कोरोना विशेष अन्तर्वार्ता
(लामो समय निजामति सेवामा रही राष्ट्रसेवा गर्ने धीरकुमार श्रेष्ठरूचिले आधुनिक आख्यानकार हुन् । उनका बालसाहित्य र प्रौढ साहित्यका गरी दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । उनले विद्यालय स्तरदेखि कलेज स्तर सम्मका पाठ्यपुस्तकहरू समेत लेखेका छन् । मधेश आन्दोलनको पेरिफेरिमा उनले लेखेको ‘घुर’ उपन्यास र साझा प्रकाशनबाट प्रकाशित ‘नजन्मिनु पर्ने मान्छे’ नामक कृति यिनका प्रतिनिधि कृतिहरू हुन् । करिब डेढ दसकदेखि उनको प्रधान सम्पादकत्वमा ‘शब्दाङ्कुर’ नामको साहित्यिक मासिक पत्रिका नियमित रूपमा प्रकाशित भैरहेको छ । हाल उनी देशले तोकेको बन्दाबन्दी (लक डाउन) को पूर्ण पालना गरी आफ्नो निवास मध्यपुर नगरपालिका स्थित लोकन्थली, मनहराफाँटमा रहेको घरमा बसेर राष्ट्रलाई सघाइरहेका छन् । लेखपढ, सम्पादन र अनलाइन कक्षाका तयारीबीच पनि वर्तमान कोरोना कहरलाई विषय बनाएर उनले हाम्रा शुभेच्छुक तथा कवि÷निबन्धकार पेशल आचार्यसँग लामो इमेल वार्ता गरेका छन् ।
प्रस्तुत छ : सोही वार्ताको सम्पादित अंश – सम्पादक जनता भ्वाइस)
आरामै हुनुहुन्छ ? यो बेला कहाँ र के गर्दै हुनुहुन्छ ?
आरामै छु अहिलेसम्म । सबैको आरोग्यको कामना पनि गर्छु । यसबेला भक्तपुरस्थित घरमै छु र बिहान अनलाइन कक्षा लिने, त्यसका लागि तयारी गर्ने, शब्दाङ्कुरको सम्पादन गर्ने र टुक्राटाक्री रचना गर्ने, समाचार सुन्ने र हेर्ने, चलचित्र हेर्ने आदि कर्ममै अलमलिएको छु । के गर्ने र के नगर्ने अलमलमै तालाबन्दीको २ हप्ताभन्दा बढी समय बितिसक्यो ।
कोरोनाका बारेमा विभिन्न चर्चा÷परिचर्चा र अफवाह पनि चलेका छन् यसका बारेमा विस्तृतमा बताइदिनुहोस् न । यो खासमा कस्तो रोग हो ?
मैले थाहा पाएसम्म यसभन्दा अघि पनि कोरोना भाइरसहरू थिए । तिनै कोरोना भाइरसले आफूलाई रूपान्तरण गरेर नयाँ रूपमा सन् २०१९ को डिसेम्बरमा बुहानमा देखा परेकोले यसको नाम नयाँ कोरोना भाइरस राखिएको हो ।
यसलाई ‘कोभिड १९’ भनियो । ‘को’ को अर्थ ‘कोरोना’,‘भि’ को ‘अर्थ’ र ‘डि’ को अर्थ ‘डिजिज’ हो । सन् २०१९ मा यसको सङ्क्रमण फैलिएको हुँदा १९ राखियो । बुहानमा पहिलोपटक यो भाइरस देखिएको भन्नेमा कुनै विवाद छैन ।
यसैले यसलाई ‘कोभिड १९’ भनियो । ‘को’ को अर्थ ‘कोरोना’,‘भि’ को ‘अर्थ’ र ‘डि’ को अर्थ ‘डिजिज’ हो । सन् २०१९ मा यसको सङ्क्रमण फैलिएको हुँदा १९ राखियो । बुहानमा पहिलोपटक यो भाइरस देखिएको भन्नेमा कुनै विवाद छैन । यो त्यहाँ लगेर फैलाइयो कि त्यहीँको वन्यजन्तुको अवैध बजारबाट फैलियो भन्नेमा दुईथरी मत छ । धेरैले चमेरो, सालक हुँदै यस भाइरसको सङ्क्रमण मानिसमा सरेको भन्ने छ ।
यो भाइरस जीवित हो कि निर्जीव भन्नेमा पनि दुईथरी नै मत छ । जे भए पनि यसले आफँै कुनै रोग फैलाउनेभन्दा पनि फोक्सोमा सङ्क्रमण गरेर श्वासप्रश्वासमा समस्या उत्पन्न गर्छ भन्ने छ । यसका साथै रोग प्रतिरोध गर्ने क्षमतामा पनि कमि ल्याउँदा यसको सङ्क्रमण भए पनि अन्य रोगकै कारण बिरामी मृत्युको मुखसम्म पुग्छ भन्ने छ । एउटा आसलाग्दो तथ्यचाहिँ के छ भने कोरोना सङ्क्रमण भएकाहरूमध्ये ३÷४ प्रतिशतको मात्र मृत्यदर छ । यसले गर्दा कोरोना सङ्क्रमण हुँदैमा मृत्यु भइहाल्छ भन्ने छैन । फेरि ८० प्रतिशत बिरामी उपचारविना पनि निको हुन्छ भन्ने छ ।
कोरोना किन धनी र शक्तिशाली देशमा बढी संक्रमणका रूपमा फैलियो ?
