Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै नियमित भित्रिने गर्छ प्रतिबन्धित फलफूल

Kumar Shrestha by Kumar Shrestha
May 21, 2020
in जनता स्पेसल, समाचार
0
अझै नियमित भित्रिने गर्छ प्रतिबन्धित फलफूल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७ जेठ,

रामेछाप । रामेछापको सम्पर्क सिधा तराइसँग जोडिएकाले रामेछाप जिल्ला सम्भावित कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । रामेछापको सदरमुकाम मन्थली दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको प्रवेशद्धारा भएकाले तराई हुँदै भारतबाट आउने खाद्य तथा निर्माण सामाग्री बोकेका ढुवानीका साधानहरु मन्थली प्रवेश भएर मात्रै जाने हुँदा भारतसँग पनि रामेछापको सिधा सम्पर्क छ ।
नेपालको तराइका जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को महामारी तीब्र गतिमा फैलिरहेको बेला रामेछाप जिल्लाले पनि उच्च सतर्कता अपनाउनु आवश्यक छ । रामेछापले सतर्कता अपनाएकै छैन भन्ने होइन तर अहिले जति सतर्कता अपनाइएको छ, अधिकांश निर्णयमा मात्रै सीमित छ ।

जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुले गरेको निर्णयहरु सतर्कताका लागि पर्याप्त छन् तर कार्यान्वयन पक्ष एकदमै फितलो छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलिन नदिनका लागि गरेका निर्णयहरुको पूर्ण पालना गर्नु आवश्यक छ । तर प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।

विशेषगरी केही तरकारी तथा फलफूल पसलहरुले जिल्ला प्रशासन कार्यालयले कारोनाभाइरस रोकथामको लागि गरेको निर्णयहरुको खिल्ली उडाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा वैशाख २५ गते बसेको बैठकले तराइका जिल्लालगायत अन्य जिल्लाहरुबाट समेत रामेछाप भित्रिने, हरियो तरकारी, फलफूल, माछामासु, कुखुरा, अण्डा (चल्ला) समेत ढुवानीमा जेठ १ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो निर्णय मन्थलीमा सम्बन्धित ब्यवसायका धेरैजसो ब्यवसायिमा लागू भयो तर मन्थलीमै रहेको न्यू जनरल सफल स्टोर्सलाई त्यो निर्णय लागू भएन । उनले बाहिरी जिल्लाहरुबाट हरियो तरकारी, फलफूल लगायतका बस्तुहरु नियमित आयात गरिरहे । बिना रोकतोक उनले ती बस्तुहरु ल्याएर बिक्रीवितरण गरिरहेका छन् ।


अझ अनौठो कुरा के छ भने अन्य ब्यापारिहरुले काठमाडौंबाट ल्याएको तरकारी मन्थलीको देवकोटा चोकमा आइपुगेपछि पनि प्रशासनले फर्ता पठाएको छ तर न्यू जनरल सफल स्टोर्स मन्थलीले ल्याएको सोही प्रक्रितिका बस्तुमा कुनै रोकतोक छैन ।
त्यतिमात्रै होइन अन्य ब्यापारीहरुलाई हरियो तरकारी ल्याउँदा प्रहरी कार्यालयमा बोलाएर नैसियत दिइएको छ तर न्यू जनरल सफल स्टोर्र्सले बाहिरी जिल्लाबाट खुलेआम हरियो तरकारी र फलपूmल आयात गरेर बिक्री बितरण गरिरहँदा उनलाई एक पटक पनि सोधनी भएको समेत रेकर्ड छैन ।
अत्यावसेक खाद्यन्न किनबेचको लागि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म पसल सञ्चालन गर्ने प्रशासनले निर्णय गरेको छ । अरु बसलहरु प्रशासनले जारी गरेको निर्देशन अनुसार खुल्ने र बन्द हुने गरेको भएपनि न्यू जनरल सफल स्टोर्स भने दिनभरी नै सञ्चालन भइरहेको स्थानीयको भनाई छ ।


अन्य तकरकारी तथा फलफूल पसलले भन्दा न्यू जनरल सफल स्टोर्सले मूल्य समेत बढी लिने गरेको उपभोक्ताको गुनासो छ । अन्य ब्यवसायिले ल्याएको सामग्रीमा कोरोना आउने र न्यू जनरल सफल स्टोर्र्सले ल्याएको सामग्रीमा कोरोना नआउने हो भने प्रशासनले स्पष्ट रुपमा भनिदिनुपर्ने स्थानीयको माग छ । नत्र बाहिरी जिल्लाबाट ढुवानी गर्न प्रतिबन्ध लगाउने भनिएका बस्तुहरु ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्नु स्थानीयको भनाई छ ।
यदि मन्थलीमा ब्यवसायिहरुबाट कोरोना भित्रिन्छ भने न्यू जनरल सफल स्टोर्सबाट नै भित्रिन्छ भन्ने आमा मानिसको बुझाई छ । अन्य व्यवसायिहरुले ल्याएको तरकारी फिर्ता पठाइनु र न्यू जनरल सफल स्टोर्र्सले बिना रोकतोक सोही प्रक्रितिका तरकारी तथा फलफूल ल्याउनुमा प्रशासनको समेत मिलेमतो हुनसक्ने अन्य ब्यापारिहरुले आशंका ब्यक्त गरेका छन् ।


न्यू जनरल सफल स्टोर्सले पछिल्लो पटक यही जेठ ५ गते जिल्ला बाहिरबाट हरियो तरकारी तथा फलपूmलहरु एक गाडी ल्याए । उनले बाहिरबाट हरियो तरकारी तथा फलफूल ल्याएको विषयमा स्थानीयले विरोध समेत गरे । जिल्ला प्रशासन कार्यालयमा जानकारी समेत गराए तर कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनले निर्धक्कका साथ, हरियो तरकारी, केरा, आँप, स्याउ, अनारजस्ता फलफुल बाहिरै सजाएर बिक्रीवितरण गरे ।


यस विषयमा न्यू जनरल सफल स्टोर्सका सञ्चालक रमेश भनिने मंगलबहादुर तामाङसँग बुझ्दा आफूले फलफूल तराइबाट नभई काठमाडौंबाट ल्याएको बताए । जिल्ला प्रशासन कार्यालयले जेठ १ गतेसम्मको लागि मात्र प्रतिबन्ध लगाएकाले आफूले जेठ ५ गते सामान ल्याएको भन्दै ल्याउन पाउने दावि गरे । यस विषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले पनि जेठ १ गतेसम्म प्रतिबन्ध लगाइएको र त्यसपछि प्रतिबन्ध खुलाएको र नखुलाएको दुवै जानकारी नगराइएको भनि दोहोरो अर्थ लाग्ने प्रतिक्रिया दिइन ।

प्रजिअ शर्माले बाहिरी जिल्लाबाट हरियो तरकारी र फलफुल आएको गुनासो आफूसम्म पनि आइपुगेको बताइन ।
जिल्ला प्रशासन कार्यालय आफैले गरेको निर्णय कार्यान्वयनमा आफै धरमराउनुलाई यहाँका स्थानीयले शंकाको दृष्टिले हेरेका छन् । पुनः बाहिरी जिल्लाबाट आउने हरियो, तरकारी तथा फलफूल ढुवानीमा जेठ १२ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यद्यपि यो निर्णय कार्यान्वयन हुनेमा भने स्थानीयले शंका गरेका छ । फोटो : सुमित श्रेष्ठ

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज थप १३ जना कोरोना, ४ सय १५ पुग्यो संख्या,

Next Post

आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु (भिडियोसहित)

Next Post
आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु (भिडियोसहित)

आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.