Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तरकारी बालीका लागि मलखाद र अन्य सामग्रीहरुको ढुवानीमा नै समस्या (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
May 16, 2020
in टिभि, राष्ट्रिय समाचार, समाचार
0
तरकारी बालीका लागि मलखाद र अन्य सामग्रीहरुको ढुवानीमा नै समस्या (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २,

रामेछाप ।कोरोना भाइरस (कोभिड १९) ले देश लकडाउन भएका कारण तरकारी उत्पादक कृषकहरु मारमा परेका छन् । बारीमा उत्पादित तरकारी बजार सम्म लैजान र तरकारी बालीका लागि आवश्यक मलखाद र अन्य सामग्रीहरुको ढुवानीको समस्या रहेको मन्थलीका तरकारी उत्पादक कृषकले गुनासो गरेका छन् । जनताभ्वाइससँग कुराकानी गर्दै मन्थली १ का जानेमाने तरकारी उत्पादक कृषक युवराज श्रेष्ठले लकडाउनका कारण आफ्नो व्यवसायलाई निकै नै समस्या परेको बताएका हुन् ।


विगत केही वर्षदेखि मन्थलीको आकाशेमा तरकारी खेतीगर्दै गरेका श्रेष्ठले आफूलाई तरकारी बजारमा लैजान र तरकारीका लागि आवश्यक पर्ने मलखाद ढुवानी गर्न समस्या रहेको बताएका हुन् । आफ्नो बारीमा विभिन्न जातका तरकारीहरु फलाएर मन्थली बजारको तरकारीको मागलाई धानिरहेका श्रेष्ठले यो सिजनमा बन्दा, करेला, काँक्रा, गोलभेडा, गाँजर, फर्सी लगायतका दैनिक उपभोग्य तरकारीहरु उत्पादन गरिरहेका छन् । ‘तरकारी उत्पादन गर्न त मलाई खासै समस्या होइन तर उत्पादिन तरकारीलाई ग्राहकको हातसम्म पु¥याउन र तरकारीका लागि चाहिने मलखाद बारी सम्म ल्याउन धेरै नै समस्या पर्ने गरेको छ । सम्बन्धित पक्षले यो समस्यालाई समयमै सम्बोधन गरिदिए हुन्थ्यो ।’ कृषक श्रेष्ठले भने ।


श्रेष्ठलाई यतिबेला तरकारीका लागि आवश्यक पर्ने मलखाद र भर्खरै लहरा लाग्दै गरेको बोडीलाई थाँक्राको लागि बाँस ल्याउन समस्या परेको छ । श्रेष्ठले मन्थली ४ स्थित गैराथोकमा आफूलाई आवश्यक पर्ने बाँस खरिद गरी राखेको र सो बाँस ल्याउन ढुवानीको समस्या परेको बताएका छन् । कुराकानीको क्रममा उनी भन्छन्, ‘मैले यो बोडीका लागि आवश्यक पर्ने थाँक्राको लागि बाँस किनिसकेको छु । अब त्यो बाँस ल्याउन सकिँन भने यो बोडीले उत्पादन दिँदैन ।’


जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि भन्दै तराईबाट आयात गर्ने तरकारीका रोक लगाएको छ । जति नियन्त्रणको प्रयास भएको भएपनि चोर बाटोबाट रातारात तरकारी भित्रिएका छन् । यसकारण बजारमा रामेछापका कृषकहरूले उत्पादन गरेको तरकारीको पहुँच हुन नसकेको श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘तराइबाट आउने तरकारीमा नियन्त्रण गर्न सकिन्न भने हामीलाई पनि त हाम्रो तरकारीका लागि आवश्यक पर्ने सामग्री ल्याउन लैजान पनि त रोक्नु भएन नि ?’ उनी प्रतिप्रश्न गर्छन् ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको आवस्थामा शहर केन्द्रीत युवा जनशक्तिहरु गाउँमा भित्रिएका छन् । यस्तो अवस्थामा गाउँमा बाँझा रहेका जमिनहरुलाई अब पसिनाको खाँचो छ । यस्ता जमिनहरुलाई अबका दिनमा खनिखोस्री गर्नुुपर्ने आवश्यकता रहेको कृषक श्रेष्ठले जनताभ्वाइसँग बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेपाली जनता “गाई मारेर गधा पोस्ने” उखान चरितार्थ गर्न तयार छैनन्

Next Post

आफै एम्बुलेन्स चलाएर बिरामी लिएर काठमाडौं हिडे वडा अध्यक्ष लामा (भिडियोसहित)

Next Post
आफै एम्बुलेन्स चलाएर बिरामी लिएर काठमाडौं हिडे वडा अध्यक्ष लामा (भिडियोसहित)

आफै एम्बुलेन्स चलाएर बिरामी लिएर काठमाडौं हिडे वडा अध्यक्ष लामा (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.