यो त वैज्ञानिक अनुसन्धानले भन्ने कुरो हो तर बजारहल्लाअनुसार उनीहरूको हुर्काइमा रोगप्रतिरोधी क्षमता बढाउने क्रियाकलाप हुँदैन भन्ने सुनिन्छ । वास्तविकता के हो ? त्यो भविष्यले बताउला । उनीहरूका बढेको सङ्क्रमण पनि छिटोभन्दा छिटो शून्यमा झरोस् भन्ने कामना छ ।
समग्र युरोप र अमेरिकालाई तवातवा पार्ने कोरोनाले दक्षिण पूर्वी एसियाका देशहरू नेपाल, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र भारतमा अपेक्षाकृत रूपमा किन कम संक्रमण भैरहेको देखिन्छ ?
यो एउटा सन्तोषको विषय हो । किनकि जतिसुकै भने पनि हामीसँग यसको सामना गर्ने क्षमता र तयारी कम छ । यो लुकाउनुपर्ने कुरो होइन । यसको पनि भविष्यमा अनुसन्धान होला र तथ्य बाहिर आउला नै । अहिले भने बजारहल्लाअनुसार भन्नुपर्दा यताकाहरूको हुर्काइमै रोग प्रतिरोधी क्षमता बढाउने क्रियाकलापहरू हुन्छन् भन्ने छ ।
यसले गर्दा यताकालाई हत्पति कुनै रोग लागिहाल्न पाउँदैन भन्ने छ । उदाहरणका लागि यताका केटाकेटीको बाल्यकाल सुविधासम्पन्न र स्वस्थ वातावरणमा हुर्किनेभन्दा पनि फोहोर र प्रदूषित वातावरणमा हुर्किने भएकाले रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ भन्ने छ ।
यसले गर्दा यताकालाई हत्पति कुनै रोग लागिहाल्न पाउँदैन भन्ने छ । उदाहरणका लागि यताका केटाकेटीको बाल्यकाल सुविधासम्पन्न र स्वस्थ वातावरणमा हुर्किनेभन्दा पनि फोहोर र प्रदूषित वातावरणमा हुर्किने भएकाले रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ भन्ने छ । धुलोमैलो र हिलोमा नाङ्गै लडिबुडी खेल्ने अनि सहरभरिको ढल मिसिएको पानीमा पौडी खेल्ने पुस्ताको अभाव अहिले पनि सभ्य भनाउँदो सहरमा छैन ।
कोरोना अवश्य पनि एक दिन नियन्त्रणमा आउला तर यो नियन्त्रणमा आइहाल्यो भने पनि समग्र विश्व अर्थतन्त्र कस्तो होला भन्ने ठान्नु हुन्छ ?
