Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनले रामेछापसहित सिन्धुली र दोलखामा मल अभाव

जनता भ्वाइस by जनता भ्वाइस
May 1, 2020
in राष्ट्रिय समाचार, समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख १९,

रामेछाप । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ नेत्रकालीस्थित नेत्रकाली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्धिमान स्याङतानका अनुसार नेत्रकालीमा मात्रै करिब ९०० बोरा मल आवश्यक पर्छ । किसानले सहकारीमा माग गरेका आधारमा बिहीबार मल लिन उनी गाडी लिएर सिन्धुलीस्थित कृषि सामग्री संस्थान कार्यालयमा पुगे । तर, कृषि सामग्री संस्थान सिन्धुली कार्यालयले भने लकडाउनका कारण पर्याप्त मल आउन नसकेको भन्दै उनले माग गरे जति मल दिएन।


उनले भने, ‘लकडाउनका कारण मल नै आएको छैन भनेर कार्यालयले मल नै दिएन।
उता किसानले मल मागेका मागै छन्।’ लकडाउनका कारण कृषि सामग्री संस्थान सिन्धुलीमा वीरगञ्जबाट पर्याप्त युरिया मल नआउँदा अभाव भएको छ। सिन्धुलीसहित रामेछाप र दोलखा जिल्लालाई आवश्यक मल वितरण गर्दै आएको कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउनका कारण मल आउन नसकेपछि मलको अभाव भएको हो।
तीनपाटन गाउपालिका–४ चकमकेस्थित शुभप्रभात कृषि सहकारी संस्थाका अध्यक्ष दिनानाथ घिमिरे पनि मागअनुसार सहकारीमा मल लिन कार्यालयमा आएका थिए। तर, आफुले चाहेजति मल पाएनन्।
मल अभाव भएपछि खेतीबालीमा उत्पादन घट्ने उनको चिन्ता छ। सिन्धुलीमा अहिले सबैभन्दा बढी युरिया मलको अभाव रहेको छ। कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउन सुरु भएपछि अहिले ५२ दशमलब ८५० मेट्रिकटन अर्थात् एक हजार ५७ बोरा युरिया मल आएकोमा सबै मल बिक्री भइसकेको कार्यालयका निमित्त प्रमुख वरिष्ठ सहायक सन्तोषकुमार यादवले बताउनुभयो ।


यादवका अनुसार डिएपी मलको भने अभाव छैन। लकडाउनको अवधिमा डिएपी मल १०२ दशमलब ३५० मेट्रिकटन अर्थात् दुई हजार ४७ बोरा स्टक रहेकामा २८ दशमलब ८५० मेट्रिकटन अर्थात् ५७७ बोरो मात्रै बिक्री भएको छ।
किसानले डिएपी मल कम प्रयोग गरेकाले बिक्री पनि कम भएको उनको भनाइ छ। पोटास १९ दशमबल ९०० मेट्रिकटन अर्थात् ३९८ बोरामध्ये १ दशमलब १०१ मेट्रिकटन बिक्री भएको छ।
हाम्रो वार्षिक बजेट भनेको युरिया दुई हजार मेट्रिकटन, डिएपी ५०० मेट्रिकटन र र पोटास भनेको ३० देखि ३५ मेट्रिकटन बजेट परित हुने गर्छ,’ यादवले भने, ‘यस वर्ष पनि यही आधारमा बजेट पास भएको छ तर लकडाउनले गर्दा सबै ठाउँमा आयता ठप्प छ। यही कारण मलको हाहाकार भएको हो।’


कृषि सामग्री संस्थान सिन्धुलीले सिन्धुली, रामेछाप र दोलखाका सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ। थाहाखाबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

Next Post

जो श्रम शोषण गर्छ उहीँ शुभकामना दिन्छ

Next Post
जो श्रम शोषण गर्छ उहीँ शुभकामना दिन्छ

जो श्रम शोषण गर्छ उहीँ शुभकामना दिन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.