जेठ ०२,
रामेछाप । रामेछाप जिल्लाको गोकुल गंगा गाउँपालिका वडा नं १ चुचुरेका वडा अध्यक्ष मणी कुमार लामाले वडाका एक बिरामीको उद्दार गर्नुभएको छ ।
शुक्रबार सोही वडाका ५४ वर्षीय भक्त बहादुर बि कको उहाँले उद्दार गर्नुभएको हो । मुटुरोगका बिरामी वि क विगत २ वर्षयता नियमित औषधी सेवान गर्दै आउनुभएको थियो । तर कोरोना भाइरस संक्रमण जोखिमका कारण सरकारले जारी गरेको बन्दाबन्दीबाट साकिएको औषधी ल्याउन नपाएर रोगबाट झनै ग्रसित बन्नुभएका विकलाई उपचारको लागि काठमाडौं नै प¥याउनु पर्ने भएकाले वडा अध्यक्ष आफैँले बा १९ च २८३ नम्बरको एम्बुलेन्स चलाएर काठमाडौं पु¥यउनुभएको हो । वडामा रहेको एम्बुलेन्सका चालक ज्वारो, मौसमी रुघाखोकीको बिरामी भएका कारण एम्बुलेन्स चलाएर लान नसक्ने भएकाले वडा अध्यक्ष आफैले एम्बुलेन्स मार्फत काठमाडौं प¥याउनुभएको हो ।
बुबा बिरामी पहिले देखिनै हुनुहुन्थ्यो, २ वर्षदेखी औषधी नियमित खानहुन्थ्यो तर बन्दाबन्दीले धेरै समस्या ग¥यो, हामी अलपत्रमा परेका थियौ झन सरकारले लकडाउनमा कडाइ ग¥यो भन्ने खबर आयो कुनै सरवारी साधन नचल्ने रे ! भने त्यसैले हामी त डराएका थियौ, तर वडा अध्यक्षले सम्बन्धीत ठाउँमा पहल गरेर हामीलाई अप्ठ्यारोबाट उद्दार गर्नुभयो भक्त बहादुरका छोरा यम बहादुरले जनता भ्वाईससंग भावुक हुदै भन्नुभयो ।
वडा अध्यक्ष लामाले आफु निर्वाचित हुदा जनतालाई दिएको वचन पुरा गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – म जनता सामुमत माग्न जाँदा गरेको बाँचा पुराउने अवसर मिल्यो मैले यो अवसरका रुपमा लिएको छु । उहाँले भन्नुभयो- मैले आफै लिएर जानेभएकाले गाउँदेखी काठमाडौं सम्मा जाने मैले नै खर्च ब्यहोर्ने छु । आवश्यक परेको खण्डमा सदैब सहयोग गर्ने प्रतिवद् जनाउछु ।