गोठा , ड्वा.. ड्वा..गरिराछ, चितुवाले खान नसक्या डाम्ना, कत्ती चिच्याउछ, एक भारी घास हालेर भित्र छिर्दैछु भर्खरै, घुर्यानमा कुकुर पनि भुक्दै छ किन होला छिटो जाउ त” आखा अगाडी झरेको कपाल कान पट्टी सिउरिदै खिनौरी फत्फताउछिन । मानबिरे स्वास्नी सँग – “ एकै छिन है ! डाठले दुख दिएर भैसी छटपटिइ रहेको रहेछ, म घुर बालेर आउछु अनि भात-सात खाइ सकेर पानी छम्किदिम्ला” भन्दै सम्पतीको नाममा रहेको एक मात्र जिनस त्यो बकेर्नो भैसीको पिरलोले उठ्यो र भुसुना उपिया धपाउन धुवा सल्काएर भित्र आइ खाना तयार नहुन्जेल घरायसी गन्थन गर्दै थिए ।  

भुसुना धपाउन बालेको त्यो धुवा बिस्तारै बीस्तारै सल्किदै जादा मानबिरे माझीको गोठमा आगो दनदनी दन्कियो, गोठ र भैसी मात्र होइन पुरै घर समेत सल्किएर सबै राखन-धरन , झिटी गुन्टा सखापै भयो ।


कारीब साझको पौने आठ बजेको हुदो हो । भुसुना धपाउन बालेको त्यो धुवा बिस्तारै बीस्तारै सल्किदै जादा मानबिरे माझीको गोठमा आगो दनदनी दन्कियो, गोठ र भैसी मात्र होइन पुरै घर समेत सल्किएर सबै राखन-धरन , झिटी गुन्टा सखापै भयो । धन्न घरका मान्छे हरुलाई चाही केहि हुन पाएन । सबै जना हत्त न पत्त बाहिर निस्कन सकेकाले एकसत्यले बाचे ।  
भोकाएका त्यी लालाबाला बाउ आमा अनि बाजे बज्यै चिच्याएको सुनेर झन ठुलो स्वर ले रुन कराउन लागे । खबर दस गाउ फैलियो, सबैले थाह पाए । गाउले हरु निमेश भर मै जम्मा भए तर आगो ठुलो भएकोले हो कि, खै किन हो पानी र सोत्तर  उठाउनु पर्ने ठाउमा मोबाइल निकालेर कसैले लाईभ भिडियो खिचे भने कसैले रेकर्ड मात्र गर्ने भिडियो । प्रायजसोको हात मोबाइलमा नै थियो । जम्मै खरानी भए पछी गाउलेहरु पनि सबै आ-आफ्नै तिर लागे । 


भोको पेट , माघको चिसो, रुदा रुदा मिर्मिरे भयो, भाले बास्ने बेलामा आखाको बिश मार्न एकै छिन झमक्क पार्न मात्र के लागेका  थिए, दुध पुर्याउन डेरी जादै गरेकाहरुले गफिदै हिडेको आवाजले उनिहरु ब्युझिए । कलेटी परेका ओठ , ढाडिएको पेट, ब्युझना साथ भक्कानिदै थिए उनिहरु । 
उता चिया पसलमा अघिल्लो साझको त्यो आगलागी कै बिसयमा समिक्षा हुँदै थियो । घटनास्थल बाटै फेसबूकमा हालेका भिडियो र गरेका लाईभले सायद ‘गोडा आठेक सय लाईक’ र “ओ. एम. जि….. सो स्याड न्युज “ जस्ता कमेण्ट आइसकेका थिए भने बिहान भैसक्दा पनि मानबिरेको परिवार तोरीको ज्यागल्ट र कुसौरो भित्र भक्कानिदै भोकै थिए । 

उता गाउका मुखिया पनि चिया पसल मै आएका थिए तर उनले दस मिनेट दुरीको घटनास्थलमा त्यहाँ गएर सान्त्वना दिनलाई सकेनन किनकि उनको मोबाइलमा चार्ज रहेनछ फोटो खिच्नका लागी । दिउसो लगभग ३ बजे तिर बजारबाट ‘पेट्रोलको खर्च्, चिया नास्ता सिर्शकमा राम्रै सोधभर्ना