केही समय त अवश्य पनि नकारात्मक असर पर्छ नै । लाखौंको रोजगारी खोसिइसक्यो । अझ खोसिने छ । गरिब र गरिबी बढ्ने छ । यसले गर्दा आर्थिक क्रियाकलापमा मन्दी आउने निश्चित छ । जीवन अहिलेभन्दा कष्टकर अवश्य होला तर अहिलेको विश्व सानो गाउँमा परिणत भइसकेको र प्रविधिको उच्चतम् उपयोग गर्ने अवसर जिउँदै भएकाले चाँडै नै तङ्ग्रिन्छ भन्ने आसा गरेको छु । सबै संरचना र अवसरहरू यथावतै रहेको हुँदा अहिलेको क्षतिलाई पूर्ति गर्न लामो समय नलाग्ला । केवल कोरोना सङ्क्रमणको सम्भावना हटिसक्यो भए पनि उपचार तयार छ भन्ने शुभ समाचारको प्रतीक्षा बाँकी हो । त्यसपछि जुन विन्दुमा विकास रोकिएको हो त्यही विन्दुबाट शुरूहुन कुनै साइत पर्खिराख्नुपर्दैन । बुहानले पुुनर्जीवन पाउँदै गरेको भन्ने सुन्न पाउँदा त्यसको शुरूआत भइसक्यो कि भन्ने पनि लाग्छ तर आजै –चैत २७ गते) चीनका राष्ट्रपतिबाट त्यहाँ दोस्रो लहरको जोखिम देखिएको भन्ने सुन्न पर्दा मन चसक्क बिझ्यो ।
नेपालको सन्दर्भमा भन्दा न पूर्व तयारी नै थियो न अहिले चित्तबुझ्दो पाराले ¥यापिड् टेष्ट नै भैरहेको छ तर यस्तो अवस्थामा पनि नेपालमा भयावह स्थिति किन नदेखिएको होला ? के नेपालीहरूमा कोरोना पचाउने शक्ति या इमयुनिटी पावर नै हाइ भएर हो ?
बेलैमा लकडाउन हुनुलाई यसको श्रेय दिनुपर्छ । यस अवधिमा तीव्र रूपमा कोरोना परीक्षण हुनुपथ्र्यो । यो आजको आवश्यकता थियो । हामी भने अझै आवश्यक सामग्रीको जोहो गर्नमै अलमिएका छौँ । कोरोना सङ्क्रमण हुन थालि नै हाल्यो भनेचाहिँ हामीमा भएको इम्युनिटीले बढीभन्दा बढी पचाउन सक्ला तर सङ्क्रमण नै रोक्न सक्ने भन्ने त होइन नि । यस अवधिमा ¥यापिड टेस्ट गरेर सङ्क्रमितलाई अलग नगरी लकडाउन खोलियो भनेचाहिँ भयावह परिणाम आउन सक्ने सम्भावना छ । यस्तो नहोस् ।
कताकता लाग्छ, कोरोना सोरोनाको आँखा हामी धुस्रोफुस्रोतिर नपरेको पो कि ? यसका लागि धन्यवाद् दिन मन लाग्छ । भोलिका दिन पनि यस्तो होस् ।
नेपालको अर्थ व्यवस्था त्यसै त संघीयता कार्यान्वयनका सिलसिलामा अनावश्यक प्रदेशका लफडाहरूले बजेटको सत्यानाश भएको थियो अहिले झन् यो महामारीका अवस्थामा के ती प्रदेश देशका लागि घाँडा सावित भएनन् र ?
होइन, अहिले नाम मात्रको सङ्घीयताको प्रचलनतिर गइरहेका छौँ कि जस्तो लाग्न थाल्यो । महाकालीको सिमानमा आएका जनतालाई आफ्नै देशभित्र आउन दिन पनि केन्द्रको मुख ताक्नुपर्ने भएकोले यस्तो स्थिति आएको हो । लामो समय केन्द्रीकृत शासन भोगेका हामीलाई माथिको मुख ताक्ने बानी परेकोले यस्तो भएको हो । सबैको भूमिका निश्चित गरेर बेलैमा परिचालित भएको भए यस्तो स्थिति आउने थिएन ।
यो महामारीलाई यहाँ कुन रूपमा लिनु हुन्छ ? कतिले त विना हतियार लडिएको ‘तेस्रो विश्वयुद्ध’ पनि भनेका छन् । के बास्तवमा यो सुपरपावरहरूका बीच को ‘फष्ट’ हुने भन्ने लडाइँ नै हो त ?
