गजल ।
मैले दुश्मनलाई पनि प्यार गरेर मुटुमा राखेकी छु
हो आफ्नै जस्तो व्यबहार गरेर मुटुमा राखेकी छु
म त्यही कारण देवताहरु खोज्दै मन्दिर धाउँदिन
वृद्ध बा आमाको सत्कार गरेर मुटुमा राखेकी छु
अक्सर चोटहरु आफ्नाले नै त दिने गर्छन् यहाँ
एकपछी अर्को लगातार गरेर मुटुमा राखेकी छु
यो माटो रोए रुन्छ मन हाँसे हाँसि दिन्छ मन
देशको सुख दुख साभार गरेर मुटुमा राखेकी छु ।
सजना वाइबा सन्ध्या, रामेछाप ।