Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखाको किर्नेमा ६ सय ८० सवारी साधन निर्मलीकरण (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
May 10, 2020
in टिभि, समाचार
0
दोलखाको किर्नेमा ६ सय ८० सवारी साधन निर्मलीकरण (भिडियो सहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २८

रामेछाप । कोरोना कहर बढिरहेको बेला तामाकोसी गाउँपालिका र तारादल गण किर्ने दोलखाले सवारी साधनहरुको सेनिटाइजिङ्ग कार्य थालनी गरेको छ । गत बैशाख २५ गतेबाट थालनी गरिएको उक्त रेनिटाइजिङ्ग कार्यले शनिबार सम्म साना ठूला गरी ६ सय ८० सवारी साधनहरुको सेनिटाइजिङ्ग गरिएको तारादल गणका जमदार मोहनबहादुर शाहीले जनता भ्वाइसलाई जानकारी दिएका छन् । हिमाल पावर लिमिटेडले निर्माण गरेको हेलिप्याडमा बनाइएको अस्थायी सेनिटाइजिङ्ग कक्षमा खिम्ती, मन्थली तर्फबाट आउने एम्बुलेन्स बाहेकका जुनसुकै सावरी साधनहरुलाई उक्त स्थानमा २० मिनेट सेनिटाइजिङ्ग गरी छोडिने गरिएको छ ।

तामाकोसी गाउँपालिका र नेपाली सेनाले निर्मण गरेको सवारी सेनिटाइजिङ्ग कक्ष

तराईबाट आएका जुनसुकै सवारी साधनहरुका चालक तथा सहचालकहरुको ज्वरो समेत नाप्ने गरिएको जमदार शाहीले जानकारी दिएका छन् । शनिबार जनता भ्वाइसको टिम रिपोर्टिङ्गको लागि उक्त स्थानमा पुग्दा केही मोटर साइकल र ट्रकहरुलाई सेनिटाइजिङ्ग गरिँदै थियो । चर्कोघाममा समेत सवारी साधनका चालकहरु सो कार्यको धैर्यतापूर्वक प्रतीक्षा गरिरहेका देखिन्थे । ‘नेपाल सरकारले नै कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि गरेको यो सरहानीय कार्यले केही समय पर्खिनुपर्ने भएता पनि आफ्नै सुरक्षाको लागि भएकोले आफूलाई केही झञ्झट छैन ।’ सेनिटाइजिङ्ग कक्षमा आफ्नो पालो कुरिरहेका मन्थली १३ का नरबहादुर योगीले प्रतिक्रिया दिए ।


२४ सै घण्टा सेवामा रहेर कोरोना भइरसको नियन्त्रणका लागि खटिरहँदा ड्युटी थपिए पनि जनसेवा गर्न पाउँदा खुशी लागेको तारादल गणका जमदार मोहनबहादुर शाहीले प्रक्रिया दिएका छन् । तामाकोसी गाउँपालिका दोलखा र तारादल गणको संयुक्त क्रियाशीलतामा थालिएको उक्त सेनिटाइजिङ्ग कार्यजस्तो रामेछाप जिल्लामा कुनै पनि स्थानमा छैन । सोडियम क्लोरिन नामक केमिकल छर्किएर आउने सवारी साधनलाई निर्मलीकरण गर्ने गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी अरुण मिश्रले जानकारी दिएका छन् । मन्थली तर्फबाट आउने सवारी साधनलाई लक्षित गरी निर्मलीकरण गर्ने गरिएको भएता पनि देविटार तर्फबाट आउने कुनै पनि सवारी साधनहरुलाई उक्त निर्मलीकरणको कार्य नगरिएको जमदार शाहीले जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मैले दुश्मनलाई पनि प्यार गरेर मुटुमा राखेकी छु

Next Post

६३ वर्षीय वृद्धले कोरोनालाइ जिते

Next Post
६३ वर्षीय वृद्धले कोरोनालाइ जिते

६३ वर्षीय वृद्धले कोरोनालाइ जिते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...