अबको युद्धको रूप फेरियो भन्ने उद्घोष हो यो । अमेरिकाले इराकमा इरानका सेनापतिलाई क्षेप्यास्त्र प्रहार गरी मारेपछि तेस्रो विश्वयुद्धको घण्टी बज्यो भन्नेहरू धेरै थिए तर भएन । यसबाट अबको युद्ध नरसंहारका लागिहोइन, मानव र मानवता बचाउनका लागि हुन्छ । जसले विश्व मानव र विश्व मानवताविरुद्धको लडाइँमा विजय प्राप्त ग¥यो उही विश्वविजेता हुन्छ । हिजोसम्मका शत्रुराज्य पनि कोरोना सङ्क्रमण विरुद्धको युद्धमा सहयोग आदानप्रदान गर्ने अवस्थामा पुगेका छन् । यो परिस्थितिले सिर्जना गरेको अवसर हो ।
जर्मनीले कोरोनाजस्तो डरलाग्दो सङ्क्रमणको बिरामीलाई आफ्नो देशमा लगेर उपचार गर्छु भनिरहेको छ । आफ्नै देशको अवस्था नसम्हालिरहेको अवस्थामा यसो भन्नु नितान्त नौलो हो । सबैले आफ्नो ज्यानको मात्र चिन्ता गरिरहेको अवस्थामा दन्दनाउँदो आगोको ज्वालामा हात हाल्न खोज्नु भनेको चानचुने कुरो होइन ।
जर्मनीले कोरोनाजस्तो डरलाग्दो सङ्क्रमणको बिरामीलाई आफ्नो देशमा लगेर उपचार गर्छु भनिरहेको छ । आफ्नै देशको अवस्था नसम्हालिरहेको अवस्थामा यसो भन्नु नितान्त नौलो हो । सबैले आफ्नो ज्यानको मात्र चिन्ता गरिरहेको अवस्थामा दन्दनाउँदो आगोको ज्वालामा हात हाल्न खोज्नु भनेको चानचुने कुरो होइन । त्यसैले अब सुपर पावर हुने हिजोको अवस्थामा परिवर्तन आउने निश्चित छ, जस्तो लाग्छ । होइन र, आणविक शक्तिमार्फत सबैलाई जित्छु भन्ने हो भने अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने सबैले राम्ररी बुझिसकेका छन् । त्यसैले अब आणविक शक्ति केवल देखाउनका लागि हुने छ । अब सुपर पावर बन्न साँच्चै सुपर बन्नुपर्छ भन्ने सन्देश प्रकृतिले दिइरहेको छ ।
अब यो कोरोनाको अन्त्यपछि ‘कोरोना अघि र कोरोना पछि’ भन्ने मानकको विकास हुुन्छ भनेर केही मानिसहरू अहिलेदेखि नै चिच्याउन थालिसके के यो कु्रा साँचो हो त ?
हो, यसले मानव इतिहासमै एउटा कोसेढुङ्गा स्थापना गर्छ । ९० सालको भूकम्पले यही गरेको थियो । ७२ सालको भूकम्पले यही ग¥यो । पहिलो, दोस्रो विश्वयुद्ध आदिले यसै गरेका थिए । बुझ्नेलाई यो श्रीखण्ड हो ।
यो संक्रमणले संसारको मसिहा भनिने अमेरिकालाई नै किन यति आपतमा पा¥या होला ? प्लिज गतिलोसँग निष्पक्ष ढङ्गले विश्लेषण गरिदिनुहोस् न ।
अलिकता त हिजोको दम्भ छाड्न नचाहने र कायम राखिरहने जिद्दीका कारण हो कि जस्तो लाग्छ । बेलैमा लकडाउन गरेको भए अहिलेको भयावह स्थिति पक्कै आउने थिएन । उनीहरूसँग स्रोतसाधन पर्याप्त थिए तर बखत पर्दा तिनले पनि साथ दिन सक्दैनन् भन्ने बुझ्न ढिलो भयो । समयमा कमिलासँग पनि हात्तीले डराउनुपर्छ ।
संसारमा महामारीको शृङ्खला केकस्ता रहेका छन् ? तपाईंलाई यो नै त्यस्तो महामारी हो जो पहिलो र अन्तिम पनि हुन सक्छ जस्तो लाग्छ कि लाग्दैन ?
