गजल,मैयाँ लामिछाने। सिन्धुली ।
यत्ती नाटक नगर्नुस् गरिबको घाउ बल्झिन्छ ।
जो श्रम शोषण गर्छ उहीँ शुभकामना दिन्छ ।
.
हामीहरु ढाड नसोझ्याई काम गरिरहँदा पनि
मालिक आदेश जायर गर्न कौसीमा उभिन्छ ।
.
पसिना र परिश्रमको अर्थ कसरी लगाउँ म
जो श्रमिक हो पहिला बोरा उसकै रित्तिन्छ ।
.
मैले सिटामोल किन्न नसकेर दाजु गुमाको हुँ
मालिकले आमाबा बाहेक सब कुरा किन्छ ।
.
मलाई लाग्छ जिन्दगीको अन्तिम बिन्दु घाट
धनीहरु भन्छन पैसा भए पछि सधैं बाँचिन्छ ।