Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरपालिका सिल भएपनि उच्च सुरक्षाका साथ आकस्मिक कार्य रोकिँदैन : नगरप्रमुख बस्नेत

जनता भ्वाइस by जनता भ्वाइस
August 15, 2020
in राष्ट्रिय समाचार
0
नगरपालिका सिल भएपनि उच्च सुरक्षाका साथ आकस्मिक कार्य रोकिँदैन : नगरप्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३०, जनता भ्वाइस संवाददाता, रामेछप

मन्थली नगरपालिका अन्तत बिहिबार सिल भएको छ । कोरोना भाइरस कोभिड १९ का संक्रमणका कारण मन्थली नगरपालिकाका कर्मचारीहरुमा नै संक्रमण पोजेटिभ देखिएपछि नगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, रामेछापले साउन २९ गतेको निर्णयानुसार सिल गरिएको हो ।

नगरपालिकाका संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्रयाक ट्रेसिङ गरी पहिचान गर्ने कार्य यथाशिघ्र सुरु गर्न लागिएको जिल्ला अस्पताल रामेछापका कोरोना फोकल पर्सन डाक्टर आनन्दप्रसाद आचार्यलाई उघ्रित गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । नगरपालिकाका अन्य कर्मचारीहरुको स्वाव संकलन कार्यलाई आइतबार थालनी गरिने मन्थली नगरपालिकाले जनाएको छ । ‘एकजना कर्मचारीलाई संक्रमण पोजेटिभ देखिएसँगै अन्य कर्मचारीहरुलाई कहिलेबाट पिसिआर टेस्ट राउनुहुन्छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा नगरप्रमुख बस्नेत भन्छन्, ‘केही दिन अघि उपप्रमुख सहित् केही कर्मचारीहरुको टेस्ट पछि रिपोर्ट समेत नेगेटिभ आइसकेको छ । अब बाँकी कर्मचारीहरुको स्वाब संकलन कार्य आइतबार हुनेछ ।

पहिलो टोलीमा नगरपालिकाका कर्मचारीहरुको स्वाब संकलन हुनेछ भने त्यसपछि संक्रमित कर्मचारीसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ मार्फत् पहिचान गर्ने हुनेछ । त्यस कार्याका लागि मन्थली नगरपालिका तयारी गर्दै छ ।’ नगरपालिकाले संक्रमित कर्मचारीसँग ‘क्लोज कन्ट्याक्ट्’ भएका व्यक्तिहरुलाई रामेछाप अस्पतालका डाक्टर तथा कोरोना सम्बन्धी जिल्ला फोकल पर्सन आनन्दप्रसाद आचार्य मार्फत कन्ट्रयाक ट्रेसिङ भइरहेको बस्नेतले जानकारी दिएका छन् ।

नगरपालिका सिल भएपनि आकस्मिक सेवाको विषय नरोकिने नगरप्रमुख बस्नेत बताउँछन् । ‘फिल्डमा भइरहेका विकास निर्माणका कार्यहरु उपलब्ध जनशक्तिको आधारले रोकिँदैन । जो जहाँ हुनुहुन्छ, उहाँहरुलाई त्यहीँ राखेर काम लगाइन्छ । नयाँ जनशक्ति थपिने हुँदैन । कार्यालयले नागरिकहरुका आकस्मिक सेवाका कार्यहरु उच्च सुरक्षाका साथ १–२ जना कर्मचारी मार्फत् सम्पादन हुन सक्छ ।’ बस्नेतले भने ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पार्कलाई सुन्दर बनाउन १ करोड सम्म बजेट दिन्छु – मन्त्री ढुङ्गेल (भिडियो सहित)

Next Post

पालिकाका अध्यक्ष प्रक्राउ

Next Post

पालिकाका अध्यक्ष प्रक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.