पहिलो र अन्तिम त हुँदै होइन । यसभन्दा अगाडि पनि प्लेग, बिफर, क्षयरोग आदि जस्ता बिरामीले सताएका थिए । हामी केटाकेटी छँदा क्षयरोग र बिफरको भ्याक्सिन हामीलाई रुवाईरुवाई दिएको सम्झना ताजै छ । हातखुट्टा चलमलाउन नदिई दिएका त्यस्ता भ्याक्सिनका कारण २÷३ दिनसम्म ज्वरो आउँथ्यो ।
यो बेग्लै कुरो हो कि त्यसबाट हामी प्रत्यक्षतः पीडित हुनु परेन र तिनले अहिलेको जति क्षति पनि गरेनन् । भन्नुको अर्थ, यसपछि पनि हामी र हाम्रा पुस्ताले विकासको गतिसँगै यस्ता महामारीहरू बेहोरिरहनुपर्छ ।
त्यतिबेला ज्वरो आउनु भनेको भ्याक्सिन सफल भएको मानिन्थ्यो । तिनको खत अहिले पनि हामीमध्ये धेरैका पाखुरा र नाडीमा सुरक्षित छन् । हाम्रै जीवनकालमा पनि एड्स, सार्स, मार्स, विभिन्न प्रकारका फ्लु, इबोला आदिको महामारी नसुनिएको होइन । यो बेग्लै कुरो हो कि त्यसबाट हामी प्रत्यक्षतः पीडित हुनु परेन र तिनले अहिलेको जति क्षति पनि गरेनन् । भन्नुको अर्थ, यसपछि पनि हामी र हाम्रा पुस्ताले विकासको गतिसँगै यस्ता महामारीहरू बेहोरिरहनुपर्छ । यिनैले मानवलाई सर्वश्रेष्ठ बनाउँछन् ।
कोरोना कहरपछि नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र शैक्षिक स्थिति कस्तो भएर जाने संभावना आंकलन गर्नु भएको छ यहाँले ?
यसपछि हाम्रो मानसिकतामा जकडिएर बसेको काइते कोरोना हटेर जाओस् भन्ने चाहन्छु जसले गर्दा सबै क्षेत्रमा नवीन सोच र परिणाम देख्न पाइयोस् । घटनाबाट शिक्षा लिने हो भने यो सम्भव छ तर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोचमा परिवर्तन आएन भने खासै आशलाग्दो परिवर्तन आउला भनी विश्वास गर्न सकिने सम्भावना कमै देखिन्छ । ‘जस्तो पर्छ त्यस्तै टर्छ’ भन्ने मानसिकतामा परिवर्तन आइदिएर चुनौतीलाई अवसरमा बदल्न सक्ने हो भने अब नयाँ नेपाल जन्मिन सक्छ ।
अहिले आएर यो भाइरस अमेरिकाका एक जानीमानी प्रोफेसरले चीनको बुहान युनिभर्सिटीमा गएर पैसा लिएर बनाएको भन्ने पनि समाचार अनलाइनहरूमा देखिन थालेका छन् । के यो भाइरस मानवनिर्मित जैविक हतियार नै हो त ? फेरि ‘अमेरिकी प्रोफेसर र चीनको विश्वविद्यालय’ यस्ता कन्टोभर्सी समाचार के फेक नै हुन् ? यहाँको भित्री मनले चाहिँ के भन्छ ? प्लिज ।
यस्तो नहुन सक्ने सम्भावना बढी छ । रिसको बेला जसले जे पनि भन्न सक्छन् ।
जैविक हतियारहरूको प्रयोग गरेर संसारका महाशक्तिहरू एकापसमा को ठूलो भन्ने अहम्वादी रोगले अघि नै बढ्या हुन् त ?
नहोला बरू मानवीय असावधानी र अवैधानिक क्रियाकलापका कारण कोरोना सङ्क्रमण मान्छेमा फैलिएको हो कि भन्ने आइरहेको छ । यस्तै होस् पनि । यसबाट मान्छेले शिक्षा प्राप्त गरून् र ठिक बाटोमा आऊन् ।
यो कोरोना महामारीको पटाक्षेप कसरी होओस् भन्ने कामना गर्नु हुन्छ यहाँ ?