उता गाउका मुखिया पनि चिया पसल मै आएका थिए तर उनले दस मिनेट दुरीको घटनास्थलमा त्यहाँ गएर सान्त्वना दिनलाई सकेनन किनकि उनको मोबाइलमा चार्ज रहेनछ फोटो खिच्नका लागी । दिउसो लगभग ३ बजे तिर बजारबाट ‘पेट्रोलको खर्च्, चिया नास्ता सिर्शकमा राम्रै सोधभर्ना गरिदिने’ सर्तमा कबोल गरी डाकेका यु टुब्बे पत्रकार अनि फेसबूके समाजसेवी सहितको टोलीको लाबालस्कर लिएर मुखिया आइपुगे सो डडेको घरमा अनि प्रताडित हरुलाई एकै ठाउमा झुरुप्प बस्न लगाए ।

सबैभन्दा पहिला आफ्नो दलको इतिहास देखी बर्तमानमा आफुले मुखिया भएपछी गरेका कामको फेहरिस्त बयान सहितको कोणसभा अनि राहत औचित्यको एकाध लामो भाशण गरे पस्चात घरको सबैभन्दा बृद्द र सबैभन्दा सानालाई अगाडी बसालेर हास्न लगाए ङिच्च ङ्च्च्, अनि टेक नमिले पछी फोटो हेर्दै पुन दात देखाउन लगाइ बितरण गरे केहि पुरिया चाउचाउ र २ पाकेट भुजा । ठुला मान्छेहरुले भनेपछी मानबिरेका परिवारले पनि गरे त्यस्तै, जस्तो उनिहरु चाहन्थे । 

देख्ने सबै ले ‘वा ! सलाम त्यी परोपकारी हात’ भन्दै कमेण्ट गरे भने कती ले ‘महान कार्य’ को सङ्ज्ञा दिए । केहि बेर पस्चात अर्को आस्था राख्ने दलको युवा दस्ता उहि पूर्ववत दल कै शैलीमा आए र सोही गरी केहि पुरिया थमाएर गए

आएका सबैजना यु टुब्बे पत्रकार अनि फेसबूके समाज सेवीको जत्था सबैले सकेसम्म बितरण हुँदै गरेको पुरिया छुने कोसिस गरे अध्यपी जमात ठुलो तर पुरिया सानो भएकोले सामान नै छुन नमिले तापनी एकले अर्कोलाई छोएरै ठ्याक्कै कन्यादान दिए झै समाते त्त्यो केहि पुरिया राहत । अनि प्रदान गरी नसक्दै हाले फेसबूकको भित्तोमा । देख्ने सबै ले ‘वा ! सलाम त्यी परोपकारी हात’ भन्दै कमेण्ट गरे भने कती ले ‘महान कार्य’ को सङ्ज्ञा दिए । केहि बेर पस्चात अर्को आस्था राख्ने दलको युवा दस्ता उहि पूर्ववत दल कै शैलीमा आए र सोही गरी केहि पुरिया थमाएर गए ।

अनि सम्झदै  गणना गरे कि, त्यस दिन भरीमा कती पटक दात देखाउदै  कती चोटी ङिच्च ङिच्याउन लगाएको भनेर

साझ सम्ममा आधा दर्जन दल निकट ठुलाबडाहरु आएर राहत बितरण गरेर गए । साझ पख उनिहरुले ग्रहण गरेका राहतको सबै पोको खोले , जहाँ सबै जम्मा पार्दा ५ किलो चिउरा , १० ओटा चाउचाउ अनि ६ पाकेट भुजा थियो । अनि सम्झदै  गणना गरे कि, त्यस दिन भरीमा कती पटक दात देखाउदै  कती चोटी ङिच्च ङिच्याउन लगाएको भनेर । चाउचाउको सङ्ख्या भन्दा बढ्ता त दात देखाउन लगाएको त्यो ‘फोटोसूटको टेक’  सङ्ख्या यकिन गर्दै घर डडेको भन्दा पनि मजबूरीको अवस्थामा इज्जत माथीको खेलले मन डडेकोमा झन भक्कानिदै थिए मानबिरे माझीका परिवार । 

निर्मल घिमिरे । बालगङ्गा हरिवन – १० सर्लाही
हाल- जापान

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

Next Post

कोरोना : हामी नेपालीमा तेस्रो आँखा खुलोस्, बेइमानी र विश्वासघात एकादेशको कथा भइदेओस्

Next Post
कोरोना : हामी नेपालीमा तेस्रो आँखा खुलोस्, बेइमानी र विश्वासघात एकादेशको कथा भइदेओस्

कोरोना : हामी नेपालीमा तेस्रो आँखा खुलोस्, बेइमानी र विश्वासघात एकादेशको कथा भइदेओस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.