Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलीबाट हाइड्रोको मालवहाक गाडी पनि चल्न नपाउने, आंशिक रुपमा खाद्यान्नका पसल खोल्न सकिने

Milan Ghimire by Milan Ghimire
May 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भोलीबाट हाइड्रोको  मालवहाक गाडी पनि चल्न नपाउने, आंशिक रुपमा खाद्यान्नका पसल  खोल्न सकिने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

रामेछाप । भोली (बिहिबार) बाट रामेछाप जिल्लामा कुनै पनि सवारी साधान संचालन गर्न नपाईने भएको छ । गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न जिल्ला प्रशासनलाइ निर्देशन दिएसंगै जिल्लामा यसलाई कार्यान्वयन गर्न लागेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनुभयो ।

उहाँले जनता भ्वाईसंग कुरा गर्दै भन्नुभयो– “भोलीदेखी जिल्लाबाट जुनसुकै सवारी साधन एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि गृह मन्त्रालयको अनुमति भएमात्रै बाहिरन पाउने छन् भन्नुभयो” ।

त्यस्तै जिल्लाभित्र हाल संचालन भैरहेका यातायातको सवालमा के हुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै उहाँले “भोलीबाट कुनै यातायात चल्दैनन् यो पहिले नै गर्नु पर्ने थियो, अलि ढिलाभयो र पनि यो भोलीबाट कार्यान्वयन हुन्छ भन्नुभयो ।”

तरकारी तथा फलफुल, खाद्ययन्न खरिदको लागि बिहान ६ देखी ९ बजेसम्मलाई आशिंक रुपमा सामाजिक दुरीकायम गरि पसलहरु खोल्न सक्ने उहाँको भनाइ छ । त्यस्तै जिल्लामा संचालित विकास निर्माणका कामको बारेमा माथीको निर्णय नभएकाले सुचारुनै रहने सम्भावन रहेको छ भन्नुभयो । उहाँले निर्माणका काम रोक्ने आदेश आएको छैन् त्यसैले यसबारेमा भोली हामीले बैठक डाकेका छौं त्यसपछि छलफल हुन्छ भन्नुभयो ।”

सामाग्री ढुवानी भने यसअघि पनि नियमित भएकाले तत्काललाई बन्द हुन्छ । “हाम्रो विकास निर्माणलाई असहयोग गर्ने नियत हैन, समन्वय गर्ने ठाउँमा आवश्यक छलफल गरेर त्यो हुन्छ तर तत्काललाई सबै यातायात बन्द हुन्छन् । अहिलेलाई सार्वजनिक, निजी सरकारी सबै यातायात भोलीबाट बन्द हुन्छ । अत्यावश्यक बाहेक भन्नुभयो ।”


बिरामीको हकमा पनि बिरामी भएको कुनै प्रमाण मन्त्रालयमा जानकारी गराएर मात्रै जानपाउने छन् । जिल्लामा विभिन्न ठाउँमा हाल (हाइड्रो पावर) जलविधुत आयोनाहरुको काम संचालनमा छन् । यस अघिको बन्दाबन्दीमा हाइड्रो पावरका मालवहाक गाडी सामान ल्याउने नाममा निर्वाध रुपमा संचालन हुदै आएका छन् ।

त्यस्तै बिहिबारबाट जिल्लामा हालको क्वारेन्टाइन र आईसोलेसल वाडले नधान्ने भन्दै यसलाई विस्तार गरि परिक्षणको दायरा बडाउन लागिएको छ । अहिलेको परिक्षणको गतिले हामी सफल हुदैनौं त्यसलाई ब्यापक बनाउनुपर्छ जिल्लाका सबै स्कूल र कलेजमा हामी क्वारेन्टाइन् र आइसोलेसन वाड तयार पार्न लागि परेका छौं प्रजिअले भन्नुभयो । फाइल : फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अर्थ मन्त्रीलाई खुल्ला पत्र – देशको आर्थिक अवस्थालाई ध्वस्त हुनबाट बचाउन साहसिक निर्णयहरु गर्नै पर्दछ ।

Next Post

जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक

Next Post
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक

जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.