अहिलेको अहिले यहीँनिर एक सेकेन्ड पनि ढिलो नगरी यही बेला कोरोनाको सङ्क्रमण शून्यमा झ¥यो भन्ने आधिकारिक समाचार सुन्न र हेर्न पाइयोस् । यो मेरो कामना हो । यस्तो नभए पनि चाँडोभन्दा चाँडो कोरोना सङ्क्रमणका विरुद्धको औषधि तयार भयो र यसको सहज उपलब्धताका कारण कोरोना सङ्क्रमितहरूको सङ्ख्या पल प्रतिपल ज्यामितीय गतिमा घट्न थाल्यो र मृत्युदरमा समेत उल्लेख्य कमि आएर शून्यमा झ¥यो भन्ने सुन्न पाइयोस् ।
नेपालमा भुइँचालो जान्छ केही स्वनामधन्य बुद्धिजीवीहरू भूकम्पविद् बनेर निस्किन्छन् र नेपालीहरूलाई ताई न तुईको अर्तीबुद्धि दिन्छन् अनि फेरि विश्वव्यापी कोरानाको महामारी नेपालमा पनि शुरूहुन्छ यसबेला पनि अर्काथरी स्वघोषित बुद्धिजीवीहरू कोरोना विशेषज्ञ बनेर निस्किन्छन् । के हो यो नेपालीहरूको मानसिकता ?
यो त राम्रो हो । परिस्थितिअनुसारका बुद्धिजीवी निस्किनु त राम्रो कुरो हो । यसले गर्दा नै सर्वसाधारणले विषयको जानकारी पाउँछन् । अहिले सबैले सबै विषयमा जानकारी राख्न सम्भव छैन । त्यसकारण यो नहुने हो भने सर्वसाधारणले ‘कुइराको काग’ हुनुपर्छ । जहाँसम्म तपाईंको प्रश्न हो स्वनामधन्य बुद्धिजीवीको, त्यसको निक्र्योल गर्ने जिम्मा जिज्ञाषुलाई छाडिदिँदा राम्रो हुन्छ कि ? किनकि सूचना र सञ्चारमा पहूँच नहुने मान्छे पाउन अहिलेको समयमा मुस्किल छ । त्यसकारण उनीहरूले थाहा पाइहाल्छन् कि कोचाहिँ वास्तविक बुद्धिजीवी हो र कोचाहिँ स्वनामधन्य ।
विश्व अर्थतन्त्र अबका दिनमा के हुन्छ ? सबै पाटालाई सूक्ष्म रूपले केलाइदिनुहोस् न ।
विश्व अर्थतन्त्र अब हिजोको जस्तो रहने छैन । नयाँ तरिकाले अगाडि बढ्ला भन्ने आशा छ । अब केवल आर्थिक विकास मात्र होइन मानव स्वास्थ्यको सुरक्षाका विषयमा पनि अर्थतन्त्रले चासो राख्दै अगाडि बढ्नुपर्ने आवश्यकता हुन सक्छ । नयाँ आर्थिक शक्तिहरूको उदय हुने सम्भावना छ । तिनले आफ्ना लागि मात्र नसोची विश्व अर्थव्यवस्थासँग जोडिएर अगाडि बढ्नुपर्ने हुन सक्छ ।
यो बास्तवमा मानवनिर्मित जैविक हतियार नै हो भने यसले आगामी दिनमा के संकेत दिन खोज्या हो ?
यो मानवनिर्मित जैविक हतियार हो वा होइन भन्नेमा थुप्रै समाचारहरू आए । ती समाचारहरूको निष्कर्ष थियो यो कोरोना भाइरस जैविक हतियार होइन । भोलि कसै न कसैले फेरि पनि अनुसन्धान गर्ला । त्यस्तो अवस्थामा यदि यो जैविक हतियार नै भएको पुष्टि भयो भने पनि यसले विश्वलाई अर्को सङ्कटतिर धकेलिरहेको हुनेछ जसले विश्व मानवतामा कलङ्क नै लगाउने छ । यसो भन्दै गर्दा ‘एन्थ्याक्रस्’जस्ता जैविक हतियार केही देशसँग छ भन्ने सुन्नमा आएको छ । यसको प्रयोग इराक युद्धताका गर्न खोजिएको थियो तर त्यसलाई समयमै नियन्त्रणमा लिइयो र ठूलो मानव विनाश हुन पाएन भन्ने पनि छ ।
संसारका २०८ देशहरूमा यो फैलिइसक्दा पनि तुर्कमेनिस्तान जस्ता केही देशमा यो संक्रमण नफैलिनुको रहस्य के होला त ?
