वैशाख ३१,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । आज साँझ ७ः५० बजे एकै दिन २४ जनामा कोरोना पुष्टि भएको हो ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ र प्रदेशिक जनस्वस्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरु र ४ वर्षीय बालिकामा कोरोना संक्रमण भएको छ । त्यस्तै १०, २८, वर्षीय महिलाहरुको कोरोना पुष्टि भएको हो ।
उता पर्सामा ३६ र ७४, वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । भने नवलपरासिकी ३६ वर्षीय महिलामा पनि संक्रमण भएको छ ।
यता कपिलबस्तुमा २२, २९, ३२ , ४० , ४०, ४२ , ४२, वर्षीय पुरुषहरुको संक्रमण पुष्टि भएको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
