Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफै एम्बुलेन्स चलाएर बिरामी लिएर काठमाडौं हिडे वडा अध्यक्ष लामा (भिडियोसहित)

Milan Ghimire by Milan Ghimire
May 16, 2020
in जनता स्पेसल
0
आफै एम्बुलेन्स चलाएर बिरामी लिएर काठमाडौं हिडे वडा अध्यक्ष लामा (भिडियोसहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०२,

रामेछाप । रामेछाप जिल्लाको गोकुल गंगा गाउँपालिका वडा नं १ चुचुरेका वडा अध्यक्ष मणी कुमार लामाले वडाका एक बिरामीको उद्दार गर्नुभएको छ ।

शुक्रबार सोही वडाका ५४ वर्षीय भक्त बहादुर बि कको उहाँले उद्दार गर्नुभएको हो । मुटुरोगका बिरामी वि क विगत २ वर्षयता नियमित औषधी सेवान गर्दै आउनुभएको थियो । तर कोरोना भाइरस संक्रमण जोखिमका कारण सरकारले जारी गरेको बन्दाबन्दीबाट साकिएको औषधी ल्याउन नपाएर रोगबाट झनै ग्रसित बन्नुभएका विकलाई उपचारको लागि काठमाडौं नै प¥याउनु पर्ने भएकाले वडा अध्यक्ष आफैँले बा १९ च २८३ नम्बरको एम्बुलेन्स चलाएर काठमाडौं पु¥यउनुभएको हो । वडामा रहेको एम्बुलेन्सका चालक ज्वारो, मौसमी रुघाखोकीको बिरामी भएका कारण एम्बुलेन्स चलाएर लान नसक्ने भएकाले वडा अध्यक्ष आफैले एम्बुलेन्स मार्फत काठमाडौं प¥याउनुभएको हो ।

बुबा बिरामी पहिले देखिनै हुनुहुन्थ्यो, २ वर्षदेखी औषधी नियमित खानहुन्थ्यो तर बन्दाबन्दीले धेरै समस्या ग¥यो, हामी अलपत्रमा परेका थियौ झन सरकारले लकडाउनमा कडाइ ग¥यो भन्ने खबर आयो कुनै सरवारी साधन नचल्ने रे ! भने त्यसैले हामी त डराएका थियौ, तर वडा अध्यक्षले सम्बन्धीत ठाउँमा पहल गरेर हामीलाई अप्ठ्यारोबाट उद्दार गर्नुभयो भक्त बहादुरका छोरा यम बहादुरले जनता भ्वाईससंग भावुक हुदै भन्नुभयो ।

वडा अध्यक्ष लामाले आफु निर्वाचित हुदा जनतालाई दिएको वचन पुरा गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – म जनता सामुमत माग्न जाँदा गरेको बाँचा पुराउने अवसर मिल्यो मैले यो अवसरका रुपमा लिएको छु । उहाँले भन्नुभयो- मैले आफै लिएर जानेभएकाले गाउँदेखी काठमाडौं सम्मा जाने मैले नै खर्च ब्यहोर्ने छु । आवश्यक परेको खण्डमा सदैब सहयोग गर्ने प्रतिवद् जनाउछु ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तरकारी बालीका लागि मलखाद र अन्य सामग्रीहरुको ढुवानीमा नै समस्या (भिडियो सहित)

Next Post

रामेछापका स्थानिय तहहरुले निःशुल्क मनोसामाजिक परामर्श दिनथाले

Next Post
रामेछापका स्थानिय तहहरुले निःशुल्क मनोसामाजिक परामर्श दिनथाले

रामेछापका स्थानिय तहहरुले निःशुल्क मनोसामाजिक परामर्श दिनथाले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.