तुर्कमेनिस्तानजस्ता देशमा कोरोना सङ्क्रमण नभेटिएको भन्नेभन्दा पनि सही सूचना सम्प्रेषण नभएको हो कि भन्ने शङ्का प्रकट गर्न थालिएको छ । उत्तर कोरियामा पनि कोरोना सङ्क्रमण भेटिएको छैन भनिन्थ्यो तर त्यहाँ पनि केही व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भन्ने समाचार चुहिएको छ ।
यो सङ्क्रमण विशेषतः मानिसबाट मानिसमा सम्पर्कका कारण सर्ने भएकोले यसले विपत्तिको रूप लिनुभन्दा अगाडि नै विश्वका अन्य भूभागसँग सम्पर्क टुटाएका कारण कोरोना सङ्क्रमण नफैलिएको हुन सक्छ ।
जे होस् कुनै देशमा कोराना सङ्क्रमण भएका व्यक्ति भेटिएको छैन भन्ने हो भने यो विश्व समुदायका लागि खुसीको कुरो हो । कसैले बेलैमा पूर्वसावधानीका उपायहरू अपनाएर यस समस्याबाट आफूलाई अलग राख्न सकेका हुन सक्छन् । यो सङ्क्रमण विशेषतः मानिसबाट मानिसमा सम्पर्कका कारण सर्ने भएकोले यसले विपत्तिको रूप लिनुभन्दा अगाडि नै विश्वका अन्य भूभागसँग सम्पर्क टुटाएका कारण कोरोना सङ्क्रमण नफैलिएको हुन सक्छ । साँच्चै नफैलिएको हो भने ती देशमा अब पनि नफैलियोस् भनी कामना गर्नु बेस होला ।
के पृथ्वीबाट मानव अस्तित्व लोप नै हुन लाग्या हो त ?
होइन, यसभन्दा अगि पनि यस्ता महामारीहरू फैलिएका थिए भन्ने इतिहास यसै अवधिमा पढ्न पाइयो । त्यतिबेला अहिलेभन्दा कैयौँ गुना बढी क्षति भएको थियो अरे । त्यतिबेला सूचना र सञ्चारको प्रभावकारी व्यवस्था नहुँदा ती क्षतिहरूले तत्कालै मानवलाई अहिलेको जति पीडित र दुःखित बनाउन पाएन । अहिलेचाहिँ समाचारको ओहोरदोहोर सेकेन्ड भरमा हुने हुँदा सबैलाई बढी चिन्तित बनाएको हो । भन्नुको अर्थ तत्काल आत्तिहाल्ने अवस्था छैन ।
हाम्रा पुर्खाले यस्ता चुनौतीहरू सामना गर्दै सभ्यतालाई यहाँसम्म ल्याइपु¥याएका हुन् । यो चुनौतीको पनि सामना गरेर हाम्रो पुस्ताले पछिल्ला पुस्तालाई अझ राम्रो विश्व दिने छ भन्नेमा विश्वास छ । यस्तो चुनौती भविष्यमा पनि देखा पर्ने छ जसको सामना त्यतिबेलाका पुस्ताले सहजै गर्ने छन् ।
हाम्रा पुर्खाले यस्ता चुनौतीहरू सामना गर्दै सभ्यतालाई यहाँसम्म ल्याइपु¥याएका हुन् । यो चुनौतीको पनि सामना गरेर हाम्रो पुस्ताले पछिल्ला पुस्तालाई अझ राम्रो विश्व दिने छ भन्नेमा विश्वास छ । यस्तो चुनौती भविष्यमा पनि देखा पर्ने छ जसको सामना त्यतिबेलाका पुस्ताले सहजै गर्ने छन् । किनकि उनीहरूसँग यस्ता समस्याहरू समाधान गरिएका इतिहास हुने छन् । यसैले कोरोना सङ्क्रमणकै कारण मानव अस्तित्व लोप हुन लागेको हुँदै होइन ।
यो वार्तामा हामीले सोध्न छुटाएका तर तपाईंले भन्नै पर्ने केही प्रसङ्गादि भए कृपया उल्लेख गरिदिनुहोस् न ।
अँ, यसले मान्छेमा सद्बुद्धि पलाओस् । हामी नेपालीमा तेस्रो आँखा खुलोस् । बेइमानी र विश्वासघात एकादेशको कथा भइदेओस् । छलछाम् र षड्यन्त्र नै बाठो हुनुको मानक नबनोस् । स्वच्छ र स्वस्थ पर्यावरण कायम होस्, वातावरण र समाज दुवैमा । यति भए पुग्छ ।